आठ वर्षमा पनि बनेन सिटीहल
०७ पौष २०७६
•
७ मिनेट पाठ
आठ वर्षमा पनि बनेन सिटीहल
दोलखाको सदरमुकाम चरिकोटमा अलपत्र परेको सिटीहल। तस्बिर : रमेश/नागरिक
दोलखा – चरिकोटको सातदोबाटो चोकबाट मुख्य बजार क्षेत्र प्रवेश गरेर पशुपति डाँडा निस्किएपछि आइपुग्ने टुँडिखेलमुनि दायाँपट्टि पिलर उठाएर ढलान मात्र गरिएको एउटा ठूलो भवन देखिन्छ। झन्डै एक रोपनी क्षेत्रफलमा ठड्याइएको उक्त भवन देख्दा लाग्छ, ठुलै डिजाइनको बहुउपयोगी भवन बन्दैछ। नजिक पुगपछि देखिन्छ, ती पिलरको रडमा खिया लाग्न थालिसकेको छ। भुइँतलामा झारैझार उम्रिएका छन्।




सरकारले भवन विभागमार्फत आठ वर्षअघि उक्त सिटीहल बनाउन सुरु गरिएको हो। साढे दुई करोड लागतमा टेन्डर भएको सो हल अलपत्र पर्नुमा सरकार र ठेकेदार कम्पनी दुवै दोषी देखिन्छन्। चरिकोट बजारमा सिटीहल निर्माण गर्ने भनेर २०६८ सालमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धुलिखेलले यो भवनको टेन्डर निकालेको थियो। तत्कालीन जिविस सभापतिको सरकारी निवास रहेको यो स्थान खाली भएपछि जिविसले सिटीहल निर्माणका लागि यही ठाउँ उपलब्ध गराएको थियो।

त्यतिबेला सरकारी भवन निर्माण तथा रेखदेखको काम धुलिखेलमा रहेको डिभिजनले नै हेथ्र्यो। यो सिटीहल निर्माणका लागि रौताहा, ओमबुद्ध, सुन्दरीमाई निर्माण सेवा गरेर तीनवटा ठेकेदार कम्पनीले साझेदारीमा दुई करोड ५४ लाख रुपैयाँमा ठेक्का पायो। पाँच सयजना अटाउने क्षमताको यो हल सुरुमा ठेकेदार कम्पनीले दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता विभागसँग गरेको थियो। तर ठेकेदारले काम नसकेपछि दुईपटकसम्म म्याद थप भयो।

२०७२ सालमा भूकम्प गएपछि चरिकोटमै सहरी विकास तथा भवन डिभिजन कार्यालय स्थापना भयो। उक्त डिभिजन मातहत आएको यो हलको ठेकेदार कम्पनीले काम नगरेपछि कारबाहीस्वरूप विभागले उसलाई हर्जना तिराएको थियो। कारबाही थालेपछि ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गरेको थियो। मुलुक संघीयतामा गएपछि यो सिटीहलले गति लिने आशा थियो तर झन् अलपत्र प¥यो। भवन विभागअन्तर्गतका निकायहरू फेरबदल हुने क्रममा चरिकोटबाट सहरी विकास तथा भवन डिभिजनको कार्यालय उठ्यो। सिटीहल कुन अड्डामातहत आउने भन्ने अन्योल भयो।

गत वर्ष विभागले रामेछापको मन्थलीमा दोलखा, रामेछाप, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक हेर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय स्थापना ग¥यो। यो सिटी हल उक्त कार्यालयमातहत त ल्याइयो तर यसको बाँकी काम के हुन्छ भनेर कार्यालय नै नाजवाफ छ। ‘त्यहाँको पुरानो ठेकेदारले पुरानो भुक्तानी पाउन सकेको रहेनछ,’ कार्यालयका प्रमुख अमरबहादुर थापाले भने, ‘उसलाई सीधै भुक्तानी दिन समयावधि सकिएकाले म्याद थप गर्नुपर्छ, त्यसैले पुरानो भुक्तानी र अबको बाँकी काम कसरी गर्ने भन्नेबारे माथिल्लो निकायसँग समन्वय गरिरहेका छौं।’ थापाका अनुसार सुरुमा टेन्डर हुँदा पुरै हलको नभई अहिलेको जस्तै ढलान र पिलर उठाएर पूर्वाधार खडा गर्ने ठेक्का मात्र लागेको थियो।

अब पुरानो कामको फरफारक गरिसकेपछि मात्र हलको संरचना निर्माण गर्ने बाँकी कामका लागि नयाँ ठेक्का लगाइनुपर्ने आयोजना कार्यालयका प्रमुख थापाले जानकारी दिए। ठेकेदार कम्पनीका प्रतिनिधि रामकृष्ण खड्काले आफूले ९० प्रतिशत काम गरे पनि कार्यालयको संरचना फेरबदल भएका कारण भुक्तानी नपाएको गुनासो गरे। ‘भुक्तानीको प्रक्रियाका लागि विभाग धाइरहेको छु,’ खड्काले भने, ‘भुक्तानी प्रक्रियासँगै बाँकी सानातिना काम सिध्याउँछु।’

पुरानो ठेकेदार कम्पनीसँगका कामहरू फरफारक गरेर तत्कालै हलको बाँकी संरचना निर्माणका लागि टेन्डर निकाल्न स्थानीयले माग गरेका छन्। ‘डन्डीमा खिया लागिसकेको छ, सदरमुकामको मुटुमा सरकारी सम्पत्ति अलपत्र परेको छ,’ भीमेश्वर नगरपालिका–३ चरिकोटका वडाध्यक्ष हरिशरण शिवाकोटीले भने, ‘त्यसैले पुरानो काम टुंग्याएर तत्काल बजेट व्यवस्था गरी सिटीहलको काम अगाडि बढाउन केन्द्र सरकारसँग जोडदार माग गर्छाैं।’

चरिकोटमा ठूलाखाले सार्वजनिक सभा–समारोह गर्न हलको व्यवस्था छैन। ‘राम्ररी दुई सयजना अट्ने हल पनि छैन,’ शिवाकोटीले भने, ‘कमसेकम यसको निर्माण कार्य अगाडि बढाउन पाए केही सहज त हुन्थ्यो होला।’ हल अभावका कारण भूकम्पका बेला सामूहिक आश्रयस्थलका रूपमा दातृ निकायले सिमपानीमा बनाइदिएको हलमा सभा–समारोह आयोजना हुँदै आइरहेको छ। यो हलको क्षमतासमेत अधिकतम एक सय ८० देखि दुई सय छ। यस्तै चरिघ्यामा त्यति नै संख्यामा अट्ने एउटा निजी पार्टी प्यालेससमेत सार्वजनिक सभा–समारोहमा प्रयोग हुँदै आइरहेको छ। ससाना गोष्ठी र सेमिनार गर्न भीमेश्वर नगरपालिकाले आफ्नो कार्यालयमा ७० जना अट्ने क्षमताको हल निर्माण गरे पनि ठूला सभासम्मेलनलाई अभाव सधैं झेल्नुपरेको स्थानीय अगुवाले बताउँदै आएका छन्।
अर्को समाचार
पाँच वर्षमा पनि बनेन सिटीहल
१९ मंसिर २०८२
•
२ मिनेट पाठ
पाँच वर्षमा पनि बनेन सिटीहल
दुई वर्ष तीन महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको भरतपुर महानगर सिटीहल पाँच वर्ष पुग्दा पनि अधुरै छ। विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर पछिल्लो १० महिनादेखि निर्माण ठप्प छ।  




विसं २०८२  जेठमा हुरीका कारण भवनका ट्रष्ट उडाएपछि काम रोकिएको हो। सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी द्रोणमानदेव कटुवालका अनुसार सिटीहलको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ। तीनपटक म्याद थप गर्दा समेत निर्माणले गति लिन सकेको छैन। पछिल्लो पटक थपिएको म्याद विसं २०८३ असार २५ गते सकिँदैछ।  

भरतपुर महानगरपालिका–१० जिल्ला समन्वय समिति नजिकै निर्माणाधीनमा रहेको यस हलको निर्माण कम्पनीको ढिलासुस्ती र दिइएको ‘डिजाइन’अनुसार काम गर्दा देखिएको प्राविधिक समस्याका कारण काममा ढिलाइ भएको हो। केही दिनअघि मात्रै पुनः डिजाइन गरिएको ट्रस्टको नक्सा निर्माण कम्पनीलाई दिइएको र अहिले ट्रष्ट बनाउने काम भइरहेको उनले बताए।  

उनले भने, ‘अब तत्काल हामी ट्रष्ट निर्माण सुरु गराएसँगै अन्य संरचना निर्माणले समेत गति पाउने छ।’ रु एक अर्ब २० करोड लागत अनुमान गरिएको सिटीहल निर्माण इन्डो सगुन रौताहा जेभीले रु ७७ करोड ७७ लाखमा ठेक्का सकारेको थियो।

बाइपास सडकसँगै जिल्ला समन्वय समितिको नाममा रहेको चार बिगाह चार कट्ठा जमिन भरतपुर महानगरपालिकाको नाममा लगेर सिटीहल निर्माण थालिएको हो। हाल सिटीहलको भित्री भागको बिजुली, पानी जडान गर्ने, प्लास्टर, प्लम्बिङलगायतका कामहरु भइरहेको उनले बताए।  

सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल बन्ने छ। साथै ३०० जना अट्ने क्षमताको सभा हल पनि रहनेछ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ र दुईवटा लिफ्ट, प्रवेशद्वार, स्टेज, रिहर्सल कक्ष पनि रहनेछन्। मुख्य ब्लक ६ हजार ५०० वर्गमिटरमा निर्माण हुनेछ। रासस 
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस