‘नीति र संरचनागत सुधार गर्नुपर्छ’
०४ पौष २०७६
•
५ मिनेट पाठ
‘नीति र संरचनागत सुधार गर्नुपर्छ’
काठमाडौं – आगामी पुष १६ गते अर्थात सन् २०२० को पहिलो दिन ‘जनवरी १’का दिन नेपालले भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ। नेपाललाई पर्यटनका माध्यमबाट आर्थिक रूपमा सबल बनाउने र विश्व अर्थतन्त्रमा आफ्नो बलियो उपस्थिति देखाउने रणनीतिका रूपमा भ्रमण वर्ष २०२० लाई लिइएको छ। यसको लागि सरकारको २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य छ।




तर प्रयाप्त पूर्वाधार निर्माणमा नीतिगत सुधार नभएको गुनासो उद्घाटनको पूर्वसन्ध्यामा आइरहेक छन्। तर भ्रमण वर्षलाई भव्य बनाउनको लागि संस्कृती, पर्यटन तथा नागरिक उ·ययन मन्त्रालय, भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्डलगायतका निकायको चटारो कम भने छैन। अहिले यी सबै निकायमा कर्मचारी तथा विभागीय प्रमुख भट्नै मुस्कील छ।

भ्रमण वर्ष २०२० का लागि संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका फोकल पर्सन घनश्याम उपाध्यायका अनुसार सबै कर्मचारी भ्रमण वर्षको तयारीमा जुटेका छन्। दैनिक जसो बैठक, छलफल सञ्चालन भइरहेको उनले बताएका छन्। ‘मन्त्रालयमै बसेरभन्दा पनि सचिवालयका कर्मचारी, नीजि क्षेत्र तथा अन्य सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहनुपर्ने भएका कारण मन्त्री, सचिवलगायत सबै पदाधिकारी व्यस्त छौँ।’ उनले भने।

पर्यटन मन्त्रालयले आगामी १६ गते बुधबार दिउँसो ३ बजेको उद्घाटन कार्यक्रमको तयारी पनि उत्तिकै तीव्र बनाइएको छ। राष्ट्रपती बिद्यादेवी भण्डारीले उद्घाटन गर्ने देश तथा विदेशस्थित कुटनीटिक व्यक्तीहरूको पनि उपस्थिती रहने पर्यटन सचिवालयले जानकारी दिएको छ। उक्त दिन सरकारले नेपालस्थित विदेशी दूतावासलाई विशेष निम्ता गरेर सम्बन्धीत देशका नागरिकलाई नेपाल भ्रमणका लागी निम्तो पठाउने छ।

भ्रमण वर्ष सचिवालयका अनुसार गएको वर्ष सन् २०१८ मा १२ लाख, सन् २०१९ को नोभेम्वरसम्म १२ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकरको योजना छ। त्यसको लागि सरकारले विशेष प्याकेज र योजनाहरू समेत सार्वजनिक गरेको छ।

भ्रमण वर्ष २०२० सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठका अनुसार जनवरी १ मा नेपालमा उद्घाटन भएसँगै जनवरी ७ मा विभिन्न देशमा रहेका नेपाली दूतावासमा समेत पर्यटन वर्षको उद्घाटन गर्न कार्यक्रम रहेको छ। सम्बन्धित देशका नागरिकलाई नेपाल भ्रमणको निम्तो दिनको लागि विदेशस्थित नेपाली दूतावासमा समेत पर्यटन वर्षको उद्घाटन गर्ने सरकारको तयारी छ।

‘हामी जसरी पनि २० लाखभन्दा बढी पर्यटक नेपालमा ल्याउने प्रयत्नमा छौं। केही तलमाथि होला तर त्यसरी हाम्रो तयारी कम नगर्नको लागि काम भइरहेको छ।’ सदस्यसचिव श्रेष्ठले भने। भ्रमण वर्षको औपचारीक सुरुवात काठमाडौंको टुँडिखेलमा मात्रै नभई सबै प्रदेश, विभिन्न पर्यटकीय क्षेत्रमा पनि पनि उद्घाटन गरिने सचिवालयका सञ्चार संयोजक पिताम्बर सिग्देलले जानकारी दिए।

विदेशी पाहुनालाई स्वागत गर्न नेपालका पर्यटन व्यवसायी पनि आफ्नो तर्फबाट तयारीमा जुटिरहेका छन्। त्यसका लागि सरकारले नीतिगत र संरचनागत सुधार गर्नुपर्ने उनीहरूको सुझाव छ। सिमीत पर्यटकीय गन्तव्य खुलाउन, यातायात क्षेत्र सुधार्न, प्रवेश शुल्क कम गर्न, हवाई शुल्क घटाउन पर्यटन व्यवसायीको सुझाव छ। ट्रेकिङ एजेन्सी अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुबेदीले सरकारले भौतीक पूर्वाधारमा तत्काल सुधार गर्नुपर्नेमा जोड दिए।
अर्को समाचार
आगामी वर्षको बजेटले अनावश्यक खर्च कटौती गर्छ: प्रधानमन्त्री
०१ जेष्ठ २०८०
•
२ मिनेट पाठ
आगामी वर्षको बजेटले अनावश्यक खर्च कटौती गर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन्।




नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उनले बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताए।

“बजेटले अनावश्यक खर्च कटौती गर्ने, सरकारको खर्च क्षमतामा सुधार गरी पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेजस्ता कार्यमा विशेष जोड दिनेछ। यसबाट आर्थिक क्रियाकलापमा वृद्धि भई अर्थतन्त्र सबल बन्दै जानेछ”, उनले भने।
अर्थतन्त्रका अन्य क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ सम्पूर्णको ध्यान केन्द्रित गर्न जरुरी रहेको जनाउँदै उनले हरेक क्षेत्रमा आमूल परिवर्तन र संरचनात्मक रुपान्तरणको आवश्यकता रहेका बताए।

“अल्पविकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने, दिगो विकासका लक्ष्य पूरा गर्नेलगायतका विकास र समृद्धिको लक्ष्य हासिल गर्न राज्यका सबै अङ्ग, निजी क्षेत्र र सबै सरोकारवालाले समन्वयात्मक पहल गर्नुपर्दछ”, उनले भने।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रलाई सङ्कटतर्फ जानबाट रोक्न सरकारले चालेका कदमका कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको छ र विदेशी मुद्राको सञ्चिति पनि बढेको उल्लेख गरे।

उनले तरलता र ब्याजदर लगायतका अन्य कतिपय परिसूचकमा समेत सुधार आएको जानकारी दिए। राजनीतिक क्षेत्रमा महत्वपूर्ण परिर्वतन हसिल गर्न सफल भए पनि जनताको आर्थिक–सामाजिकस्तरमा परिवर्तन हुन नसकेको उनको भनाइ थियो।

आफ्नो नेतृत्वमा सरकार बनेपछि सुरुदेखि नै अर्थतन्त्रमा देखापरेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएको दृष्टान्त दिँदै उनले सुशासन, समृद्धि तथा समाजिक न्याय लक्षित विभिन्न नीति र कार्यक्रम कार्यान्वयन गरिएको बताए।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस