महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता
०३ पौष २०७६
•
६ मिनेट पाठ
महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता
काठमाडौं – अझै पनि सामुदायिक विद्यालयका छात्राका लागि महिनावारीको समयमा प्याड र शौचालयको व्यवस्था हुन नसक्दा उनीहरू विद्यालय छाडेर घर फर्कन बाध्य छन्। मधेसका सबैजसो जिल्लाका विद्यालयमा यस्तो समस्या देखिएको हो। यस्तो अवस्थामा पनि न केन्द्र सरकार संवेदनशील बनेको छ न त स्थानीय सरकार नै। यो समस्या छात्रामा मात्र होइन, मधेसका महिला शिक्षकमा पनि रहेको पाइएको छ।




नागरिककर्मी जनकपुरका सामुदायिक विद्यालयमा पुग्दा छात्राको एउटै समस्या थियो, प्याडको व्यवस्था र छात्रा शौचालयको व्यवस्थापन। शौचालय भए पिन ढोका नभएकाले उनीहरू दिसापिसाब लाग्दासमेत चर्पीमा जानसक्ने अवस्था छैन। जनकपुरधाम–९ स्थित सरस्वती माविमा पुग्दा छात्रामा तनाव प्रस्ट देखिन्थ्यो। छात्रा शौचालयमा पुग्दा ढोका थिएन। पानीको व्यवस्था नहुँदा चर्पीवरिपरि दिसापिसाबले फोहोर र दुर्गन्धित वातावरण थियो। शौचालयमा पानीको व्यवस्था नहुँदा बालबालिकाले खाजासमेत नखाएको पाइयो। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले अध्ययन गरेको विद्यालय दुर्गन्धित बनेको प्रस्ट देखिन्थ्यो। पिसाब खप्न नसकेका छात्राहरूका लागि केही साथीहरू शौचालयको ढो कुरुवा बसेका थिए। तिनीहरूलाई समेत विद्यालय पर्खालबाहिरका केटाहरूले अश्लील शब्दहरू प्रयोग गरी जिस्काइरहेको भेटियो।

कक्षा ६ देखि नै छात्राहरू महिनावारी हुने हुँदा हरेक महिना तीन/चार दिन विद्यालय छुट्ने अनिवार्य रहेको सरस्वती माविकी कक्षा ८ की पार्वती दासले गुनासो गरिन्। उनी त्यस विद्यालयमा कक्षा ७ देखि अध्ययन गरिरहेकी छिन्। ‘महिनावारी हुँदा मिसहरूले नै हामीलाई घर पठाइ दिनुहुन्छ,’ उनले विद्यालय प्रांगणमै शौचालय देखाउँदै भनिन्, ‘हाम्रो विद्यालयको चर्पीमा ढोका छैन। बाहिरबाट केटाहरूले हेरिरहेका हुन्छन्।’ उनले थप पीडा पोखिन्, ‘चर्पीमा पानीको समेत व्यवस्था छैन।’

पालकै प्रथम राष्ट्रपति रामवरण यादवले अध्ययन गरेको सरस्वती नमुना विद्यालय पनि हो। तापनि यस्तो ऐतिहासिक विद्यालयमा छात्रामैत्री शौचालय नहुनु दुखद विषय रहेको कक्षा १० की छात्रा रुवी चौधरी बताउँछिन्।

बल्लतल्ल टिफिनसम्म विद्यालयमा बिताए पनि दैनिकजसो छात्राहरू घर नै फर्कन्छन्। यसले गर्दा पढाइ छुट्ने गरेको गुनासो उनीहरूको छ। कक्षा १० की छात्रा गीता ठाकुरका अनुसार विद्यालयमा प्याडको व्यवस्था नहुँदा अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने हुन्छ। ‘विद्यालयमा अपर्झट महिनावारी हुँदा साथीहरूले प्याड माग्दा विद्यालयले छैन भनी जवाफ दिन्छ,’ गीताले भनिन्, ‘कतिपय साथी त महिनावारी हुँदा चार÷पाँच दिन विद्यालय नै आउँदैनन्।’

यस विद्यालयका छात्रा मात्र होइन, विद्यालयका महिला शिक्षकलाई समेत महिनावारी हुँदा घर फर्कनुको विकल्प छैन। विद्यालयकी फोकल पर्सन वरुणा कर्णले महिला चर्पीको अभावले शिक्षकहरूलाई समेत समस्या भोग्नुपरेको सुनाइन्। ‘विद्यालयमा प्याडको समस्या छ,’ शिक्षिका कर्णले भनिन्, ‘छात्रा मात्र होइन, हामी शिक्षकसमेत महिनावारी हुँदा बेलाबेलामा घर पुग्ने गर्छौं। यसले कक्षामा अवश्यै नकारात्मक असर परेको हुन्छ।’

नेपालकै प्रथम राष्ट्रपति रामवरण यादवले अध्ययन गरेको सरस्वती नमुना विद्यालय पनि हो। तापनि यस्तो ऐतिहासिक विद्यालयमा छात्रामैत्री शौचालय नहुनु दुखद विषय रहेको कक्षा १० कै अर्की छात्रा रुवी चौधरीको भनाइ छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंसिर १ गतेदेखि नै देशभरिका विद्यालयमा प्याडको व्यवस्था गर्ने नीति लिएको छ। तर, हाल सरकारले व्यवस्थापन गर्न नसकेकाले प्याडबारे सरकारी योजना नै अलपत्र बनेको छ। विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले सरकारले विद्यालयमा हालसम्म कुनै पनि किसिमको प्याडको व्यवस्था नगरेको स्पष्ट बताए। उनका अनुसार केही संस्थाले केही दिनका लागि प्याड व्यवस्था गरे पनि हाल अभाव भएको उनको भनाइ छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस