उपचार खर्च तिर्न नसक्दा आमा बन्धक
३० मंसिर २०७६
•
५ मिनेट पाठ
उपचार खर्च तिर्न नसक्दा आमा बन्धक
नवजात छोरीका साथ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालस्थित पोषण गृहमा गोपी खंग। तस्बिर : नागरिक
राजविराज – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की २६ वर्षीय ललितादेवी खंग दुई सातायता विराटनगरस्थित एक अस्पतालमा उपचार खर्च तिर्न नसक्दा बन्धक अवस्थामा छिन्। उनकी नवजात छोरी कडा कुपोषणले ग्रस्त भई राजविराजस्थित पोषण पुनस्र्थापना गृहमा उपचाररत छिन्।




सरकारले मातृ शिशु कार्यक्रम निःशुल्क बनाएको छ। तामझामका साथ मातृशिशु कार्यक्रमबारे राज्यले प्रचारप्रसार गरिरहेको अवस्था छ। प्रदेश सरकारले पनि छोरीलाई लक्षित गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत बर्सेनि करोडौं खर्चिरहेको अवस्था छ। तर पनि एक आमा गरिबीका कारण अस्पतालको बन्धक बन्न बाध्य भएकी छन् भने उनकी नवजात छोरी कुपोषणका कारण जीवनमृत्युको दोधारमा छिन्।

सुत्केरी गराउँदा लागेको खर्च तिर्न नसक्दा १५ दिन यता ललिता विराटनगरस्थित विराटनगर अस्पताल प्रालिमा बन्धक छिन्। उनका पति गोपी नवजात छोरीलाई लिएर शनिबार सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हातामा सञ्चालित पोषण पुनः स्थापना गृहमा पुगेका छन्। गृहकी प्रमुख रेशमी झाले आमाको दूध खान नपाउँदा शिशुलाई कुपोषण भएको बताइन्। ‘शिशुको शरीरमा मासु कम र हाड बढी देखिएको छ, यो कडा खालको कुपोषण हो’, उनले भनिन्, ‘प्रारम्भिक उपचारपछि शिशुलाई तत्कालै आमानिर पु¥याएर उनको दूध खुवाउन सल्लाह दिएका छौं।’

अस्पताललाई तिर्ने पैसा नभएर आफू छोरी लिएर पत्नीलाई भेट्न जान नसकेको गोपीले बताए। उनले भने, ‘डाक्टरहरुले बच्चालाई तत्कालै आमानिर लैजान भनेका छन् तर उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक बनाइएकी पत्नीसामु खाली हात कसरी जाऊँ ? पत्नी सधैं फोन गर्छिन्, छोरीलाई ल्याइदेऊ भनेर कर गर्छिन्, पैसा नहुँदा जान सकेको छैन।’ स्वास्थ्यअवस्था कमजोर भएपछि ललितालाई ११ दिनसम्म आइसियुमा राखिएको थियो। त्यति बेलादेखि नै नवजात छोरीलाई अलग्गै राख्नुपरेको र पैसाको जोहो हुन नसक्दा आफू समस्यामा परेको गोपीको भनाइ छ।

‘डाक्टरले बच्चालाई तत्कालै आमानिर लैजान भनेका छन्। उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बनेकी पत्नीसामु खाली हात कसरी जाऊँ ? पत्नी सधैं फोन गर्छिन्, छोरी ल्याइदेऊ भनी कर गर्छिन्, पैसा नहुँदा जान सकिएको छैन।’

विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा ललिताले जुम्ल्याहा छोरी जन्माएकी थिइन्। नवजात जुम्ल्याहामध्ये एकको तत्कालै मृत्यु भएको थियो। ललिताको अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि विराटनगर अस्पताल प्रालि पु¥याइएको थियो। ललितालाई निको पनि भयो तर उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा अस्पताल प्रशासनले उनलाई डिस्चार्ज गरेको छैन।

अर्काको घरखेतमा मजदुरी गरी परिवारको लालनपालन गर्दै आएका गोपीले गाउँकै साहुमहाजनसँग ऋण सापटी लिएर ट्रमा सेन्टरमा सुत्केरी गराउनेदेखि छोरीको उपचार खर्चसमेत गरी एक लाख ७४ हजार रुपैयाँ बुझाएका थिए।

घटना बाहिरिएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहले २५ हजार, सुनसरीको इटहरीस्थित स्वदेशी लघुवित्त केन्द्रीय कार्यालय र विशाल ग्रुप फाउन्डेसनले संयुक्त रुपमा ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिएको गोपीले बताए।

विराटनगर अस्पताल प्रालिका प्रशासन प्रमुख पदम बिनाडीले ललिताको उपचारमा लागेको खर्च नबुझाएकाले उनलाई डिस्चार्ज गर्न नसकिएको बताए। अति गम्भीर अवस्थामा ललितालाई आफन्तले ल्याएको र त्यस्तो अवस्थामा पैसालाई प्राथमिकता नदिई बिरामीको उपचार गरिएको बताउँदै उनले भने, ‘हामीले सुरुमै पैसा खोजेको हैन, बिरामीलाई जोगाउने सकभर प्रयास ग-यौं र जोगायौं पनि, अब उपचारमा लागेको खर्च त तिर्नुप-यो नि।’
अर्को समाचार
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
२८ चैत्र २०७९
•
४ मिनेट पाठ
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन्। गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो।  




उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो। तर अस्पतालमा उपचारवापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सकेकी छैनन्। उनी अस्पतामै तीन छोराछोरीसहित बन्धक छन्। उनले अस्पताललाई उपचारवापतको रु छ लाख ६९ हजार तिर्न बाँकी छ।  सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन नपाएका हुन्। उनीसँगै वृद्ध ससुरापनि अस्पतालमै रहेका छन्।  

'हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौँ (हामीलाई खानै पुग्दैन । यति पैसा कहाँबाट तिरेर घर जानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ?)', मन्तोरिया रायले रुँदै भनिन्।

कान्छो छोराको बालपोषण भत्ता लिन गत माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न गएकी थिइन्। बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडकखण्डमा बा६१प ६६३३ नंको मोटरसाइकलले उनलाई ठक्कर दियो। प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लड्नुभएकी मन्तोरियालाई मोटरसाइकलले ४०–५० मिटर परसम्म घिसारेको थियो। यसरी सडकमा घिसारिएपछि उनको शरिरको विभिन्न भागमा चोट लाग्यो।

मोटरसाइकल धनुषाकै सहिदनगर नगरपालिका–१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाएका थिए । सोही ठाउँका ३५ वर्षीय गजेन्द्र यादव पछाडि सवार थिए । चालक राय तत्कालै समातिए । पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन् । चालक रायको घरपरिवारको अवस्था दयनीय छ। उनी मन्तोरियालाई भेट्न अस्पतालसमेत आएनन्। दुर्घटनापश्चात मन्तोरियाका ससुरा रामप्रसादले प्रहरीमा मोटरसाइकलका चालक राय र पछाडि सवार यादवमाथि किटानी जाहेरी दर्ता गराएका थिए।

अङ्गभङ्ग मुद्दामा चालक राय हाल जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन्। मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झन्डै रु १० लाख अस्पताललाई तिरेको छ। तर बाँकी पैसो तिर्न उनीसित कुनै उपाय छैन। मन्तोरिया आफूलाई घर फर्किने वातावरण बनाइदिन हारगुहार गर्दै आएकी छिन्।

सुरुमा दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घाइतेलाई उपचार नगरी निजीमा सिफारिस गर्ने गरेका छन्।

अहिले ३० वर्षीया मन्तोरियासँगै दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन्। मन्तोरियाको सम्पत्तिका नाममा केवल दुई धुर घडेरीमा छाप्रो छ। उनीसँगै आठ वर्षीया छोरी वर्षा, पाँच वर्षीय छोरा महेश्वर, तीन वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद अस्पतालमामै बस्न बाध्य छन्। रामप्रसादले जसोतसो बुहारीको हेरचाह गर्नुभएको छ, तीन नाति–नातिना सम्हालेका छन्।

मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन्। गत कात्तिकमा रामबहादुर कतार गएदेखि मन्तोरियाले घर सम्हाल्दै आएकी थिइन् तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ। पति रामबहादुरको पनि कमाइ छैन। उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाइन्।

अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिय अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भए पनि अस्पतालको समुचित रेखदेख र उपचारले उनलाई बचाएको बताए। मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा शल्यक्रिया भएको छ। केही भाग आन्द्रा काटेर हटाइएको छ। दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँच्चिएकाले शल्यक्रिया गरी दुवैमा स्टिल जडान गरिएको छ। दायाँ हात पनि भाँच्चिएको थियो।

अस्पतालका व्यवस्थापक मण्डलले भने, 'जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो। बाँच्ने अवस्था न्यून थियो। तर हामीले भरपुर प्रयास गरेर सबै शल्यक्रिया सफल पार्यौं । दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ', ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको छ।

मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका प्रमुख कारीराम यादव सोमबार अस्पताल पुगेर अवस्था बुझेका छन्। उनले दुई दिनभित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासन दिएका छन्।  

नगरप्रमुख यादवले भने, 'यस विषयमा सबैला कार्यपालिकाको बैठक राखेर छलफल गर्छौँ, उपचार खर्चबारे के गर्न सकिन्छ उचित निर्णय गर्छौँ। यो घटनालाई गम्भीरतापूर्वक लिएका छौँ।'

त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो। टोलीले अस्पतालको अनुगमनसमेत गरेको छ। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस