महराविरुद्ध मुद्दा दर्ता
१५ कार्तिक २०७६
•
८ मिनेट पाठ
महराविरुद्ध मुद्दा दर्ता
काठमाडौं – महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध थप सजायसहित क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध ५ देखि ७ वर्षसम्मको जेल सजाय र क्षतिपूर्ति माग गर्दै बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।




महराले सार्वजनिक पदको दुरुपयोग गरी महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको भन्दै थप सजायसहित माग दाबी गरिएको छ। संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले असोज १२ मा महराले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्।

मुलुकी अपराध संहिता २०७४ अनुसार जबर्जस्ती करणी उद्योगअन्तर्गत साढे ३ वर्षदेखि ५ वर्षसम्मको जेल सजाय हुन्छ। महरा सभामुखजस्तो सार्वजनिक पदमा बसेको व्यक्तिले महिलामाथि जबर्जस्ती करणी प्रयास गरेकाले थप सजाय माग गर्दा ५ देखि ७ वर्ष सजाय पुगेको हो।

जबर्जस्ती करणी उद्योगअन्तर्गत मुलुकी अपराध संहिता ऐनको दफा २१९ को उपदफा ३ बमोजिम महराविरुद्ध मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी नुमराज खनालले जानकारी दिए।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध ५ देखि ७ वर्षसम्मको जेल सजाय र क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

ऐनको दफा ३ (ङ) मा जबर्जस्ती करणी गर्ने व्यक्ति, करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी सजाय निर्धारण गरिएको छ। दफा ३ (ङ) मा कानुनले १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म जेल सजाय निर्धारण गरेको छ। जबर्जस्ती करणी प्रयासमा यसको आधा सजाय हुने व्यवस्था ऐनमा छ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन अनुसार थप सजायको माग दाबी गरिएको छ। उक्त ऐनको दफा १५ उपदफा २ अनुसार कुनै सरकारी कार्यालय वा सार्वजनिक वा संगठित संस्थाको पद वा ओहोदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसुर गर्ने कसुरदारलाई त्यस्तो कसुरमा हुने सजायको डेढी सजायको व्यवस्था गरिएको छ। ‘सभामुख पदको दुरुपयोग देखिएकाले जबर्जस्ती करणी उद्योगअन्तर्गत डेढी थप सजाय माग गर्दा करिब ५ देखि ७ वर्षसम्मको सजाय माग गरिएको हो’, सूचना अधिकारी खनालले भने।

सरकारी वकिल कार्यालयले अपराध संहिताको दफा २२८ अनुसार क्षतिपूर्ति भराइदिन समेत माग गरेको छ। ‘कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइदिनुपर्नेछ’, ऐनमा भनिएको छ। पीडितलाई कति क्षतिपूर्ति दिने भन्ने अदालतले नै विचार गर्ने व्यवस्था छ।

महराविरुद्ध मुद्दा दर्ता भएसँगै सुनुवाइ प्रक्रिया सुरु भएको छ। अदालतले शुक्रबार महराको (प्रतिवादी) को बयान लिनेछ। बयानका क्रममा सरकारी वकिल र प्रतिवादीका कानुन व्यवसायीको उपस्थिति हुँदैन। त्यसपछि थुनछेक बहस हुनेछ। थुनछेक बहसपछि महरालाई कि त थुनामा राख्ने कि धरौटी मागेर छोड्ने कि साधारण तारेखमा छोड्ने, तीनवटा विकल्प रहेका छन्।

थुनछेक बहसपछि प्रमाण बुझ्ने प्रक्रिया हुनेछ। साक्षी बकपत्रमा पीडित महिला उपस्थित हुनुपर्ने व्यवस्था छ। बन्द इजलासमा राखेर पक्षको गोपनीयतालाई ध्यान दिंदै बयान गर्न सरकारी वकिल कार्यालयले आग्रह गरेको छ।

शाहीले जबर्जस्ती करणी उद्योग भन्दै प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन्। महरालाई प्रहरीले असोज १९ मा पक्राउ गरेको थियो। त्यसको तीन दिनपछि अस्वस्थताका कारण उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनी अझै अस्पतालमै छन्।

घटनाक्रम

महरा रोशनीको डेरामा गएको : असोज १२

समाचार सार्वजनिक : असोज १३

सभामुखबाट महराको राजीनामा : असोज १४

पीडित महिलाले कुरा फेरेको : असोज १४

पीडित महिलाले प्रहरीमा जाहेरी दिएको : असोज १४

महरा पक्राउ परेको : असोज १९

महरा नर्भिक अस्पताल भर्ना : असोज २०

महरालाई पहिलो पटक १३ दिन म्याद थप : असोज २८

दोस्रो पटक ५ दिन म्याद थप : कात्तिक ३

तेस्रो पटक ७ दिन म्याद थप : कात्तिक ४

अदालतबाट परीक्षणका लागि रगत दिन महरालाई आदेश : कात्तिक ७

महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता : कात्तिक १४

महराले अदालतलाई टेरेनन्

महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महराले परीक्षणका लागि प्रहरीलाई रगत दिन मानेनन्। उनले पोलिग्राफ परीक्षण गराउन पनि मानेनन्। महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको थियो।

परीक्षणका लागि रगतको नमुना दिन नमानेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले बताए। ‘पोलिग्राफ परीक्षण र डिएनए परीक्षणका लागि रगत दिन मान्नुभएन’, प्रवक्ता बोगटीले भने। काठमाडौं जिल्ला अदालतले तेस्रोपटक ७ दिनका लागि हिरासतमा राख्ने अनुमति दिँदै डिएनए परीक्षणका लागि आरोपितलाई रगत दिन कात्तिक ७ मा आदेश गरेको थियो।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले परीक्षणका लागि रगत दिन आदेश दिएको थियो। प्रहरी अनुसन्धान अधिकृतले डिएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेश माग गरेका थिए। महराले अदालतको अवहेलना गर्दै परीक्षणका लागि नमुना रगत दिन मानेनन्।
अर्को समाचार
माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता
२७ असोज २०८२
•
१ मिनेट पाठ
माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता
फाइल तस्बिर
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। विद्युतीय चुरोट (भेप) मार्फत् सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता भएको हो।    




अदालतमा महरामाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। उनीमाथि भन्सार ऐन, सुन तस्करीसम्बन्धी अपराध नियन्त्रण ऐन र संगठित अपराध ऐन अन्तर्गत तीनवटा छुट्टाछुट्टै अभियोग लगाइएको छ । 

२०७९ पुसमा बरामद भेपमा ल्याइएको तस्करीको सुन र २०८० साउनमा बरामद ६१ किलो तस्करीको सुनका विषयमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको डिल्ली आचार्यको अध्यक्षतामा आयोग बनाएको थियो। सुनसहितको भेप विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्थामा चोरी भएको विषयमा पनि अनुसन्धान गरेको थियो।  

भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार फ्लाई दुबईको उडान नम्बर एफजेड-०५८७ बाट २०७९ साल पुस १० गते नेपाल आएका चिनियाँ नागरिकले ल्याएको ७३० थान विद्युतीय चुरोट (भेप) अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयको स्टोरमा राखिएको थियो। पछि उक्त सामानमा सुन लुकाइएको खुलेको थियो।  

अनुसन्धानका क्रममा उक्त सुन तस्करीमा संलग्न रहेको आरोपमा रोल्पा जिल्ला लिवाङका कृष्णबहादुर महराका छोरा राहुल महराको संलग्नता देखिएको र सोही प्रकरणमा कृष्णबहादुर महरालाई पनि पक्राउ गरिएको हो।  

अनुसन्धानमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन अवैध पैठारी गरी आपराधिक समूह बनाई संगठित रुपमा लाभ लिएको देखिएकोले भन्सार ऐन, २०६४ तथा संगठित अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस