स्रोत नखुलेको १२ लाख रकमसहित दुई जना भारतीय नागरिक वीरगन्जबाट पक्राउ परेका छन। पक्राउ पर्नेमा भारत विहार जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने धनन्जय कुमार गुप्ता. र मुसाहेब आलमलाई पक्राउ गरेको हो।
पर्साको बिन्दबासीनी गाउँपालिका–५ प्रसौनीभाटा पुल स्थित चेकजाँचको क्रममा प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो।
बीआर ०५ एस ४७०२ नम्बरको मोटरसाईकलमा आईरहेका दुबैजनाको साथबाट एक हजार दरको आठ सय थान,पाँच सय दरको आठ सय गरि १२ लाख रकम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...