लहान नगरपालिकाले तीन वर्षदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ अहिले प्रभावकारी रूपमा अघि बढिरहेको छ।
नगरपालिकाका २४ वटै वडामा ‘रोटेसन’ को आधारमा प्रत्येक महिनाको २२ गते गर्भवती र सुत्केरीलाई पोषण प्याकेज वितरण गरिन्छ। आइतबार वडा नं २२ मा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले ४५ जनालाई पोषण प्याकेज हस्तान्तरण गरे। उनको भनाइअनुसार यो कार्यक्रम गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धताअनुसार सुरु गरिएको हो।
‘सुत्केरी अवस्थामा पोषिलो आहार नपाउँदा बच्चाको पोषणमा गम्भीर असर पर्छ, जुन भविष्यका लागि खतरा हुन्छ। मैले नगरप्रमुखको जिम्मेवारी सम्हालेपछि स्वस्थ पुस्ता तयार गर्न, आमाहरूको स्वास्थ्य सुधार गर्न र कुपोषणको चक्र तोड्न यो कार्यक्रम सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले यो कार्यक्रमले जनस्तरमा राम्रो प्रभाव पारेको छ, त्यसैले आगामी दिनमा अझ प्रभावकारी बनाउने योजना छ।’
नगरपालिकाभित्र धेरै दलित र विपन्न समुदाय भएकाले उनीहरूलाई लक्षित गरी कार्यक्रम बनाइएको हो। उनको भनाइअनुसार कार्यक्रमले जनस्तरमा सकारात्मक प्रभाव पारिरहेको छ र आगामी दिनमा अझ व्यापक बनाइनेछ। कार्यक्रमको प्रभावबारे बोल्दै वडा नं २२ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले यो योजनाले महिलाहरूमा स्वास्थ्य सचेतना बढेको बताए।
‘पहिला गर्भवती र सुत्केरीहरू स्वास्थ्य संस्थामा नियमित जाँच गर्न जाँदैनथे,’ उनले भने, ‘अब पोषण प्याकेज पाउने प्रक्रियामा नियमित स्वास्थ्य जाँच अनिवार्य भएकाले उनीहरू स्वास्थ्य संस्थामा आउन थालेका छन्, जसले आमाको स्वास्थ्यमा सुधार ल्याएको छ।’
नगरपालिकाको स्वास्थ्य शाखाकी कर्मचारी रीता यादवको भनाइअनुसार यो कार्यक्रमले मातृ र शिशु स्वास्थ्यमा सकारात्मक असर पारेको छ। पोषण प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मोटर, सोयाबिनलगायतका खाद्य सामग्री समावेश छन्। कार्यक्रमबाट लाभान्वित महिलाले यो सहयोगले गर्भावस्था र सुत्केरी अवस्थाको चुनौती पार गर्न सजिलो भएको अनुभव बाँडेका छन्।
‘बर्थिङ सेन्टर’ सञ्चालनमा आउने
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले यसै वडाको तरेगनामा यो वर्षदेखि ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइने जानकारी दिए। नगरपालिकाको स्वास्थ्य शाखाले यस सम्बन्धमा सबै प्रक्रिया पूरा भएको जानकारी दिएको छ।
लहान नगरपालिकाको दुर्गम क्षेत्र मानिने तरेगनामा सञ्चालन हुने यो बर्थिङ केन्द्रबाट स्थानीय महिलालाई सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीको भनाइअनुसार, वर्षायाममा सडक अवरुद्ध हुँदा रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालसम्म पुग्न नसक्दा गर्भवतीले समयमा सेवा नपाएर ज्यान गुमाउने जस्ता दुखद घटना दोहोरिएकाले यो केन्द्रले स्थायी समाधान दिनेछ।
नगरप्रमुख चौधरीले भने, ‘बर्थिङ सेन्टर सञ्चालनमा आएपछि लहान–१६ को भसुवा, भमरेका गर्भवतीलाई सहरसम्म धाउनुपर्ने बाध्यता हट्नेछ। एमबिबिएस डाक्टरसहितको सेवा हुनेछ।’ उनको भनाइअनुसार केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र उपकरण तयारी अवस्थामा छन्। यसबाट दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सेवा सुनिश्चित हुने विश्वास लहान नगरपालिकाले लिएको छ। रासस