माटोलाई सुरक्षा गर्दै कैलालीका किसान
२३ असार २०८२
•
५ मिनेट पाठ
माटोलाई सुरक्षा गर्दै कैलालीका किसान
कैलालीका किसान माटोको सुरक्षामा सचेत बन्न थालेका छन्। मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि माटो स्वस्थ हुनुपर्छ भन्ने बुझेपछि किसान माटो जोगाउन सक्रिय भएका छन्।




माटो जोगाउन किसानले माटो परीक्षण गरेर खेती गर्न थालेका छन्। किसानले पालिका र माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा माटो परीक्षण गरेर माटो परीक्षण कार्ड बनाउन थालेका छन्। किसानले माटोको रिपोर्टअनुसार खेती गर्न थालेका छन्।

कैलालीको जानकी गाउँपालिका–२ की त्रिलेकदेवी थापामगरसँग माटो परीक्षण नतिजा कार्ड छ। उनले आफ्नो जमिनको माटोको गुणस्तरबारे थाहा पाउने गरी यसरी कार्ड लिएको चार वर्ष भइसकेको छ। थापामगर प्रत्येक वर्ष आफ्नो खेतबारीको माटो परीक्षण गराउँछन्। ‘माटो परीक्षण रिपोर्टमा कृषि प्राविधिकले सिफारिस गरेअनुसार खेती गर्ने गरेका छौं,’ उनले भने, ‘कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने ज्ञान भएको छ, यसले उत्पादन वृद्धिमा समेत सहयोग पुगेको छ।’

अर्का किसान लक्ष्मीदेवी मगरसँग पनि माटो परीक्षण कार्ड छ। उनलाई यसरी माटो परीक्षण गर्न जानकी गाउँपालिकाले सघाइरहेको छ। माटोको स्वास्थ्यबारे थाहा पाएपछि मलपानी आवश्यकताअनुसार प्रयोग गरे पुग्नेमा किसान सचेत भएका छन्। ‘माटोको अवस्था, माटो संरक्षणका लागि गर्नुपर्ने प्रयासबारे जानकारी हुने गरेको छ,’ लक्ष्मीदेवीले भने, ‘रासायनिक विषादीको प्रयोग घटाइरहेका छौं, जैविक विषादी घरमै बनाउने गरेका छौं, जसले उत्पादन बढेको छ, उत्पादन विषादीमुक्त हुँदै गएको छ।’

किसान जयसरा देवीले पनि माटो परीक्षण गरेपछि माटो अवस्था, कुन समयमा कुन खेती गर्दा बढी उत्पादन लिन सकिन्छ, मल प्रयोग र वातावरण कसरी जोगाउने भन्नेबारे सिकेका छन्। ‘नियमित खेती गर्न हुँदैन रहेछ भन्ने सिके, माटोभित्र पनि रोग हुनसक्छ, त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने सिकाइ भएको छ,’ उनले भने, ‘माटो मलिलो बनाउने, कुन खेती गर्दा माटो जोगिन्छ भन्नेबारे पनि सिकेका छौं।’

कैलालीमा स्थानीय तह र विभिन्न सङ्घसंस्थाको सक्रियतामा माटो जाँच कार्यक्रम हुने गरेका छन्। माटो जाँच गरेर आफ्नो खेतबारीको माटोको अवस्था थाहा पाउनुअघि जथाभावी रासायनिक मल प्रयोग गर्ने किसान अहिले प्राङ्गारिक, गोठे मलको प्रयोग बढाइरहेका स्थानीय कर्णबहादुर थापाले बताए। ‘माटो, मानिसको जीवन र वातावरण संरक्षण गर्ने जिम्मा किसानकै हातमा रहेछ,’ उनले भने, ‘यसमा स्थानीय सरकारले साथ दिनुपर्छ। हामीले प्राविधिक ज्ञान पाइरहेका छौं।’

कैलालीकै जोशीपुर गाउँपालिका–२ मुद्धिका किसान प्रेमलाल महत्तोको खेतीपाती गर्ने तरिका हिजोआज बदलिएको छ। पहिले उत्पादन बढाउन रासायनिक मल धेरै हाल्दा उल्टै उत्पादन घट्यो। छरछिमेकमा सल्लाह गरेर माटो परीक्षण गर्ने निधो गरेपछि थाहा भयो माटोमा अमिलोपना बढेको तथा प्राङ्गारिक मलको कमी भएको रहेछ। कृषि प्राविधिकको सल्लाहअनुसार उनले खेती गर्ने तरिका बदलेपछि हाल उत्पादन बढेको छ।

‘विगतमा हामी उत्पादन बढी लिने प्रयासमा माटो बिगार्ने काममा सक्रिय रहेछौं भन्ने बुझेको छु,’ उनले भने, ‘माटो बचे पो जीवन बच्न भन्नेमा सचेत भएको छु। माटोमा बढेको अमिलोपना घटाउन ढैँचा जस्ता खेती, लहरे बालीमा ध्यान दिएका छौं।’

कैलालीमा माटो जाँच गर्ने र माटो परीक्षण कार्डको आधारमा रासायनिक मलको मात्रा मिलाएर हाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ। किसानलाई गोबर मल, हरियो मल जस्ता प्राङ्गारिक मल प्रयोग गर्न स्थानीय पालिका, रानी जमरा कुलरिया सिँचाइ आयोजनाले समेत किसान सचेत बनाइरहेका छन्। स्थानीय तह र सिँचाइ आयोजनाले किसान पाठशाला जस्ता कार्य गरेर हरियो मल, जैविक मलबारे किसानलाई शिक्षा दिन थालेका छन्।

जोशीपुरकै अर्का किसान प्यारेलाल महत्तो सबैतिरको प्रयासले किसानको बालीको उत्पादन बढ्नुका साथै माटोको गुणस्तर पनि सुधार हुँदै गएको र यसले दिगो माटो व्यवस्थापनमा सघाउ पुगिरहेको उनको भनाइ छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी नियमावली २०८१ बनाएर लागू गरिसकेको छ। अनि, प्राङ्गारिक मल र प्राङ्गारिक विधिमा गरिने खेती किसानीमा जोड दिइरहेको छ। सङ्घ, प्रदेश र स्थानीय, तीनै तहका सरकारले यस विषयलाई प्राथमिकतामा राखेको कृषि प्राविधिक बताउँछन्।

पालिकामा रहेका कृषि शाखामार्फत रासायनिक मल र विषादी दुवैको प्रयोग घटाउने र उत्पादन बढाउने उद्देश्यले माटोको गुणस्तरअनुसार खेती गर्ने काम भइरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरी बताउँछन्। ‘सुरुमा किसानको बारीको माटो जाँच हुन्छ, सोहीअनुसार खेतीबाली लगाइन्छ,’ उनले भने, ‘यसरी खेती गर्दा उत्पादन बढ्छ, माटोको गुणस्तर बिग्रदैन। वातावरण संरक्षणमा सहयोग पुग्छ।’ जानकी गाउँपालिकाले गत वर्ष माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा हरेक वडाका १०/१० किसानलाई माटो परीक्षण कार्ड उपलब्ध गराएको थियो। यस वर्ष पालिकामा दुई सय ६२ किसानले माटो परीक्षण कार्ड बनाएका छन्।

‘किसानमा माटो सुधार गर्नुपर्छ भन्ने जनचेतना बढाउन र माटो सुधार गरी उत्पादन र वातावरणमा नै सुधार गर्न पालिकाले लगानी बढाएको हो,’ उनले भने, ‘पालिकाले किसानलाई सचेत बनाउन यस वर्षबाट एकीकृत किट व्यवस्थापनका लागि आकस्मिक बाली संरक्षण सेवा पनि हरेक वडामा दिएको छ।’ माटो परीक्षण गराएर किसानले काम गर्दा एकातिर माटोको स्वास्थ्य राम्रो हुने र अर्कातिर किसानले लगाएको बालीको फसल पनि राम्रो हुने विज्ञको सुझाव छ।

माटो विज्ञ श्रीप्रसाद विष्ट माटो स्वस्थ भएपछि विश्व नै स्वस्थ हुने भएकाले माटो सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिन्छन्। ‘अधिकांश जीवित प्राणीको गाँस र बास स्थान भनेको नै माटो हो,’ उनले भने, ‘माटो नै स्वस्थ भएन भने धेरै क्षेत्रमा समस्या आउने गर्छ। त्यसैले माटो र वातावरण जोगाउने जिम्मा सबैले लिनुपर्छ।’ दुर्गा देवकोटा/रासस
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस