कर्णाली राजमार्गमा यात्रुलाई सधैं सास्ती
१८ असार २०८२
•
४ मिनेट पाठ
कर्णाली राजमार्गमा यात्रुलाई सधैं सास्ती
अहिले पनि कर्णाली राजमार्गमा यात्रुहरूले सास्ती खेप्नुपरेको छ। राजमार्ग साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका वर्षायाममा यात्रुले थप सास्ती खेप्नु परेको हो।




कर्णाली राजमार्गमा वर्षा र पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। तर, राजमार्ग स्तरोन्नति तर्फ राज्य उदासीन देखिएको कर्णालीवासीको गुनासो छ।

जुम्लाको चन्दननाथ नगरपालिका-५ अमृत बुढाथोकी मगरले कालोपत्रे गरिएको सडक भए पनि साँघुरो र खाल्डा खुल्डीले गर्दा दुर्घटनाको जोखिम उच्च देखिएको बताए। राज्यले छिट्टै ध्यान दिनुपर्ने उनी बताउँछन्। अमृत मंगलबार बिहान ५ बजे पहिलो गाडीमा सुर्खेतसम्म यात्रा गरेका थिए। समयमै पुगिन्छ होला  भन्ने उनलाई लागेको थियो। तर, उनी राति १० बजे मात्र सुर्खेत पुगे। उनले,भने, सेर घाटबाट अर्को गाडीमा मेल गरेर पुग्यौँ। हिलाम्मे सडकले गाडी पुरै डुब्छ। यात्रुले धकेल्ने र तान्ने गर्नुपर्छ।

सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला सुर्खेत पुग्नै तीन दिन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरूको भनाइ छ । वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौँ स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्छन्।

कनकासुन्दरी-३ का धनबहादुर रावतले भने,'कर्णाली राजमार्ग र कर्णाली करिडोरमा यात्रुहरू कष्टपूर्ण यात्रा गर्न बाध्य छौँ। सडक गुणस्तरीय र दिगो रूपमा स्तरोन्नति गर्नुपर्दछ। घरबाट निश्चित रुपैयाँ बोकिन्छ। बाटोमै भोकभोकै रातदिन कटाउनु पर्ने अवस्था आउँछ।'

गगने खोला, सेरीघाट, कर्णाली करिडोर सुरु हुने खुलालु जिरो पोइन्ट सडकको अवस्था नाजुक छ। कर्णाली विकासको मेरुदण्डका रुपमा हेरिरहेको कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकको कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन।

जुम्ला गुठिचौर गाउँपालिका-४ का विश्वराज खत्रीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि कसैको ध्यान नपुगेको बताए। ‘हाम्रा नेताहरू यही बाटो हिँड्छन्। तर, सडकको बेहाल देख्दैनन्,’ खत्री सोमबार जुम्ला बिहान ५ बजे सुर्खेतबाट जिपमा हिँडे, राति १० बजे कष्टकर अवस्थामा पुगे।

जुम्लाको हिमा गाउँपालिका-३ का गोपाल रोकाया स्याउ किसान हुन्। रोकाया भन्छन्, कर्णाली राजमार्गले यो वर्ष पनि स्याउ बाहिर पठाउन नसकिने चिन्ता छ। झन्डै १० रोपनी जग्गामा स्याउ खेती छ। गत वर्ष सुर्खेत पठाउन लागेको एक ट्रक स्याउ कर्णाली राजमार्ग बन्द हुँदा खेर गयो । यो वर्ष पनि झन्डै १० हजार कार्टुन स्याउ बाहिर पठाउने तयारी छु। स्याउ फलाएर मात्र के गर्ने, बर्सेनि स्याउ बाहिर पठाउने बेला कर्णाली राजमार्ग बन्द हुन्छ।,’

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दैलेखको दहीखोलादेखि जुम्ला सदरमुकाम खलङ्गासम्मको १ सय ६८ किलोमिटरमा १५ स्थानमा पहिरोको जोखिम छ । यो वर्ष पनि दहीखोला, गगनेखोला, एसमोड, हुल्म, सेरीघाट, सुनारखोला, गल्ली, मोल्फा, सेराबाडा, टाकुल्ला, भैसींगौडा, टिमुरे, गाल्जे, राँचुली र धनाडामा पहिरोको बढी जोखिम रहेको डिभिजन प्रमुख दीपेन्द्रकुमार चौधरीले बताए ।

‘पहिरो पन्छाएर सवारी पठायो, घण्टामै फेरि पहिरो आयो भन्ने खबर आउँछ,’ उनले भने, ‘भिरालो जमिन, कमजोर माटो र सडक निर्माणको क्रममा गरिएको अत्यधिक विस्फोटनले बढी पहिरो जाने गरेको हो।’ बजेट अभावका कारण पहिरो आउने ठाउँमा सामान्य मर्मतबाहेक अन्य संरचना निर्माण गर्न नसकिने उनी बताउँछन्।

यो वर्ष सडक बोर्डबाट निकासा भएको ९० लाख रुपैयाँको आकस्मिक बजेटबाट जोखिमपूर्ण ठाउँमा पर्खाल लगाउने, तार जाली भर्ने, सडक सुधार गर्नेलगायत काम गरिएको उनले जानकारी दिए । सडक डिभिजन कार्यालयका अनुसार गत वर्ष गगनेखोलाले ६० लाख रुपैयाँमा बनेको ग्याबिन बगाएको थियो । अहिले पहिरो पन्छाउनका लागि पिली, हुल्म र गाल्जेमा ह्विललोड र ब्याकहो लोडरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ।

कर्णाली राजमार्गमा २४ करोड रुपैयाँ बजेटबाट यो वर्ष दहीखोलादेखि खुलालु, सेरीघाटदेखि मान्म, बिहानी खोलादेखि नाग्म, रारालिहीदेखि श्रीढुस्कासम्मको सडक खण्डमा चौडा र कालोपत्रे गर्ने काम पनि भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। २०६३ चैत ३० देखि सञ्चालनमा आएको २ सय ३२ किलोमिटर दुरीको यो राजमार्गमा सडक विभागले विभिन्न १४ वटा पुल निर्माणमा १ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको छ ।भने ओटासिल प्रविधिको कालोपत्रे र सेफ्टी बारसहित पर्खाल निर्माणका लागि विश्व बैङ्कको करिब २ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

विश्व बैङ्कको सहयोगमा २०७२ सालमा संघीय सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत १ अर्ब रुपैयाँमा राजमार्गमा कालोपत्रे गरिएको थियो। 
अर्को समाचार
कर्णाली राजमार्गमा गाडी तानेर चलाउनुपर्ने बाध्यता
३२ साउन २०८०
•
१ मिनेट पाठ
कर्णाली राजमार्गमा गाडी तानेर चलाउनुपर्ने बाध्यता
कालिकोटको सुनार खोलामा फसेका गाडी । तस्बीरः ललित विष्ट
सामान्य वर्षा हुँदा पनि कर्णाली राजमार्गमा गाडी तान्नुपर्ने बाध्यता रहेको छ। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने कर्णाली राजमार्गले यात्रुलाई सास्ती दिने गरेको छ।  




दुई तीन दिनदेखि परेको अविरल वर्षाका कारण कालिकोटको सुनार खोलामा यात्रुहरुले गाडीलाई डोरीमा बाधेर तान्नु परेको हो। वर्षेनी कर्णाली राजमार्गमा संचालन हुने साना तथा ठुला सवारी साधनलाई सुनार खोलाले सास्ती दिर्दै आएको छ।  

हिउँदमा धुलाम्मे हुने सुनार खोला वर्षामा हिलाम्मे भएपछि गाडिलाई आवतजावतमा समस्या हुने गरेको गाडी चालक भक्त रावतले बताए। उनले भने, 'दैलेख र कालिकोट खण्ड निकै जोखिम छ। वर्षाले सडकमा सास्ती थपेको छ।'

कर्णाली राजमार्गको नाग्मदेखि मुगुको सडकमा पनि धेरै सास्ती हुने गरेको छ। अहिले नेपालगन्जबाट हिडेको तीन दिनमा मुगु पुग्ने गरेको चालकहरूको भनाइ छ।

हिउँदमा दुई दिन लाग्ने सडकमा अहिले तीनदिन लाग्छ। बाटोमा गाडी जाम भयो भने एक हप्ता पनि लाग्छ। कर्णाली राजमार्गमा  कालिकोटको सुनार खोला र टाकुल्ला खोलाको सास्तीले बाटो छिचोल्न धेरै समय लाग्ने गरेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस