कपिलवस्तुको मायादेवी साझेदारी वनले एकै वर्षमा १० करोड बढीको सालको काठ उत्पादन गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा ८७ हजार क्युफिट काठ उत्पादन गरेको हो। त्यसको मूल्य १० करोडको हाराहारीमा आउने साझेदारी वनका अध्यक्ष सन्दीपकुमार जैसवालले बताए।
सालको काठ प्रति क्युफिट १२ सय पर्छ। पिपरा, पटना र साझेदारी वनको अन्य क्षेत्रबाट सो काठ उत्पादन गरी करिब ९० प्रतिशत संकलन गरी घाटगद्दी गरिसकिएको उनले बताए। पिपराबाट ६० हजार, पटनाबाट २० हजार र अन्य स्थानबाट ७ हजार काठ संकलन गरिएको हो। वन व्यवस्थापन योजनाअनुसार पुनरुत्पादन, सुधार र योजानाबद्ध कटानको माध्यमबाट काठ उत्पादन गरिएको हो।
यस्तै चालु आर्थिक वर्षभित्रै दुई सय चट्टा दाउरासमेत संकलन गरिएको छ। काठ र दाउरा बिक्रीका लागि टेन्डर निकालिएको उनले बताए। बिक्री भएको रकमको आधा हिस्सा साझेदारी र आधा रकम लुम्बिनी प्रदेश सरकारलाई बुझाइने उनले बताए।
उठेको रकमबाट यसै क्षेत्रको वनको व्यवस्थापन, पुनरुत्पादन, साना विकास निर्माण लगायतका लगानी गरिने जैसवालले बताए। संकलन गरिएको गोलिया काठको छालाको भागलाई स्थानीयले आफैले निकालेर घरमा दाउराका रूपमा प्रयोग गर्न समेत दिइएको छ। यसबाट समेत स्थानीय उपभोक्ताले लाभान्वित भएका छन्।
मायादेवी साझेदारीले बुटवल नारायणगढ सडकबाट पाउने सट्टा भर्नाको ५७ हेक्टर क्षेत्रमा एक लाख बिरुवा रोपिनेछ। त्यसका लागि चार करोड ९५ लाख रकम सडक डिभिजन कार्यालयमार्फत पाइनेछ, जसको सम्झौतासमेत भइसकेको छ।
कटान भएका ब्लकका तारबार गर्ने तथा बिरुवा उत्पादन गर्ने, फायर लाइन कार्यसमेत भएको उनले बताए। अतिक्रमण रोक्न २० किलोमिटर टे«न्च खन्ने कामसमेत भएका उनले बताए। ‘हामीले वन व्यवस्थापनलाई विशेष ध्यान दिएका छौं,’ उनले भने।
वाणगंगा नगरपालिकाको पाँच लाख र साझेदारीको पाँच लाख गरी १० लाखमा पिपरा सबडिभिजन कार्यालयमा पोखरी निर्माण आपूर्ति समितिको सहयोगमा सात हजार क्युफिट काठ अट्ने सेड निर्माणसमेत गर्ने गरिएको उनले बताए। ‘हामीले चालु आर्थिक वर्ष उत्कृष्ट काम गरेका छौं, राष्ट्रिय पुरस्कार पाउनेमा समेत आशावादी छौं,’ उनले भने।
डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले मायादेवी साझेदारी वनले काठ उत्पादन, वन क्षेत्र अतिक्रमण हटाउने, वृक्षरोपणलगायत राम्रो काम गरेको बताए।
वाणगंगा नगरपालिका–१० र ११ तथा मायादेवी गाउँपालिका र शुद्धोदन गाउँपालिकालाई समेटर मायादेवी साझेदारी वन खडा गरिएको हो। एक हजार ८१९ दशमलव ९३ हेक्टर क्षेत्रफल रहेको साझेदारीमा २७ हजार ४४३ घरधुरी छन् ।