पूर्वीचितवनको खैरहनी नगरपालिका– १ स्थित नवोदय माविमा चेपाङ बालबालिका मात्र पढ्छन्। यही विद्यालयको तेस्रो तलाको एउटा हलमा फरक माहोल छ, जहाँ वैज्ञानिक ऊर्जा र प्रविधिले भरिएको हलमा भविष्यप्रति आशा र आत्मविश्वास झल्किरहेको देखिन्छ। यहाँ ‘सिलिपर्स टु स्याट’ नाम दिइएको यो भू–उपग्रह (स्याटलाइट) बनाउन इन्जिनियर खटिरहेका छन्। यस विद्यालयमा अध्ययनरत नौजना चेपाङ विद्यार्थीसहित १५ जनाको टोली विगत १४ महिनादेखि भू–उपग्रह बनाउन खटिएको हो।
अन्तरिक्ष प्रतिष्ठान नेपालको सहयोगमा भू–उपग्रह बनाउन लागिएको प्रतिष्ठानका प्रोजेक्ट म्यानेजर इन्जिनियर ऋषभ अधिकारीले जानकारी दिए। अहिले भू–उपग्रह निर्माणको अन्तिम चरणमा रहेको अधिकारीले बताए। ‘तालिमरत विद्यार्थी र हाम्रो इन्जिनियरहरूको टोली भू–उपग्रह निर्माणको अन्तिम चरणमा पुगेका छन्’, खुसी साट्दै अधिकारीले भने, ‘दुई महिनाभित्र अन्तरिक्षमा पठाउने तयारीका साथ लागेका छौं।’
उनका अनुसार चार चरणमा काम भइरहेको छ। त्यसमध्ये भू–उपग्रह निर्माणको स्पेस, ग्राउन्ड सेगमेड युजर (फोटो र टेडालाई सूचना दिने प्रणाली) निर्माण कार्य सकिएको छ। अब प्रक्षेपणको चरण मात्र बाँकी रहेको उनले बताए। यस महिनाभित्र अन्तरिक्ष वातावरण र लन्चर वातावरणको परीक्षण गरिने बताए।
भू–उपग्रह उडानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तर्राष्ट्रिय टेलिकम एजुकेसन युनियनबाट पनि अनुमति प्राप्त भइसकेको उनले बताए। ‘सिलिपर्स टु स्याट’ नाम दिइएको भू–उपग्रह चीनबाट अन्तरिक्षमा पठाइने छ। यो भू–उपग्रह चीनको रकेटबाट अन्तरिक्षमा पठाउने सहमति भएको छ’, उनले भने, ‘चीनको स्पेस एजेन्सीले परीक्षण गरेर यसलाई पठाइन्छ।’
इन्जिनियरको तर्फबाट गरिएका काम अहिलेसम्म सफल भएको उनको दाबी छ। रकेटबाट अन्तरिक्षमा साढे दुईदेखि आठ मिनेटमा पुग्ने अनुमान गरिएको छ। यसलाई पृथ्वीबाट देख्दा सूर्य समकालिक कक्ष घुम्दा एउटै स्थानमा दौडिने र एउटै समयमा देखिने उनले बताए।
अन्तरिक्ष प्रणाली प्रयोगशालामा चार समूह बनाएर १४ जनाको समूहले काम गरिएको छ। क्यामेरा जडान, डिजिपिटर (घटना भएपछि सूचना आदानप्रदान गर्ने) एडिसिएस (दिशा नियन्त्रण प्रणाली), भूकम्प पूर्व सूचना निर्धारण गर्ने प्रणाली बनाएर काम गरिएको इन्जिनियर कृति दाहालले बताइन्।
यसले अन्तरिक्षमा पुगेर पृथ्वीमा भूकम्पको पूर्वसूचना प्रदान गर्ने, फोटो खिच्ने, अन्तरिक्षमा भू–उपग्रह नियन्त्रण र सञ्चालन गर्ने र वायुमण्डलको वातावरणबारे जानाकारी दिनुका साथै बाढीपहिरोको पूर्वसूचना दिन सक्ने गरी बनाइएको उनले बताइन्। यस भू–उपग्रहले एक महिनाअघि नै भूकम्प आउन सक्ने सूचना दिने छ। उनको भनाइमा भू–उपग्रहमा भूकम्पसम्बन्धी पूर्वसूचना दिने प्रणाली जडान गरिएको सम्भवतः यो पहिलो हो। पृथ्वीबाट एमएचर फिक्वेन्सी युज गरेर टेक्स बेस काम गरिने छ।
यो भू–उपग्रह दुई किलोसम्मको छ। यसमा क्यामेरा, सूचना प्रणाली, विद्युत् ऊर्जा प्रणालीलगायतका चुम्बकीय क्षेत्रमा सूक्ष्म तरंग पैदा गर्ने यन्त्र जडान गरिएको छ। यसले ६ वर्षसम्म काम गर्नेछ। त्यसपछि वायुमण्डलमा घस्रिँदै अन्तरिक्षमै नष्ट हुने गरी भू–उपग्रह बनाइएको उनले बताइन्।
यो पृथ्वी र अन्तरिक्षको वातावरणलाई असर नपार्ने गरी बनाइएको छ। उनीहरू एकै प्रयासमा सफल भएका होइनन्। ‘एक समय खोजेजस्तो नतिजा आएन। राति बसेर छलफल गरेपछि फेरि अर्को प्रयासमा सफल हुन पुगेका थियौं’, दाहालले भनिन्।
भू–उपग्रह निर्माणको परीक्षण गर्ने इन्जिनियरसँग विशेष प्रविधि छ। त्यस प्रविधिमा छुट्टै परीक्षण गरेर अन्तरिक्षमा पठाउने भू–उपग्रहलाई विशेष स्थानमा राखेर बनाइन्छ। यसबाट चेपाङ विद्यार्थीले पनि सिकिरहेका छन्। उनीहरूले भारतको बेङलोरमा पुगेर समेत भू–उपग्रह बनाउन सिकेका थिए। यसरी इन्जिनियरसँग काम गर्न पाउँदा उनीहरू पनि खुसी देखिन्छन्। ‘१४ महिनाअघि ल्यापटप खोल्न पनि आउँदैनथ्यो। अहिले भू–उपग्रह बनाउन सक्ने भएको छु’, कक्षा ९ का विद्यार्थी रणसिंह चेपाङले भू–उपग्रह निर्माण गर्न आवश्यक यन्त्रहरूको जानाकारी दिँदै भने, ‘कसैले सहयोग गरेमा हामी पनि काम गर्न सक्ने रहेछौं।’ उनीहरू दिउँसो नियमित कक्षा लिइरहन्छन् र बिहान–बेलुका भू–उपग्रह बनाउन जुट्छन्।
अधिकारीले चीन र जर्मनमा गएर भू–उपग्रह बनाउन सिकेका थिए। त्यहाँ सिकेको ज्ञान चेपाङ बालबालिकालाई सिकाउन पाउँदा आफूलाई खुसी लागेको समेत उनले बताए। अन्तरिक्ष प्रतिष्ठान नेपालले भू–उपग्रह निर्माणका लागि थुप्रै विद्यालय रोजेको थियो, तर अन्य विद्यालयभन्दा उपयुक्त र विद्यार्थीको क्षमताका आधारमा नवोदय मावि छनोट गरेको नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष गोविन्दराम चेपाङले बताए। यहाँबाट चेपाङका केही विद्यार्थीले विश्वविद्यालयमा पाउने शिक्षा पाएको उनले बताए। यहाँ निर्माण कार्यमा संलग्न दुईजना विद्यार्थी चीन जाँदैछन्।
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।
प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।
कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।
यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।
यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।
यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।
पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।
गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।
अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।
प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।
उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...