पानीको माग गर्दै तालेश्वर महादेवको मन्दिरमा पूजापाठ
०३ असार २०८२
•
२ मिनेट पाठ
पानीको माग गर्दै तालेश्वर महादेवको मन्दिरमा पूजापाठ
पानीको माग गर्दै तौलिहवा स्थित ताम्रेश्वर महादेवको मन्दिरमा दूध र जल अर्पण गर्दै थारु महिलाहरु । तस्बिर: किरणमान बज्राचार्य/नागरिक
जेठ सकेर असार महिना सुरु भई सक्दा पनि वर्षा नहुँदा धानको बीउ समेत छर्न नपाउँदा कृषकहरू चिन्तित बनेका छन् । आकाशमा कालो बादल मडारिन्छ, हल्का वर्षा मात्र हुन्छ । लामो समय देखि पर्याप्त वर्षा समेत भएको छैन । वर्षा नहुँदा धानको बीउ समेत छर्न नपाएर चिन्तित बनेको यहाँका कृषकहरू पानीको माग गर्दै तौलिहवा स्थित तालेश्वर महादेवको मन्दिरमा पूजापाठ गरेका छन् । पम्पीङ सेट, माटर बाट सिचाई गरी धानको बीउ छरे पनि चर्को घामले गर्दा ब्याड समेत डढेको छ ।




धान रोप्ने समयमा बीउ समेत छर्न नपाएर आत्तिएका कृषकहरू पानीको पुकार गर्दै सो मन्दिरमा पुगेका हुन। साे मन्दिरमा दिनहुँ जसो जिल्लाका विभिन्न स्थानबाट हजार बढी भक्तजनहरु पानीको पुकार गर्दै आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार कसौधनले बताए । ‘प्रायजसो सोमबारका दिन भीड लाग्ने मन्दिरमा अहिले भने पानीको माग गर्दै दैनिक हजार बढी भक्तजनहरु आइरहेका छन्।’ जेठ बितिसक्दा पनि पानी नपरे पछि विशेष गरेर जिल्लाको उत्तरी भेगमा पर्ने आधा दर्जन गाउँका थारु महिलाहरु मन्दिरमा आउने गरेका छन् ।

वर्षाको कामनाका लागि सोमबार गाउँका ३  सय बढी महिलाहरूसँग मन्दिरमा पुगेकी बुद्धुभमी नगरपालिका– २   बक्डरीया गाउँ की एनिया थारुले मन्दिरमा एक लिटर दूध चढाएर पूजापाठ गरेको बताईन । ‘जेठ बित्दा समेत पानी परेन, बीउ समेत छर्न पाइएन, त्यसैले शिवको शरणमा पुगेका हौ,’ उनले भनिन ‘शिवजीले हाम्रो कामना अवश्य सुन्नु हुन्छ, केही दिन मै वर्षा हुन्छ । ’ यस्तै २० किलोमिटर यात्रा तय गएर शनिवार मन्दिर पुगेकी बाणगंगा नगरपालिका– ३ गंगालीया  गाउँकी सूजना थारुले आफूहरूको पुकार सुनेर भगवान शंकर पानी पार्ने विश्वास व्यक्त गरिन । ‘पानी नपर्दा यसरी नै पुस्तौँ देखि शिवको शरणमा पूजापाठ गर्ने परम्परा रहेका बताउँदै उनले अबको एक हप्ता भित्रै शिवले वर्षा गराएर आफूरुको कामना पुरा गर्ने बताईन ।

जिल्लाको कुल खेतीयोग्य जमिन मध्ये ७१ हजार हेक्टरमा धान खेती गरिने भए पनि २० प्रतिशतको हाराहारीमा मात्र सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रे जनाएको छ । लामो समयको खडेरीले नदीनाला, पाखेरी, कुलो ,नहरमा पानी सुकेकोले समेत कृषकहरु थप मर्कामा परेका छन् । गत बर्ष जेठ अन्तिमबाट रोपाई सुरु भएको थियो तर यस बर्ष कृषहरूले छिटपुट बाहेक बीउ समेत छर्न पाएका छैनन् । उता जिल्लाको विभिन्न स्थानमा रहेका शिवमन्दिरहरुमा पानीको माग गर्दै अखण्ड कीर्तन समेत सुरु गरिएको छ । गाउँ गाउँमा भक्तजनहरु जम्मा भई पानीको माग गदै भजन, कीर्तन, पूजापाठ गर्ने गरेका छन् । पूजापाठ, कीर्तनले समेत पानी नपरे जिल्लामा भ्यागुताको विवाह गराउने, महिलालाई हलो जोत्न लगाउने, जन प्रतिनिधि र गाउँका ठुलो बडालाई बाँधेर नुहाई दिने समेत चलन छ ।
अर्को समाचार
पानीको पुकार गर्दै कृषकहरु शिवको शरणमा
०२ असार २०८०
•
३ मिनेट पाठ
पानीको पुकार गर्दै कृषकहरु शिवको शरणमा
पानीको माग गर्दै तौलिहवा स्थित ताम्रेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्दै थारु महिलाहरु। तस्बिर: किरणमान बज्राचार्य/नागरिक
लामो खडेरीका कारण यहाँका किसान चिन्तित बनेका छन्। असार सुरु भइसक्दा पनि वर्षा नहुँदा धानको बीउ समेत छर्न नपाएर चिन्तित बनेका यहाँका कृषकहरुले पानीको माग गर्दै तौलिहवा स्थित तालेश्वर महादेवको मन्दिरमा पूजापाठ सुरु गरेका छन्।




पम्पीङ सेटबाट सिचाई गरी धानको बीउ छरे पनि चर्को घामले गर्दा ब्याड समेत डढेको छ। धान रोप्ने समयमा बीउ समेत छर्न नपाएर आत्तिएका कृषकहरु पानीको पुकार गर्दै सो मन्दिरमा पुगेका हुन्। सो मन्दिरमा दिनहुँ जसो जिल्लाका विभिन्न स्थानबाट हजार बढी भक्तजनहरु पानीको पुकार गर्दै आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार कसौधनले बताए।

‘प्रायः जसो सोमबारका दिन भीड लाग्ने मन्दिरमा अहिले भने पानीको माग गर्दै दैनिक हजार बढी भक्तजनहरु आइरहेका छन्।’
जेठ बितिसक्दा पनि पानी नपरे पछि विशेष गरेर जिल्लाको उत्तरी भेगमा पर्ने आधा दर्जन गाउँका थारु महिलाहरु मन्दिरमा आउने गरेका छन्। ट्याक्टर बस, साइकल मा चढेर कोपवा, हथौसा, बुढ्ढी, गजेहडा, मार्मा बक्डरीया तिलौराकोट, निग्लिहवा लगायत गाविस महिलाहरु मन्दिरमा पूजापाठका लागि आउने गरेका छन्।

शिवको प्यारो महिना साउनमा भक्तजनहरुको लाग्ने भीड मन्दिरमा अहिले नै देखिएको छ। मन्दिरका पुजारी दुर्गेश गोस्वामीले एक साता यता पानीको माग गर्दै विशेषतः थारु महिलाहरु मन्दिरमा आउने गरेको बताए। थारु महिलाहरुले विशेषतः मन्दिर भित्र रहेको शिवलिङमा जल र गाईको दूध चढाएर पूजापाठ गर्ने गरेका छन्।

वर्षाको कामनाका लागि शनिवार गाउँका २ सय ४० बढी महिलाहरुसंग मन्दिरमा पुगेकी बुद्धुभमी नगरपालिका– २  बक्डरीया गाउँकी सुजना थारुले मन्दिरमा एक लिटर दूध चढाएर पूजापाठ गरेको बताईन।

‘जेठ बित्दा समेत पानी परेन, बीउ समेत छर्न पाइएन, त्यसैले शिवको शरणमा पुगेका हौ,’ उनले भनिन ‘शिवजीले हाम्रो कामना अवश्य सुन्नु हुन्छ, केही दिन मै वर्षा हुन्छ।’
यस्तै २० किलोमिटर यात्रा तय गएर शनिवार मन्दिर पुगेकी बाणगंगा नगरपालिका– ३ गंगालीया गाउँकी मुरिया थारुले आफुहरुको पुकार सुनेर भगवान् शंकरले पानी पार्ने विश्वास व्यक्त गरिन।

पानी नपर्दा यसरी नै पुस्तौँ देखि शिवको शरणमा पूजापाठ गर्ने परम्परा रहेका बताउँदै उनले अबको एक हप्ता भित्रै शिवले वर्षा गराएर आफूरुको कामना पुरा गर्ने बताईन। पानी नपर्दा मुठी छरेर मानो फलाउने आश लिएर बसेका कृषकहरु चिन्तित बनेका छन्।

जिल्लाको कुल खेतीयोग्य जमिन मध्ये ७२ हजार हेक्टरमा धान खेती गरिने भए पनि २० प्रतिशतको हाराहारीमा मात्र सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रे जनाएको छ। लामो समयको खडेरीले नदीनाला, पाखेरी, कुलो, नहरमा पानी सुकेकोले समेत कृषकहरु थप मर्कामा परेका छन्।

गत वर्ष जेठ अन्तिमबाट रोपाई सुरु भएको थियो तर यस वर्ष कृषहरुले छिटफुट बाहेक बीउ समेत छर्न पाएका छैनन्। उता जिल्लाको विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा पानीको माग गर्दै अखण्ड कीर्तन समेत सुरु गरिएको छ।

गाउँ गाउँमा भक्तजनहरु जम्मा भई पानीको माग गदै भजन, कीर्तन, पूजापाठ गर्ने गरेका छन्। पूजापाठ, कीर्तनले समेत पानी नपरे जिल्लामा भ्यागुताको विवाह गराउने, महिलालाई हलो जोत्न लगाउने, जन प्रतिनिधि र गाउँका ठुलो बडालाई बाँधेर नुहाई दिने समेत चलन छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस