ठुला जहाज दुर्घटनामा जो एक्लै बचे
३० जेष्ठ २०८२
•
३ मिनेट पाठ
ठुला जहाज दुर्घटनामा जो एक्लै बचे
बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा २४१ को मृत्यु हुँदा एक जना मात्र बाँच्न सफल भए। यो कसरी भयो र यस्तो घटना पहिला पनि भएको थियो कि थिएन भन्ने विषयमा सामाजिक सञ्जालमा निकै चासो देखिएको छ।  




एक स्वास्थ्यकर्मीले विश्वासकुमार रमेश विमानबाट फ्याँकिएका र सहायताका लागि नजिकैको एम्बुलेन्ससम्म पुगेको बताएका छन्। रमेशको उपचार गर्ने डा. धवल गामेतीले एसोसिएटेड प्रेस (एपी)लाई बताएअनुसार शरीरभरि धेरै चोटपटकका कारण रमेश सन्तुलनमा थिएनन् तर उनी खतराबाट बाहिर थिए।

सामाजिक सञ्जालका प्रयोगकर्ताले यो भयानक दुर्घटनामा एक जना मात्र बाँचेको घटनालाई ‘अवास्तविक, उल्लेखनीय, ईश्वरीय हस्तक्षेप र चमत्कार’ भनेर टिप्पणी गरिरहेका छन्।

भारतीय समाचार च्यानलहरूले प्रसारण गरेको भिडियोमा रगतले लतपतिएका रमेश दुर्घटना स्थलबाट हिँडिरहेको र मानिसहरू उनको पछि दौडिरहेको देखिएको थियो।

अस्पतालमा आफ्नो बोर्डिङ पाससहित पुगेका रमेशले स्थानीय अखबार हिन्दुस्तान टाइम्सलाई ‘आफूले दुर्घटनास्थल वरिपरि शव र विमानका टुक्राहरू छरिएका देखेको’ बताएका छन्।

‘जब म उठेँ, मेरो वरिपरि शवहरू थिए। म डराएँ। म उठेँ र दौडिएँ,’ उनले अखबारलाई बताए।  

त्यसो त, एयर इन्डिया दुर्घटनामा मात्र होइन हालैका दशकहरूमा अन्य विमान दुर्घटनामा पनि एक मात्र जीवित रहेको कैयन उदाहरण छन्।

सेसेलिया सिचान भनेर चिनिने सेसिलिया क्रोकर सन् १९८७ को नर्थवेस्ट एयरलाइन्सको दुर्घटनाकी एक मात्र जीवित यात्रु थिइन्। उक्त एयरलाइन्स डेट्रोइटको रोमुलस उपनगरमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा उनका आमाबुबा र भाइसहित १५४ जनाको मृत्यु भएको थियो। जमिनमा पनि दुई जनाको मृत्यु भएको थियो।

सिचानले २०१३ को वृत्तचित्रमा आफूले दुर्घटनाबारे हरेक दिन सोच्ने गरेको र आफ्ना पाखुरा, खुट्टा र निधारमा दागहरू रहेको बताएकी थिइन्। उनले आफ्नो नाडीमा एउटा विमानको ट्याटु पनि बनाएकी थिइन्।

'मैले यो ट्याटु म कहाँबाट आएको हुँ भनेर सम्झाउनका लागि बनाएको हुँ। मेरो शरीरमा धेरै दागहरू मेरो इच्छाविरुद्ध थिए, त्यसैले आफ्नै इच्छामा मेरो शरीरमा यो टाटु राख्ने निर्णय गरेँ,’ उनले डकुमेन्टरीमा भनेकी छिन्।

कम्तीमा तीन अन्य व्यत्ति विमान दुर्घटनाका एकल जीवित व्यक्ति रहेका छन्।  

सन् १९८५ मा अमेरिकाको ग्यालेक्सी एयरलाइन्सको दुर्घटनामा १७ वर्षीय जर्ज ल्यामसन जुनियर एक जीवित यात्रु थिए। सो विमान रेनोमा दुर्घटनाग्रस्त भएको थियो।  

ल्यामसनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा गरेको एक पोस्टमा एयर इन्डियाको विमान दुर्घटना आफू निकै दुखी भएको र एक जना मात्र जीवित रहेको खबरले आफूलाई निकै भावुक बनाएको बताए।

‘यस्ता क्षणहरूको वर्णन गर्न हामीसँग कुनै सही शब्दहरू छैनन्, यी घटनाहरूले केवल हेडलाइन मात्र बनाउँदैनन्। तिनीहरूले समान अनुभव गरेकाहरूको जीवनमा पनि प्रतिध्वनित हुन्छन्।’

यसैगरी, बहिया बाकारी (त्यसबेला १२ वर्ष) सन् २००९ मा कोमोरो टापु नजिकै येमेनिया एयरवेजको दुर्घटनामा बाँच्न सफल एक मात्र यात्रु थिइन्।  

सन् २००६ मा लेक्सिंगटन, केन्टकीमा कोमेयर उडान दुर्घटनाग्रस्त भएको थियो। उक्त घटनामा सह–पाइलट जिम पोलहिन्क एक मात्र जीवित व्यक्ति थिए। 

यस्तै २०२४ जुलाई २३ (९ साउन २०८१) मा सौर्य एअरलाइन्सको एउटा विमान सोही दिन बिहान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परि आगो लागेको थियो। विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो। सो दुर्घटनामा एक जना मात्र बाँच्न सफल भएका थिए। उक्त विमानका क्याप्टेन मनीषरत्न शाक्यलाई जीवितै उद्धार गरिएको थियो।

विमानमा चालक दलका दुई सदस्य र सौर्य एअरलाइन्सका कर्मचारीहरू चढेका थिए।

(एपी न्यूजकाे सहयाेगमा)
अर्को समाचार
गुजरातबाट लन्डनका लागि उडेको जहाज दुर्घटना
२९ जेष्ठ २०८२
•
१ मिनेट पाठ
गुजरातबाट लन्डनका लागि उडेको जहाज दुर्घटना
भारतको गुजरातमा हवाई जहाज दुर्घटनामा परेको छ। लन्डनका लागि उडान भरेको एयर इन्डियाको जहाज गुजरातको अहमदाबाद विमानस्थलबाट उडेको केही बेरमै मेघानीनगरमा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विमानस्थलबाट मेघानीनगरको दूरी १५ किलोमिटर रहेको बताइएको छ।




दुर्घटनाबाट भएको क्षतिको विवरण अझैँ आइसकेको छैन। घटनाको प्रतिकार्य काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।  
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस