अमलाचौरको घर-घरमा धारा
२९ जेष्ठ २०८२
•
४ मिनेट पाठ
अमलाचौरको घर-घरमा धारा
बागलुङ नगरपालिका—१२ अमलाचौरका नागरिकको खानेपानी समस्या समाधानका लागि तीन वटा आयोजना सञ्चालन भएका छन् । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका त्यहाँका नागरिकको समस्या समाधानका लागि गहिरीजोत्ने रुम्टा पम्पीङ खानेपानी आयोजना, खोल्सीधारा धौलेचौर पम्पीङ कहेपानी आयोजना र करुजेपानी कुढहर लिप्टीङ खानेपानी आयोजना ढकालथर मार्फत पानी खुवाउने कार्य अन्तिम चरणमा पुगेको छ ।




करुजेपानी कुढहर लिप्टीङ खानेपानी आयोजना गत आर्थिक वर्षमा सुरुवात भएर अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । ‘यहाँको २३ घरपरिवारलाई एक घर एक धाराको पानी पु¥याउने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङ मार्फत गत आर्थिक वर्ष २०८०/०८१ बाट काम सुरु भएको हो । गत वर्ष २० लाख र यो वर्ष २० लाखको काम सम्पन्न गरेका छौँ,’ उनले भने,‘बस्तीभन्दा तल रहेको खानेपानीको मुहानबाट बस्ती माथिको ट्याङ्कमा पानी तानेर उपलब्ध गराउने गरी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।’

अहिलेसम्म बस्ती माथि पानी संकलन ट्याङ्की निर्माण, पानी तान्नका लागि प्रयोग हुने मोटर राख्ने भवन निर्माण भैसकेको उनले बताए । ‘हामीले धेरै जसो काम पूरा गरेका छौँ, अझ १५ लाख रुपैयाँ जति भयो भने यो योजना सम्पन्न हुने देखिएको छ,’उनी भन्छन्,‘जिआई पाइप बिछ्याउने काम पनि भएको छ । अहिले बस्तीमा तल रहेको पानी तीन सय मिटर माथि तानेर पानी खुवाउने हो ।’ घण्टौँ समय खर्चेर गाग्रीमा पानी बोकेर उपभोग गर्नुपर्ने समस्या यो योजनाले हटाउने अध्यक्ष ढकाल बताउँछन् ।

‘खानेपानी नै नभएको होइन मुहान छ, तर बस्तीको तल्लो क्षेत्रमा भएकाले गाग्रीमा बोकेर पानी प्रयोग गर्नुपर्थ्यो, अब घर घरमा धाराबाटै पानी उपयोग गर्ने वातावरण बन्दै छ,’उनले भने । यसै आर्थिक वर्षबाट सुरु भएको  खोल्सीधारा धौलेचौर पम्पीङ कहेपानी आयोजनामा यो वर्ष १० लाख रुपैयाँको काम भएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीदेवी शर्माले बताइन् ।

‘यो वर्ष १० लाखको काम भएको छ, खानेपानीको ट्याङ्की निर्माण गरेका छौँ, दुई वटा ट्याङ्की बनेको छ एउटा संघबाट र अर्को प्रदेश सरकारबाट गरेर,’उनले भनिन्,‘पानी तान्नका लागि पाइपलाइन निर्माण गर्न बाँकी छ, मोटर राख्ने भवन निर्माण गर्न पनि बाँकी छन् ।’ यो पटक बजेट कम भएका कारण सबै काम पूरा नभएको उनले बताइन् ।

‘स्वास्थ्य चौकी र झण्डै ३० घरपरिवारलाई पानी पु¥याउने योजना हो,’ उनले भनिन्,‘यो पालीको बजेट सकियो काम गरेर अब बाँकी काम अर्को वर्ष त होला ?’ गहिरीजोत्ने रुम्टा पम्पीङ खानेपानी आयोजना यो आर्थिक वर्षमा सम्पन्न भएर त्यहाँका नागरिकले खानेपानी उपभोग गर्न थालिसकेका छन् । यहाँ पनि बस्ती भन्दा तर रहेको पानीलाई बस्ती माथिको ट्याङ्कीमा पु¥याएर १६ घरधुरी परिवारलाई एक घर एक धारा अन्तर्गत पानी वितरण गरिएको छ ।

खानेपानी तथा सरसफाइ डिजीभन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीका अनुसार गत आर्थिक वर्षबाट सुरु भएको गहिरीजोत्ने रुम्टा पम्पीङ खानेपानी आयोजना करिब ४५ लाखमा निर्माण सम्पन्न भएको हो । ‘त्यहाँ नागरिकले खानेपानी योजना सम्पन्न भएर पानी एक घर एक धारा अन्तर्गत उपभोग गर्न थालिसक्नुभएको छ,’उनले भने,‘दुई आर्थिक वर्षको झण्डै ४५ लाख खर्च भएको छ । छिटो छिटो गरी यहाँको योजना सम्पन्न भएको छ ।’

करुजेपानी र धौलेचौरमा पनि यो आर्थिक वर्षमा अस्थायी रुपमा माथिल्लो ट्याङ्कीमा पानी खसाल्ने र अर्को वर्षबाट व्यवस्थित पानी वितरण गर्ने गरी कार्यालय लागिरहेको उनले बताए । ‘अमलाचौरमा सञ्चालित तीन वटा योजनामध्ये एउटा त काम सम्पन्न भएर नागरिकले सहज पानी उपभोग सुरु गरिसक्नुभयो,’अधिकारीले भने,‘अर्को दुईवटा करुजेपानी र धौलेचौरको योजनामा पनि अस्थायी रुपमै भए पनि असार भित्र माथिल्लो ट्याङ्कीमा पानी खसालेर पुरानै तवरबाट पानी खुवाउने र आगामी आर्थिक वर्ष व्यवस्थित एक घर एक धारा अन्तर्गत घर घरमा पानी वितरण हुन्छ ।’

यी तीन वटै योजनामा बस्तीभन्दा तल रहेको पानीलाई बस्ती माथि तानेर वितरण गर्ने गरी योजना सञ्चालन भएको उनी बताउँछन् । विगतमा खानेपानीका आयोजनाहरू रुग्न हुँदासम्म पनि सम्पन्न नहुने समस्या थिए । पछिल्लो समय भने साना साना योजनाहरू छिटो छिटो सम्पन्न हुन थालेका छन् । पछिल्ला समयमा दुई तीन आर्थिक वर्ष भित्रै योजना सम्पन्न गर्ने गरी योजनाहरू बनाउन थालिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख सिनियर डिभिजन इन्जिनियर किरण पौडेल बताउँछन् ।

‘विगतमा ठूलो योजना बनाउने त्यसमा पाँच लाख १० लाख मात्र एक आर्थिक वर्षमा बजेट पर्दा योजना पूरा नहुँदै रग्न बन्ने अवस्था थियो,’उनी भन्छन्,‘अहिले ठ्याक्कै आवश्यक भएको ठाउँलाई ध्यानमा राखेर साना योजना बनाउने बरु सकेसम्म एक दुई आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी सञ्चालन गर्न थालिएको छ ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट गत आर्थिक वर्षसम्म १४ हजार ८ सय ४१ घरमा एक घर एक धारा अन्तर्गत खानेपानी पुगेको छ भने यो आर्थिक वर्षमा मात्रै दुई हजार बढी घरमा खानेपानी पु¥याउने लक्ष्य छ । बागलुङका ९८ प्रतिशत नागरिकले पाइपबाट आएको धाराको पानी उपभोग गर्ने गरेको बताइएको छ । 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस