विश्वमा अझैपनि १३ करोड ८० लाख बाल श्रमिक
२९ जेष्ठ २०८२
•
४ मिनेट पाठ
विश्वमा अझैपनि १३ करोड ८० लाख बाल श्रमिक
फाइल तस्बिर
विश्वमा अझैपनि १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको युनिसेफ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जनाएका छन् । यी दुवै संस्थाले बुधवार जारी गरेको संयुक्त प्रतिवेदनका अनुसार गत बर्ष अर्थात सन् २०२४ मा विश्वमा यति धेरै सँख्यामा बाल श्रमिक रहेको देखिएको हो ।




बालश्रममा संलग्न कुल सँख्या मध्ये करिब ५ करोड ४० लाख बालबालिका खतरनाक काममा संलग्न रहेका र यसले उनीहरूको  स्वास्थ्य, सुरक्षा वा विकासलाई जोखिममा पारेको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्ला तथ्यांकले  २०२० देखि यता बाल श्रमिकको सँख्यामा  २ करोड २० लाख कमी आएको र र यसले २०१६ देखि २०२० को बिचमा देखिएको चिन्ताजनक वृद्धिलाई सल्टाएको देखिन्छ । त्यसो हुँदाहुँदै पनि,  २०२५ सम्ममा बालश्रम उन्मूलन गर्ने लक्ष्य हासिल गर्न विश्व असफल रहेको छ ।

हरेक बर्ष जून १२ मनाइने बाल श्रम विरुद्धका अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा जारी गरिएको ‘बाल श्रम: विश्वव्यापी अनुमान , यसको प्रवृत्ति र आगामी बाटो–२०२४’ नामक उक्त प्रतिवेदनमा ‘लाखौँ बालबालिका अझै पनि सिक्ने, खेल्ने र  बच्चाको रूपमा बाँच्ने आफ्नो अधिकारबाट वञ्चित’ रहेको उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बर्ट एफ. हुङग्बोले बाल श्रम उन्मूलन गर्ने लक्ष्य हासिल गर्न ‘अझै लामो बाटो तय गर्न बाँकी’ रहेको बताएका छन् ।

‘बालबालिका काममा होइन, विद्यालयमा हुनुपर्छ । अभिभावकहरूलाई पनि सहयोग र समर्थन हुनुपर्छ र उनीहरूको जागिरमा  पहुँच हुनुपर्छ, त्यसो हुन सकेमा मात्रा उनीहरूले बालबालिकाहरूलाई बजारमा सामान बेच्ने वा परिवारको सहयोगका लागि खेतबारीमा पठाउने नभै उनीहरुलाई  कक्षाकोठामा पठाउन सक्छन्,’ उनले भनेका छन् । 
तथ्याङ्क अनुसार, विश्वका कुल वाल श्रमिक मध्ये, सबैभन्दा बढी सँख्या कृषि बाल श्रमिकको (६१ प्रतिशत)  छ । त्यसपछि दोस्रोमा घरेलु काम र बजारमा सामान बेच्ने वाल श्रमिकको सँख्या(२७ प्रतिशत) छ भने तेस्रोमा खानी,उत्पादनजन्य उद्योग लगायत अन्य उद्योगमा कार्यरत बाल श्रमिकको संख्या(१३ प्रतिशत) छ । 

प्रतिवेदनका अनुसार २०२० यता एसिया र प्रशान्त क्षेत्रमा सबैभन्दा राम्रो प्रगति भएको छ । यो क्षेत्रमा बाल श्रम दर ५.६ प्रतिशतबाट ३.१ प्रतिशतमा झरेको छ । सङ्ख्याको हिसाबमा यो क्षेत्रमा ४ करोड ९० लाखबाट यो २ करोड ८० लाखमा झरेको हो । यसै गरी, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रले बालश्रममा ८ प्रतिशत सापेक्षिक कमी र कुल संख्यामा ११ प्रतिशत कमी हासिल गरेको प्रतिवेदनले उल्लेख गरेको छ।

सब–सहारा अफ्रिकाले अझै पनि विश्वव्यापी बाल श्रमको लगभग दुई तिहाइ लिएको छ, जहाँ झण्डै ८ करोड ७० लाख बाल श्रमिक छन् । यो क्षेत्रमा बाल श्रमको उपस्थिति दर(प्रिभालेन्स) २३.९ बाट २१.५ प्रतिशतमा झरे पनि जनसंख्या वृद्धिको पृष्ठभूमिमा कुल संख्या स्थिर रहेको छ।

‘विश्वले बाल श्रममा धकेलिएका बालबालिकाको संख्या घटाउन महत्त्वपूर्ण प्रगति गरेको छ। तर अझै पनि धेरै बालबालिका बाच्नका लागि  खानी, कलकारखाना वा खेतबारीमा काम गरिरहेका छन्,’ युनिसेफकी कार्यकारी निर्देशक क्याथरीन रसेलले भनेकि छिन् ।

‘कानूनी सुरक्षा, विस्तारित सामाजिक संरक्षण, निःशुल्क, गुणस्तरीय शिक्षामा लगानी, र वयस्कहरूका लागि राम्रो कामको पहुँच सुनिश्चित गरेर  बाल श्रम अन्त्य गर्न सम्भव छ,’ उनको भनाई छ ।

शिक्षा, सामाजिक संरक्षण र जीविकोपार्जनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगमा कमी  आएको खण्डमा यसले यसअघि जोखिममा रहेका परिवारलाई झन सङ्कटतर्फ धकेल्ने प्रतिवेदनको ठहर छ ।

यसैबिच, बाल श्रमिकको तथ्याङ्क सङ्कलनमा कमी आउँदा बाल श्रमिकको अवस्थाको  निगरानी गर्न र  समाधान गर्न झन् गाह्रो हुने प्रतिवेदनमा भनिएको छ ।

‘बाल श्रमले बालबालिकाको शिक्षामा सम्झौता गर्छ, उनीहरूको अधिकार र भविष्यका अवसरहरूलाई सीमित गर्छ, र उनीहरूलाई शारीरिक र मानसिक हानिको जोखिममा पार्छ, प्रतिवेदनमा भनिएको छ, ‘यो गरिबी र गुणस्तरीय शिक्षाको पहुँचमा कमीको परिणाम पनि हो। यसले परिवारहरूलाई आफ्ना बालबालिकालाई काममा पठाउन बाध्य पार्छ र अन्ततः सामाजिक वञ्चितीकरणाको चक्रलाई निरन्तरता दिन्छ । ’

सन् २००० देखि, विश्वमा बाल श्रम लगभग आधा घटेको छ । यो कुल २४ करोड ६० लाखबाट १३ करोड ८० लाखमा झरेको छ । विश्वले सन् २०२५ भित्रै बालश्रमको विश्वव्यापी उन्मूलन गर्ने लक्ष्य राखेकोमा यो हासिल गर्ने दिशामा प्रयासहरू सुस्त रहेको प्रतिवेदनको ठहर छ ।
‘आगामी पाँच वर्षभित्र यसलाई अन्त्य गर्ने हो भने प्रगतिको वर्तमान दरलाई  ११ गुणाले बढाउनुपर्ने हुन्छ’ प्रतिवेदनमा भनिएको छ ।

दुवै संयुक्त राष्ट्र संघीय निकायले यो  प्रगतिलाई गति दिन सामाजिक सुरक्षा प्रणालीमा थप लगानी गर्नुपर्ने, बाल संरक्षण प्रणाली सशक्त पार्नुपर्ने, गुणस्तरीय शिक्षामा विश्वव्यापी पहुँच विस्तार गर्नुपर्ने, शोषण अन्त गर्न कानुनी तथा व्यवसायिक जबाफदेहिता लागु गर्नुपर्ने  तथा वयस्क र युवाका लागि  कामको अवसर सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन् । 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस