२०६२ जेठ २३ गते बिहान ७ः४० को समय। माडी नगरपालिका–७ कृतनपुरका राधेश्याम भण्डारी १७ वर्षीया छोरीलाई उपचार गर्न भरतपुर निस्किए। माडीको बगईबाट छुटेको ना १ ख ३२४५ नम्बरको बस पाँच मिनेटमै बाँदरमुढे खोलामा पुग्दा एक्कासि ठुलो आवाज आयो। बसको छतमाथि बसेका भण्डारी हुत्तिएर खोलाकिनारमा बजारिए। तत्कालीन विद्रोही नेकपा माओवादीले गराएको विद्युतीय धराप बम विस्फोटमा परी गम्भीर घाइते भए।
बाँदरमुढेमा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनामा घाइते भएका ७२ मध्ये चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो। भण्डारीलाई तत्काल नजिकैको बघौडा अस्पतालमा लगिएको थियो। तीन दिन उपचार गराएर उनी घर फर्किए तर छोरी भने उनको साथमा थिइनन्। उनकी छोरीको घटनास्थलमै मृत्यु भएको थियो। विगतको दिन सम्झँदैे भण्डारी भन्छन्, ‘छोरी बसभित्र थिइन्, म छतमा थिएँ। बमले हुत्तिएर भुइँमा बजारिँदा त्यहाँको दृश्य हृदयविदारक थियो। मैले त्यहाँको अवस्था थाहा पाए पनि शरीर हलचल नहुँदा केही गर्न सक्ने अवस्थामा थिइनँ। छोरीको शवसमेत देखिनँ।’
भण्डारीको बाहिरी चोट नभए पनि घुँडा र ढाडमा भित्री चोट लागेको थियो। त्यसकारण अहिले पनि उनले मासिक १० हजार बराबरको औषधि सेवन गर्दै आएको उनले बताए। ‘अहिले पनि शरीर दुखिरहन्छ। मासिक औषधि नखाने हो भने बस्न सकिँदैन,’ विगतका कुरा गर्दै उनले भने, ‘सरकारले तत्कालीन अवस्थामा उपचारसमेत गरिदिएन अहिले त के दिन्थ्यो र ?’ राधेश्यामका परिवारमा एक छोरा, बुहारी, नातिनातिना छन्। ६५ वर्षीय भण्डारीको मुख्य पेसा कृषि हो।
घटना गराउने नेकपा (माओवादी) युद्धपछि शान्तिप्रक्रियामा सामेल हुँदै मुलधारको राजनीतिमा आइसकेको छ। माओवादी विभिन्न दलमा विभाजित हुँदै र जोडिँदै अहिले नेकपा माओवादी केन्द्र बनेको छ। तर २० वर्ष बितिसक्दा समेत उक्त घटनाबारे सत्यतथ्य छानबिन भई दोषीले सजाय पाएका छैनन्। ‘हामीले न्याय त पाउने कुरै भएन। विगतमा हामीसँग भएका सम्झौताहरू त्यत्तिकै छन्,’ भण्डारी भन्छन्, ‘अहिलेसम्म द्वन्द्वपीडितमा समेत हाम्रो नाम समेटिएको छैन।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत निर्वाचनको समयमा बाँदरमुढे घटनालाई ‘जनयुद्ध’मा भएको सबैभन्दा ठुलो गल्तीका रूपमा स्वीकार गर्दै बाँदरमुढेका जनतासँग माफी मागेका थिए। उनले घटनास्थलमा बनाइएको स्मारकमै पुगी आफ्नो सरकार बनेलगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुने गरी सम्बोधन गर्ने घोषणा गरे। उनले केही पीडितसँग २०७४ मंसिर १७ गते तीनबुँदे सहमति पनि गरे।
न्याय र पीडितलाई परिपूरण दिने कुरा लिखित प्रतिबद्धतामै उल्लेख भएका छन्। त्यसयता उनी पटकपटक प्रधानमन्त्री भए पनि बाँदरमुढे पीडितको कथाव्यथा अझै उस्तै रहेको सो घटनाका घाइते कृष्णप्रसाद अधिकारी बताउँछन्।
सहिद मात्र नभई सो घटनाका दोषीलाई सजाय दिने र पीडित परिवारलाई न्याय दिने कुरा हालसम्म नभएको उनको भनाइ छ। दाहालले माडी पुगेर पीडितसँग मृतकमा आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार, नसक्नेलाई जीवनवृत्ति, बालबालिकाको पठनपाठनको व्यवस्था, घाइतेहरूको अवस्था हेरी औषधि उपचारको व्यवस्था, काम गर्न सक्नेलाई रोजगार, नसक्नेलाई जीवनवृत्ति गर्ने लिखित प्रतिबद्धता गरेका थिए।
यी दुई मागमा घटना घटेदेखि अहिलेसम्मको उपचार खर्च, मृतक तथा घाइते परिवारमा परेको आर्थिक क्षति एवं बालबालिकाको पठनपाठन खर्च परिपूरण गर्न पीडितका तर्फबाट तीन, नेकपा माओवादी केन्द्रका तर्फबाट तीन र मध्यस्तताका लागि माडी नगरपालिबाट एक जना प्रतिनिधि रहने गरी छानबिन समिति बनाउने विषय उल्लेख रहेका सहमति भएको थियो। यस सहमतिमा दाहालसहित पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरि न्युरे (सुदीप) ले हस्ताक्षर गरेका छन्।
घटना भएपछि ३५ जना पीडित जम्मा भएर तत्कालीन माओवादी केन्द्र चितवनका इन्चार्ज घनश्याम दाहालसहितका नेता–कार्यकर्तालाई प्रतिवादी बनाएर चितवन अदालतमा मुद्दा दायरसमेत गरेका थिए। त्यो मुद्दा अहिलेसम्म टुंगो लाग्न सकेको छैन। बसमा विस्फोट गराई सामूहिक हत्या गराउनेको पहिचान गरी कानुनी कारबाही र मृतक तथा घाइतेका परिवारलाई उचित राहतको व्यवस्था गर्नुपर्नेलगायत माग आफूहरूका रहेको उनले बताए।
सर्वसाधारण चढेको बसमा बम विस्फोट गराई हत्या गर्ने माओवादी कार्यकर्ता र आदेश दिने माओवादी नेतालाई समेत कारबाही माग गर्दै बाँदरमुढे पीडित संघर्ष समितिले ५७ वटा उजुरी दर्ता गराएका थिए। बम विस्फोटमा संलग्न भएको आरोप लागेका अनक मगर स्वयं नै शान्ति समितिमा सदस्य थिए। तत्कालीन जिल्ला इन्चार्ज दाहाल अघिल्लो पटक बागमती प्रदेशसभा सदस्य भएका थिए।
बिहान भिख्नाठोरीबाट छुटेको शालीग्राम ट्राभल्सको बसमा बगई गाउँ पुग्दासम्म करिब एक सय २० यात्रु चढिसकेका थिए। महिला, बच्चा र वृद्ध बसभित्र थिए भने करिब ५०–६० को हाराहारीमा यात्रु छतमा थिए। २१ वर्षीय विक्रम महतोले चलाएको उक्त बस भत्किएको बाँदरमुढे पुललाई एकापट्टि पारेर खोलाको सुक्खा तटमा ओर्लिनासाथ विद्युतीय धरापमा परेको थियो। गाडीको छतमा तीन जना बर्दीधारी सैनिक बसेका थिए, बाँकी सबै सर्वसाधारण रहेको बताइएको छ। हतियार बोकेकै भए पनि दोहोरो भिडन्तमा नरहेका व्यक्तिलाई हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको मानवअधिकारकर्मीहरूले बताउँदै आएका छन्।
घटनाको सम्झनामा शुक्रबार बाँदरमुढे खोलामा बनेको स्मारकमा घटनामा आफन्त गुमाएका र घाइते भएका माडीवासीले भेला भएर श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘पहिलो जस्तो काठमाण्डौंबाट मान्छे ल्याएर कार्यक्रम गरिएन। यहाँ केही मान्छे जम्मा भएर दिप र अगरबत्ती र फूल चढाएर मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्यौं,’ घटनाका घाइते कृष्ण अधिकारीले भने।
द्वन्द्वको समस्यालाई समाधान गर्न पटकपटक सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन भएका छन्। प्रत्येक आयोगमा घटनाको विवरण बुझाए पनि पीडितले न्याय पाउन नसकेको अधिकारीको भनाइ छ।