अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध ६ लाख ७० हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खोटाङमा निर्माणाधीन सडकको बिल भुक्तानी सहजीकरण गरिदिने प्रलोभनमा उनले पटक-पटक गरी उक्त रकम घुस लिएको अख्तियारको दाबी छ।
आयोगका अनुसार, इन्जिनियर यादवले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
आयोगले यादवलाई २०८२ जेठ १ गते सेवाग्राहीबाट ५ लाख ७० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।
अनुसन्धानका क्रममा यादवले सोही सडकको पाँचौं रनिङ बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया अघि बढाएबापत २०८१ चैत ८ गते १ लाख रुपैयाँ र छैटौं रनिङ बिल भुक्तानीका लागि २०८२ जेठ १ गते थप ५ लाख ७० हजार रुपैयाँ गरी जम्मा ६ लाख ७० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
अख्तियारले इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ६ लाख ७० हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।