सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् न्यूनीकरणका लागि सामुदायिक स्वयंसेवक र विपद् सूचक प्रभावकारी हुने बताएका छन्। स्वयंसेवक र सूचकहरूको सञ्जालमार्फत विपद्को अग्रिम जानकारी, परिचालन, उद्धार र राहत कार्य प्रभावकारी हुने उनको भनाइ छ।
स्विट्जरल्यान्डको जेनेभामा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी विश्वव्यापी मञ्चको आठौँ सत्रलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी दिए।
सामुदायिक स्वयंसेवक र सूचकमार्फत भौगोलिक र विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहजता ल्याउने भएकाले सशस्त्र प्रहरीले यसलाई प्राथमिकतामा राखेको उनले बताए। विभिन्न सञ्जाल र सामुदायिक साझेदारीले विपद्को पूर्वतयारी, व्यवस्थापन, उद्धार र राहतमा स्थानीय समुदाय र सुरक्षाकर्मीबीच समन्वय हुने भएकाले यो कार्य प्रभावकारी हुने उनको जोड छ। ‘अन्तरनिकाय समन्वय र तथ्यांक आदानप्रदान, युवा तथा समुदायलाई अग्रपङ्क्तिमा राखेर विपद्को सामना गर्न सकिन्छ,’ अर्यालले भने।
जलवायु परिवर्तनको संवेदनशीलतालाई ध्यानमा राखेर नेपालले सगरमाथा संवादमार्फत विश्वस्तरीय छलफलको थालनी गरेको उनले उल्लेख गरे। नेपाल प्राकृतिक विपद्को अग्रपङ्क्तिमा रहेकोले यस्ता चुनौती सामना गर्न र जोखिम न्यूनीकरणमा दृढ रहेको उनको भनाइ छ। विश्वभरका विपद्सम्बन्धी देशहरूको सहभागिता रहेको यो कार्यक्रममा अर्यालले एक्लो प्रयासले विपद् सामना गर्न नसकिने भएकाले विश्व समुदायको सामूहिक प्रयास र अन्तरनिकाय समन्वय आवश्यक रहेको बताए।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘डिजास्टर गभर्नेन्स’ राम्रो हुनुपर्ने र सेन्दाई फ्रेमवर्क, पेरिस सम्झौता र दिगो विकास लक्ष्यहरूको प्रतिबद्धता पूरा गर्न एकसाथ सक्रिय हुनुपर्ने उनले जोड दिए। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले अर्यालको भनाइ उद्धृत गर्दै नेपालको भूगोल समुद्री सतहबाट ५९ मिटरदेखि आठ हजार आठ सय ४८ मिटरको सगरमाथासम्म फैलिएकोले भूकम्प, बाढी, पहिरो, चट्याङजस्ता प्रकोपको सामना गरिरहेको बताए।
स्थानीय र विश्वव्यापी रणनीतिमा सँगै अघि बढ्न सकिने उनले उल्लेख गरे। नेपाली सुरक्षाकर्मीको विपद् व्यवस्थापनको अनुभव र कार्यकुशलता विश्वका अन्य राष्ट्रमा पनि उपयोगी हुने अर्यालको भनाइ छ। अन्तर्राष्ट्रिय सहकार्यको आह्वान गर्दै अर्यालले दिगो विकास लक्ष्यहरूको प्रतिबद्धता पूरा गर्न सबैले एकसाथ काम गर्नुपर्नेमा जोड दिए।