प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेश सरकारलाई ‘राइड शेयरिङ’ सम्बन्धी नियमावलीमा उल्लेखित प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न मंगलबार पत्राचार गरेको छ।
यातायात सम्बद्ध महासंघ र संघसंगठनले आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रमले जनजीवन असहज बनाएको भन्दै त्यसलाई सामान्यीकरण गर्न र बन्द फिर्ता लिने वातावरण बनाउन मन्त्रीस्तरीय निर्णयअनुसार उक्त अनुरोध गरिएको पत्रमा उल्लेख छ।
पत्रमा भनिएको छ, ‘संघीय कानुन तर्जुमाको क्रममा रहेकाले सो कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशका राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध भइ आएकोले उक्त निर्णय कार्यान्वयनको लागि पठाइएको छ।’
यो पत्र सोमबार राति सरकार र यातायात व्यवसायीबीच भएको ६ बुँदे सहमतिको कार्यान्वयन स्वरूप पठाइएको हो।
सहमतिको मुख्य बुँदा नै गण्डकी प्रदेश लगायत अन्य प्रदेशले जारी गरेका निजी सवारीलाई यात्रु बोक्न दिने सम्बन्धी राइड शेयरिङ नियमावली स्थगन गर्ने रहेको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी प्रधानमन्त्री कार्यालयमा पठाएको सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेको हो।
पत्र प्राप्त भएपछि गण्डकी प्रदेश सरकारले धारणा बनाउन छलफल सुरु गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीहरूसँग परामर्श गरिरहेका छन्।