आजदेखि सार्वजनिक यातायात ठप्प
१९ जेष्ठ २०८२
•
३ मिनेट पाठ
आजदेखि सार्वजनिक यातायात ठप्प
यातायात व्यवसायीहरूले सोमबारदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गर्ने चेतावनी दिएका छन्।




सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएका छन्। आफूहरूले राखेका माग सरकारले सुनुवाइ नगरकाले सोमबारदेखि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।

‘सोमबारदेखि अत्यावश्यक अवस्थामा बाहेक सार्वजनिक यातायातका सबै साधन बस, टयाम्पो, ट्रक, मिनीबस, जिप, माइक्रो बसलगायतका सबै सवारीसाधन बन्द गर्ने निर्णय गरेका छौं,’ सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले भने।

यस्ता छन् माग

यातायात व्यवासायीहरूले सवारी ऐन, २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय सातै प्रदेशका सरकारहरूले काुनन ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) लाई पनि भाडामा प्रयोग गर्न सकिने गरी ल्याएको नियमावली, २०८२ को दफा २ को ‘ज’ तत्काल खारेज गर्न माग गरेका छन्।

यसैगरी व्यवसायीले सर्वोच्च अदालतबाट संघसंस्था दर्ता ऐन, २०३४ मा रहेका संघ, समिति नवीकरण सम्पत्ति फुकुवाका लागि २०८० चैत २० गते गरेको परमादेश तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

सवारी ऐन, २०४९ संशोधनको क्रममा रहेको अवस्थामा सरकार तथा यातायात व्यवसायी महासंघ र मजदुर संघसंगठनबिच विभिन्न मितिमा भएका सम्झौता, सहमति र सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न पनि व्यवसायीहरूले माग गरेका छन्।

सार्वजनिक यातायात सेवासँग सम्बद्ध व्यवसायीहरूले मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारीसाधनको भारवहन क्षमता कडाइका साथ लागु गर्नुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्नुपर्ने माग राखेका छन्।

त्यस्तै बिमा दर निर्देशिका, २०७३ लाई समयानुकूल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतका लागि दुर्घटना, राहत कोषको स्थापना गरी मालवस्तुमा अनिवार्य बिमा गर्ने नीति बनाई यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, उपभोक्तामुखी, प्रविधिमैत्री बनाउन अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्न तथा छिमेकी मुलुकहरूबाट नेपाल प्रवेश गर्दा मालवाहक तथा यात्रुवाहक सवारीसाधनले नेपालको भन्सारनाकामै ७२ घन्टे सुविधा पाउने असमान नीति भएकाले त्यसमा तत्काल संशोधन गर्नुपर्ने माग पनि यातायात व्यवसायीले राखेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव नेपालका अनुसार महासंघको आन्दोलनमा देशभरका यातायात व्यवसायी सहभागी हुने छन्। सार्वजनिक यातायात क्षेत्रमा १५ लाख नागरिकले प्रत्यक्ष र ४० लाख नागरिकले अप्रत्यक्ष रोजगारी पाएको उनले बताए। सार्वजनिक यातायातका साधन नचलेमा सर्वसाधारणले दुःख पाउने भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ।

हवाई कम्पनीको पनि नियमन हुनुपर्ने

नेपालगन्ज समाचारदाता अर्जुन ओलीका अनुसार सरकारले माग सम्बोधन नगरेको भन्दै बाँकेस्थित सार्वजनिक यातायात व्यवसायीले पनि सोमबारदेखि सवारीसाधन नचलाउने घोषणा गरेका छन्। सार्वजनिक यातायात बचाउ संघर्ष समिति बाँकेले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।

आन्दोलनअन्र्तगत विभिन्न कार्यक्रम गरिसक्दा पनि माग सम्बोधन नभएकाले सोमबारदेखि सार्वजनिक सवारीसाधन नचलाएर घर, ग्यारेज र बसपार्कमा थन्काउन लागिएको आन्दोलनका संयोजक एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य टंकप्रसाद बस्यालले बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपमहासचिव शम्भु रिजालले माग पूरा नहुँदासम्म सवारीसाधन नचलाउने बताए।

बागेश्वरी यातायात ब्यवसायी प्रालि कोहलपुरका अध्यक्ष मनप्रसाद आचार्यले आफूहरूले सरकारले तोकेको वैज्ञानिक भाडादर यात्रुबाट लिइरहे पनि हवाई सेवा प्रदायक कम्पनीले मनपरी भाडा असुल्ने काम गरिरहेको आरोप लगाए। हवाई कम्पनीलाई पनि सरकारले नियमन गर्नुपर्ने उनको माग छ।
अर्को समाचार
गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प
१३ साउन २०८१
•
१ मिनेट पाठ
गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प
गण्डकीका यातायात व्यवसायी आन्दोलनमा उत्रेका छन्। राइड सेयरिङको विरोध गर्दै गण्डकीका यातायात व्यवसायीहरूले आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्।




३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिवार रातिसम्मको अल्टिमेटम दिएका उनीहरूले आफ्ना माग सुनुवाइ नभएको भन्दै आजदेखि सार्वजनिक यातायात ठप्प बनाउने बताएका हुन्।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीका अनुसार माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने छ।

सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने समेटेको थियो्। तर, कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन। यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ। सरकारले बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस