अध्यागमनबाटै भट्टराईले छाडेका थिए ‘मोष्ट वाण्टेड’
१२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
अध्यागमनबाटै भट्टराईले छाडेका थिए ‘मोष्ट वाण्टेड’
त्रिभुवन विमानस्थलबाट भिजिट भिसाको दुरुपयोग मात्र होइन अन्तर्राष्ट्रिय रुपमा  यात्रा गर्न रोक लगाइएका व्यक्तिहरू सहजै पार गरेको खुलेको छ । तीन महिना पहिला दुई भारतीय नागरिकलाई विना रोकटोक कालो सूचीको पासपोर्ट प्रयोग गरेर उडेका थिए । उनीहरु भारतीय प्रहरीको ‘मोष्ट वाण्टेट’ सूचीमा रहेका थिए ।




कालो सूचीमा रहेका व्यक्तिहरू तेस्रो मुलुक पुगेपछि मात्रै अध्यागमन विभागले थाह पाएर विमानस्थल कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई स्पष्टीकरण सोधेको थियो । ‘तीन महिना पहिला दुई भारतीय नागरिकलाई दुबई उडाइएको पाइयो, उनीहरूको पासपोर्ट कालोसूचीमा थियो भारत सरकारले खोजी गरिरहेको र नेपाल प्रहरीसँग सहयोग मागिरहेको अवस्थामा उनीहरु नेपालको विमानस्थल प्रयोग गरेर बाहिरिएको सूचना सत्य थियो’, अध्यागमन विभागका एक कर्मचारीले भने । त्यसबेला भट्टराईमाथि छानबिन गरिएको थियो । ती व्यक्तिहरू भारतमा अपराध गरी नेपाल आएका थिए । उनीहरुलाई भारतीय प्रहरीले खोजी गरिरहेको थियो ।

तर मन्त्रालयले यसलाई गम्भीर रुपमा नलिएको पाइएको छ । ‘अन्तर्राष्ट्रिय रुपमै कालो सूचीमा परेका व्यक्तिहरुले नेपालको विमानस्थल प्रयोग गरेर बाहिरिएको र त्यसलाई रोक्न नसक्ने अध्यागमन कार्यालयका प्रमुखलाई माफी किन दिइयो भन्ने प्रश्न गम्भीर रहेको छ’, विभागका ती अधिकारी भन्छन् । तर यो विषयमा विभागका कुनै पनि अधिकारीहरू बोल्न चाहेका छैनन् । गृह मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यले यो विषयमा आफूलाई जानकारी नभएको बताए । उनले कर्मचारी प्रशासनलाई जानकारी हुनसक्ने बताएका थिए । कर्मचारी प्रशासन महाशाखाका प्रमुख छवि रिजालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

त्यसबेला भट्टराई सर्भरमा समस्या आएको देखाएर उम्केका थिए । कालो सूचीमा रहेको पासपोर्टलाई रातो बत्ती देखाउने र कालो सूचीमा नभएको पासपोर्टलाई हरियो देखाउने भएकाले ती दुई भारतीय नागरिकको पासपोर्टमा रातो बत्ती नबलेको भन्दै भट्टराई उम्केका थिए।

तर स्रोतका अनुसार त्यसदिन सर्भरमा कुनै पनि समस्या आएको थिएन। उनलाई माथिल्लो तहबाटै संरक्षण रहेका कारण विमानस्थलमै फिर्ता गरिएको थियो । ‘त्यतिबेला कुनै पनि कारबाही गरिएन, अहिले पनि भिजिट भिसा दुरुपयोगमा जोगाउने प्रयास भइरहेको छ’, मन्त्रालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार अध्यागमन विभागले कारबाही गर्न खोज्दा मन्त्रालयले जोगाएको थियो ।
अर्को समाचार
भिजिट भिसा दुरुपयोग: सहसचिव भट्टराई पाँचौ पटक अख्तियारको बयानमा
०१ असार २०८२
•
१ मिनेट पाठ
भिजिट भिसा दुरुपयोग: सहसचिव भट्टराई पाँचौ पटक अख्तियारको बयानमा
भिजिट भिसा दुरुपयोग प्रकरणमा सहसचिव तीर्थराज भट्टराई बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन् ।




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत सहसचिव भट्टराई अहिले बिहान अख्तियार पुगेका हुन् ।

गृहमन्त्री रमेश लेखक र उनको सचिवालय, गृह सचिव गोकर्णमणी दवाडी, प्रशासन महाशाखा प्रमुख छवि रिजाल लगायतको विषयमा प्रश्न उठिरहेको बेला भट्टराईलाई पाँचौ पटक बयानका लागि अख्तियार बोलाएको हो । गत जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएर छाडेको थियो । भट्टराईको त्यसको अघिल्लो दिन जेठ ६ गते गृह मन्त्रालयले सरुवा गरेको थियो ।

सुरुमा अख्तियारले नियन्त्रणमा लिएपछि  सामान्य बयान दिएका थिए । त्यो बाहेक उनले जेठ ८ गते बिहान १० बजे अख्तियारको टंगालस्थित कार्यालयमा पुगेर बयान दिएका थिए । त्यस दिन उनलाई उनी विरुद्ध परेको उजुरीबारे जानकारी गराएको थियो ।  प्रारम्भिक कुरा मात्रै सोधेर करिब १५ मिनेटमा डिभाइसको ‘फरेन्सिक ल्याब रिपोर्ट’ आएपछि १० दिनपछि अर्को बयान लिइएको थियो ।

भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदमा रहेका प्रमुख प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद अवरोध गरेका थिए । उनीहरुले गृहमन्त्री लेखकको राजीनामा मागिरहेका थिए । तर शुक्रबार प्रमुख प्रतिपक्षी दल माओवादीले दुई बुँदे सहमति गरी संसदको अवरोध हटाएको थियो । तर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को सङ्गठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा संघीय सदनमा रहेका सबै प्रतिपक्षी दलहरूलाई आग्रह गर्दै संसदमा विरोध कायम राखेको छ ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस