१४ वर्षमा फेरिए तीन कम्पनी, सडक ज्युँका त्युँ !
०८ जेष्ठ २०८२
•
५ मिनेट पाठ
१४ वर्षमा फेरिए तीन कम्पनी, सडक ज्युँका त्युँ !
हुलाकी राजमार्ग आयोजना अन्तर्गत निर्माणाधीन मानवत–कलैया–मटिअर्वा हुलाकी सडकखण्डको कलैया बजार क्षेत्रको सडक नबन्दा स्थानीयले सास्ती भोगिरहेका छन्। अहिले त्यहाँ वर्खायाममा बढी हिलो र सुख्खा याममा अत्यधिक धुलोको समस्या छ।




पूर्व-पश्चिम महेन्द्र राजमार्गको मानमतदेखि भारतसँगको सिमाना जोडिएको मटिअर्वासम्म लगभग २७ किलोमिटर लामो छ। हुलाकी सडकखण्ड अन्तर्गत कलैया बजार क्षेत्रभित्र पर्ने यो सडक बन्न थालेको १४ वर्ष पूरा भइसकेको छ तर, बन्न भने सकेको छैन।  

मानवत–कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत अन्य भागहरूमा दुई लेनको कालोपत्रे सडक निर्माण गरिए पनि कलैयामा रहेको संस्कार एफएमदेखि दुर्गा स्कुलसम्म लगभग तीन किलोमिटर सडकलाई भने चार लेनको बनाउन निर्माण कार्य सुरु गरिएको बताइएको छ।

तीनपटक ठेक्का लागेको र तीनैवटा निर्माण कम्पनी फेरिएको भए पनि घर अगाडिको सडक नबन्दा घरबाट निस्कन र पस्नसमेत समस्या हुने गरेको स्थानीय सुनिल कुशवाहा बताउँछन्। हिँडडुल गर्नसमेत गाह्रो हुने गरेको समस्या कुशवाहा सुनाउँछन्।

दैनन्दिन सयौंको संख्यामा चल्ने यातयातका साधानहरूले गर्दा सडकमा दुर्घटनाको जोखिमसमेत बढाएको उनी बताउँछन्।

१४ वर्षमा तीनपटक ठेक्का, तीन कम्पनी फेरिँदा पनि सडक ज्युँका त्युँ !

मानवत–कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत बन्न नसकेको कलैया बजार क्षेत्रको हुलाकी सडक निर्माणका लागि विगत १४ वर्षमा तीनवटा कम्पनीले ठेक्का पाए तर, काम अहिलेसम्म पनि काम टुङ्गिएको छैन। स्थानीय श्याम गुप्ता कम्पनी फेरिए पनि काम नहुँदा आफूहरूलाई अनावश्यक दु:ख हुने गरेको बताउँछन्।

सुरुमा भारतीय अनुदानमा थालनी गरिएको उक्त सडक बनाउने जिम्मा भारतीय कम्पनी भिस्वा कन्ट्रक्सनले पाएको थियो। उसले २०६७ चैत १२ बाट २०७० जेठ मसान्तसम्म गरी २६ महिनाभित्रमा निर्माण गरिसक्नुपर्ने सम्झौता गरेको थियो।

कन्ट्रक्सनले ती सडक निर्माण कार्य सुरु गर्दा सडकमा भएका विद्युतीय पोल, खानेपानीको पाइप र भौतिक संरचना खाली गराउन भनेको तर, खाली नगराइएको बतायो। यसपछि ऊ काम अलपत्र छाडेर भाग्यो।

भिस्वा भागे पनि त्यसलाई पुन निर्माणका लागि काठमाडौंको आशिष-डिएस जेभी निर्माण कम्पनी आइपुग्यो। उसले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७३ कात्तिक ३ गते हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता गरेको थियो।

आशिष-डिएस जे.भीसँग सम्झौता भएपछि २०७३ सालको पुस अन्तिम हप्ता तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मटिअर्वामा यस सडकको शिलान्यास गरेका थिए।

मन्त्री लेखकले शिलान्यास गरेपछि उक्त हुलाकी सडक समयमै बन्ने अपेक्षा गरिएको थियो। तर, दोस्रो पटक सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीलाई पनि पहिला जस्तै सडकभित्र पर्ने भौतिक पूर्वाधार खाली गराउन, विद्युतीय पोल र खानेपानीको पाइप सार्ने कार्यमा कलैयाबासीको सहयोग भन्दै असहयोग नै रह्यो।

सडक निर्माणमा सहयोगभन्दा बढी असहयोग नै मिल्न थाले पनि निर्माण आशिष-डिएस जे.भीले कलैया बजार क्षेत्रको सडकलाई अधुरै छाड्न पुग्यो। मानमत–कलैया–मटिअर्वा हुलाकी सडकखण्डअन्तर्गत पर्ने कलैया बजार क्षेत्रको साढे दुई किलोमिटर र अन्य स्थानको गरेर लगभग साढे तीन किलोमिटर सडक निर्माण गर्नको लागि तेस्रो पटक ठेक्का लगाइयो।

तेस्रो पटकको ठेक्का लगाउँदा उक्त अधुरो सडकलाई ओम साई एण्ड कम्पनी-सप्तकोशी जलाधार जेभीले लगभग २३ करोडमा ठेक्का स्कार गरेको हुलाकी राजमार्ग आयोजना कार्यालय  वीरगन्जका ईन्जिनियर धर्मेन्द्र दास बताउँछन्।

२०७९ माघ १ गते भित्र निर्माण सम्पन्न गर्न २०७८ पुस २७ गते निर्माण सम्झौता गरिएको ईन्जिनियर दासले बताए। सम्झौताअनुसार सडकको निर्माण कार्य पूरा नभएपछि पहिलो पटक २०८१ फागुन २९ गतेसम्म म्याद थप गरिएको दासले बताएका छन्।

पहिलो पटक थप गरिएको म्यादमा पनि निर्माण कम्पनीले काम पूरा गर्न नसकेको अवस्था रहेको दासले बताए। निर्माण सम्झौता गरेकामध्ये सप्तकोशी जलाधार निर्माण कम्पनीले काम छोडेर सम्पर्कविहीन बनेपछि ती कम्पनीमाथि  कारबाही प्रक्रिया सुरु गरिएको छ।

१४ वर्षसम्म पनि नबनेको कलैया बजार क्षेत्रको सडक।
ओम साई एण्ड कम्पनीका सञ्चालक होमनाथ गौतमले मानमत–कलैया –मटिअर्वा हुलाकी सडकखण्डअन्तर्गत अधुरो रहन गएको कलैया बजारलगायतको स्थानमा विद्युतीय पोल र खानेपानीको पाइप नहटिएकोले काम गर्न ढिलाइ भइरहेको बताएका छन्।

सडक निर्माण कार्यमा कलैया उपमहानगरपालिका प्रमुख विनोद साहको भूमिकाले पनि काम गर्नमा केही समस्या भएको गौतमले बताए। सडक खण्डमा पर्ने विद्युतिय पोल र खानेपानीको पाइन समयमै नहटाइएकोले गर्दा सो सडकमा गर्न भनिएको कालो पत्रेको गर्न कार्यमा ढिलाइ भएको उनले बताए।

पहिला ढिलाइ गरिए पनि विद्युतीय पोल र खानेपानीको पाइप खाली गरिए स्थानहरूमा कालो पत्रे गर्नको लागि बेसहरू खसाल्ने कार्य सुरु गरिएको छ।

सडक निर्माणमा स्थानीयबाट विवादै विवाद  

सुरुमै कलैया बजार क्षेत्रमा पर्ने हुलाकी सडकको मुख्य भागबाट दायाँबायाँ १५/१५ मिटर जग्गा अधिग्रहण गरेर सडक निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको अवस्था थियो। तर, सडक छेउमा घर भएका स्थानीयहरूले त्यसको विरोध सुरु गरे। 

स्थानीयहरूले  हुलाकी सडकको मुख्य भागबाट दायाँबायाँ १५/१५ मिटर नभई ७/७ मिटर मात्रै अधिग्रहणको माग गर्दै आएका छन्। यसरी स्थानीयहरूले विरोध गर्दा पनि कम्पनीहरू फर्किएका हुन्।

स्थानीयहरूले विरोध गरे पनि उनीहरूला मुआब्जा दिने सर्तमा दुबैतिर १५/१५ मिटर नै अधिग्रहण गरिएको थियो। त्यसो हुँदा पनि स्थानीयहरूले मुआब्जा रकम बढाउन माग गरेका छन्।

मुअब्जा रकम नबढाए खाली नगर्ने उनीहरूको अडान कायमै छ। सडक नबन्नुमा केही स्थानीयको पनि कमजोरी देखिन्छ।

नगर प्रमुख साहको दोहोरो भूमिका  

२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिकाको नगर प्रमुखमा राजेश राय यादव निर्वाचित बने। उनले सडक निर्माणलाई प्राथमिकता दिने नीति अख्तियारी गरे। तर, उनका प्रतिद्वन्दी जो अहिलेका निर्वाचित मेयर हुन् विनोद साह, उनले त्यसबेला स्थानीयलाई 'उचाल्ने' काम गरे। मुआब्जा बढाएपछि मात्रै १५ मिटर जमिन खाली गरिदिने स्थानीयको अडानमा उनकै हात रहेको बताइन्छ।

अहिले उनी आफैँ मेयर छन् तर, पनि स्थानीयले मुआब्जा पाएका छैनन्। मुआब्जा बढ्ने लोभका कारण सडक नबनेको बताउँछन् स्थानीय कुशवाहा बताउँछन्।

अहिले मेयर साहले मुआब्जा नबढ्ने बताउने गरेका छन्। जमिन खाली गर्नका लागि भने उनले ताकेता गर्दै आएका छन्। 

कलैया बजार क्षेत्रकै मुख्य सडकहरू वर्षौँदेखि अलपत्र परेको र नगरबासीलाई सास्ती भएको गुनासो हुन थाले पनि नगर प्रमुख साहले एक महिनाअघि नै निर्माण कम्पनीले सात दिनभित्र सडक नबनाए आफू आमरण अनशन बस्ने घोषणा गरेका थिए।

हप्तादिने अल्टिमेटम दिएका उनलाई कहिले बस्न अनशन भन्ने प्रश्न गर्दा उनले सडकको निर्माण कार्य ठेकेदारले गरिरहेकाले अनशन नबसेको बताए। 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस