स्थानीय सरकार भनेर चिनिने स्थानीय तह आर्थिक पारदर्शिता र मितव्ययितामा मात्र कमजोर देखिएका छैनन्, त्यहाँ बेथितिका चाङ पनि छन्।
महालेखा परीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदनअनुसार स्थानीय तहले मनमौजी तरिकाले आर्थिक अनुशासन उल्लंघन गर्दै खर्च गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिले मनपरी ढंगले सुविधा लिनेदेखि स्वकीय सचिव नियुक्ति र विदेश भ्रमण गरेका छन्। उनीहरूले सार्वजनिक खरिद ऐनको बर्खिलाप हुने गरी विभिन्न सामग्री खरिददेखि ठेक्का लगाउने काम गरेका छन्।
प्रतिवेदनअनुसार प्रदेशसभाद्वारा जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनको व्यवस्थाविपरीत सुविधा लिइएको छ। १३ वटा स्थानीय तहका पदाधिकारीले ऐनमा व्यवस्था नभएको चाडपर्व खर्च, २८ वटा स्थानीय तहले पोसाक सुविधा लिएको पाइएको छ।
त्यसैगरी ऐनमा भएको व्यवस्थाभन्दा फरक हुने गरी ७७ वटा स्थानीय तहले यातायात खर्चमा पाँच करोड सात लाख, ५३ वटा स्थानीय तहले ऐनमा उल्लेख भएभन्दा बढी हुने गरी तीन करोड ३५ लाख इन्धन खर्च, अतिथि सत्कारलगायत नपाउने सुविधामा दुई करोड ५२ लाख गरी १४ करोड ६ लाख रुपैयाँ बढी भुक्तानी गरेको देखिएको छ।
त्यसैगरी एक सय ५२ वटा स्थानीय तहले नियमविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी आठ करोड १२ लाख रुपैयाँ पारिश्रमिक भन्दै भुक्तानी गरेका छन्। नेपाल सरकारको स्वीकृतिबिनै २६ स्थानीय तहका पदाधिकारीले चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्कीलगायत मुलुकमा भ्रमण गरी एक करोड ४६ लाख खर्च गरेका छन्।
१७ वटा स्थानीय तहका प्रमुखसहितका पदाधिकारीले ५२ लाख ७० हजार रुपैयाँको मोबाइल, ल्यापटपलगायत सामग्री फिर्ता गरेका छैनन्। स्थानीय तहले आफूअनुकूल व्यक्तिलाई दरबन्दीबाहिर गई करारमा नियुक्त गरी अर्बौं रुपैयाँ खर्च गरेका छन्। दुई सय ८० वटा स्थानीय तहले दरबन्दी नभएको तथा दरबन्दीभन्दा पाँच हजार ६ सय २३ जनालाई करारमा नियुक्त गरी दुई अर्ब आठ करोड रूपैयाँ तलब भत्ता भुक्तानी गरेका छन्।
यसैगरी २३ वटा स्थानीय तहले करारमा नियुक्त गरेका कर्मचारीलाई नियमविपरीत कर्मचारी सञ्चय कोषबापत थप तीन करोड २४ लाख रूपैयाँ खर्च गरेकाले सो रकम असुल गर्न महालेखाले सुझाव दिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थाविपरीत दुई सय ८९ वटा स्थानीय तहले कानुन नबनाईकन कर्मचारी प्रोत्साहन भत्तामा ६८ करोड ६५ लाख रूपैयाँ खर्च गरेको पाइएको छ।
स्थानीय तहले प्रतिस्पर्धा नगराईकन निर्माण कार्य, औषधि खरिद, परामर्श एवं वस्तु तथा सेवा सोझै खरिद गरेको पाइएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सीमित नहुने गरी खरिद गर्नुपर्नेमा पाँच सय ५४ वटा स्थानीय तहले प्रतिस्पर्धा नगराईकन सात अर्ब २१ करोड ४४ लाख रुपैयाँ खर्च गरेका छन्।
त्यस्तै परामर्श सेवाका नाममा चार सय १८ वटा स्थानीय तहले ६६ करोड ५२ लाख रुपैयाँ खर्च गरेका छन्। सूचना प्रविधि विभागबाट स्वीकृत नलिईकन दुई सय २५ वटा स्थानीय तहले २३ करोड २२ लाख रूपैयाँको सफ्टवेयर खरिद गरेका छन्।
सार्वजनिक खरिद नियमावलीले उपभोक्ता समितिले पाएको काम निर्माण व्यवसायीबाट गराउन नपाउने व्यवस्था गरेको छ। तर एक सय १८ वटा स्थानीय तहले एक हजार सात सय ९१ वटा योजना निर्माण कार्य उपभोक्ता समितिबाट गर्ने गरी लागत अनुमान स्वीकृत तथा सम्झौता गरेकोमा समितिले गर्नुपर्ने काम निर्माण व्यवसायीबाट गराएको बिलबिजक पेस गरी ८९ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
एक सय ६८ वटा स्थानीय तहले सार्वजनिक निर्माणसम्बन्धी तोकिएको मापदण्डभन्दा बढी लागत अनुमान स्वीकृत गरी एक हजार एक सय ९३ योजनाका उपभोक्ता समितिलाई १५ करोड ५१ लाख ८२ हजार रुपैयाँ बढी भुक्तानी दिएको पाइएको छ।
स्थानीय तहले ठेकेदारसँगको मिलेमतोमा उठाउनुपर्ने कर तथा शुल्क उठाएका छैनन्। ८७ वटा स्थानीय तहले व्यवस्थापन गरेका आय ठेक्काबाट सम्झौताअनुसार ४२ करोड ६२ लाख रूपैयाँ असुल गर्नुपर्ने भए पनि त्यो उठाएका छैनन्। एक सय तीनवटा स्थानीय तहबाट सम्पत्ति करलगायत दुई अर्ब ७५ करोड २३ लाख रूपैयाँ असुल गर्न बाँकी छ। तीन सय १७ वटा स्थानीय तहले आर्थिक सहायता वितरणसम्बन्धी कार्यविधि तयार नगरी ५९ करोड ९४ लाख रूपैयाँ वितरण गरेका छन्।
सात सय ५३ वटा स्थानीय तहको ११ खर्ब सात अर्ब ८१ करोड रूपैयाँको लेखापरीक्षण भएकोमा २७ अर्ब ७० करोड बेरुजु देखिएको छ। जसमध्ये तीन अर्ब ४२ करोड रूपैयाँ असुल गर्नुपर्नेछ। महालेखाले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न बेरुजु फस्र्योटको कानुनी व्यवस्था एवं संयन्त्र तय गर्न सुझाएको छ।