संक्रमणकालीन न्याय: आफ्नै अडानमा सिफारिस समिति
२४ वैशाख २०८२
•
३ मिनेट पाठ
संक्रमणकालीन न्याय: आफ्नै अडानमा सिफारिस समिति
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस प्रक्रिया चलिरहेकै बेला उम्मेदवारहरूको संक्षिप्त सूचीमै असहमति बढ्दै गएको छ। द्वन्द्वपीडित समुदाय र सरोकारवाला संघसंस्थाले सूचीमा समेटिएका नाम योग्य नभएको भन्दै असहमति जनाएका हुन्। उनीहरूले सबैलाई मान्य हुने हिसाबले काम अघि बढाउन माग गरेका छन्।




पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा रहेको पदाधिकारी सिफारिस समितिले भने आफूहरूले कार्यविधिअनुसार नै काम अघि बढाइरहेको जनाएको छ। सिफारिस समितिकी प्रवक्ता लिली थापाले प्रक्रिया अघि बढिरहेको बताइन्। ‘सिफारिस समितिले काम अघि बढाइरहेको छ। कुनै बाधा, अप्ठेरो छैन। राजनीतिक दबाब पनि छैन,’ उनले भनिन्, ‘उहाँहरूसँग छलफल भएको हो। हावाको भरमा केही व्यक्तिबाट असन्तुष्टिका कुरा आएका छन्।’

थापाका अनुसार समितिले दिइएको कार्यादेशअनुसार काम गरिरहेको छ। ‘धेरै छलफलपछि उम्मेदवारहरूको संक्षिप्त सूची निकालिएको हो। कतिपय व्यक्ति प्रक्रियाअनुसार पनि आउनुभएन,’ उनले भनिन्, ‘प्रक्रियामा केही गलत छैन।’

विस्तृत शान्ति सम्झौता, २०६३ अनुसार सत्य, न्याय, परिपूरण र पुनः दोहोरिन नदिने सुनिश्चिततासहितको संक्रमणकालीन न्याय प्रणाली स्थापना गर्ने राज्यको प्रतिबद्धता झन्डै दुई दशकसम्म अलपत्र हुँदा चिन्ता लागेको भन्दै सरोकारवाला संस्थाले मंगलबार विज्ञप्ति जारी गरेका छन्।

एड्भोकेसी फोरम नेपाल, एम्नेस्टी इन्टरनेसनल नेपाल, जवाफदेहिता निगरानी समिति, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), न्याय तथा अधिकार संस्था नेपाललगायत संघसंस्थाले विज्ञप्ति जारी गरी संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा पदाधिकारी चयन र सिफारिस प्रक्रिया पीडितकेन्द्रित नभएसम्म सफल हुन नसक्ने उल्लेख गरेका छन्।

सबै पीडितलाई प्रतिनिधित्व गर्ने ३६ वटा संस्था एक ठाउँमा आएर छनोट प्रक्रियाको स्वामित्व नलिने सन्देश सार्वजनिक गर्नु सामान्य विषय नभएको पनि विज्ञप्तिमा उल्लेख छ। पदाधिकारी छनोट र सिफारिस प्रक्रियालाई विश्वसनीय बनाउनेतर्फ ध्यान नदिइएको भन्दै ती संस्थाले प्रश्न उठाएका छन्।

‘पीडित समुदायसँगको परामर्श छनोट प्रक्रियाको मूल प्रवाहमा ल्याइनुपर्ने, उम्मेदवारको उपयुक्तताको मूल्यांकन विधि, प्रक्रिया आधारहरू निर्दिष्ट गरी सार्वजनिक गरिनुपर्ने, वस्तुगत मूल्यांकन हुनुपर्ने,’ विज्ञप्तिमा लेखिएको छ।

‘छोटो सूचीमा राख्नुअघि अनिवार्य पृष्ठभूमि जाँच गरिनुपर्ने, प्रस्तुतीकरणलाई पारदर्शी बनाउनेलगायत सार्वजनिक सुनुवाइको परिपाटी अवलम्बन गर्नुपर्ने जस्ता उपाय अपनाउन सुझाव दिँदै आएको कुरा पुनः स्मरण गराउन चाहन्छौं।’

प्रक्रियालाई विश्वसनीय बनाउन दुई महिनाको समयावधिले नपुगे सरकारले बाधा अड्काउ फुकाएर म्याद थप गर्न सक्ने प्रबन्ध गर्नुपर्नेसमेत उनीहरूले सुझाएका छन्। ‘पदाधिकारी छनोटका नाममा पटकपटक एउटै व्यक्तिलाई राखी सिफारिस समिति गठन गरिनु, पुरानै ढर्रामै छनोट प्रक्रिया अगाडि बढाइनु, र प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउनेभन्दा झन् यान्त्रिक र कर्मकाण्डी बनाइनु, उपयुक्त व्यक्तिको सक्रियतापूर्वक खोजी नगरी, दलीय भागबन्डाका आधारमै नाम सिफारिस गर्नेतर्फ अग्रसर हुनु जस्ता कारणले नै छनोट प्रक्रियाप्रति पीडित समुदायको विश्वास र भरोसा टुट्दै गएको हो भन्ने हाम्रो बुझाइ छ।

वर्तमान नियन्त्रित र देखावटी प्रक्रिया निरन्तर अघि बढाइयो भने पीडित समुदायको नेतृत्व तथा पहलमा वैकल्पिक नागरिक सत्य आयोगको विकल्प अगाडि सार्ने चेतावनीलाई कम नआक्न पनि हामी आग्रह गर्छाैं,’ विज्ञप्तिमा लेखिएको छ। उम्मेदवार पहिचान गरेर तिनको नाम समेत समावेश गरी छोटो सूची पुनरवलोकनसहित प्रकाशन गर्ने, कम्तीमा पीडित, नागरिक समाज र मिडियाको प्रतिनिधिमूलक उपस्थिति सुनिश्चित गरेर प्रस्तुतीकरणलाई पारदर्शी बनाउन पनि उनीहरू सुझाएका छन्।
अर्को समाचार
फेरि सेलायो संक्रमणकालीन न्याय
२७ माघ २०८१
•
३ मिनेट पाठ
फेरि सेलायो संक्रमणकालीन न्याय
सरकारले संक्रमणकालीन न्यायको विषय प्राथमिकतामा नराख्दा तातेको माहोल फेरि सेलाउँदै गएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित भएपछि प्रक्रिया अगाडि बढ्ने आशा सशस्त्र द्वन्द्वका पीडितले राखेका थिए । तर फेरि संक्रमणकालीन न्याय तुहिने हो कि भन्ने शंका उनीहरूले गर्न थालेका छन्।




द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी भन्छन्, ‘सरकारले संक्रमणकालीन न्याय यत्तिकै तुहाउन खोजेको हो कि ?' उनको यो प्रश्नमा सरकारले कसरी जवाफ दिन सक्ला ! सरकारले बनाएको सिफारिस समिति भंग भैसकेपछि अहिले संक्रमणकालीन न्यायको चर्चा हुन छोडेको छ। पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा रहेको पाँच सदस्यीय समिति निर्धारित दुई महिनाको अवधिमा जिम्मेवारी पूरा गर्न नसकेपछि भंग भएको थियो। त्यसपछि यो विषयमा सरकारले खासै चासो दिएको देखिँदैन।’

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा २०७९ साउन १ देखि पदाधिकारी छैनन्। त्यहाँका सचिवलगायत अन्य कर्मचारी हाजिर मात्रै गरेर जागिर खान बाध्य छन्। पदाधिकारी नहुँदा ती दुवै आयोगमा कर्मचारीले मात्रै काम गर्न सक्ने कानुनी व्यवस्था छैन।

संक्रमणकालीन न्यायमा राजनीतिक खिचातानीका कारण दुई आयोगमा स्वतन्त्र व्यक्ति सिफारिस गर्न नसक्दा समिति भंग भएको पुष्टि भइसकेको छ। सिफारिस समितिका सदस्यले नै सार्वजनिक रूपमा राजनीतिक भागबन्डाका कारण दुई आयोगमा पदाधिकारी छनोट गर्न नसकिएको बताइसकेका छन्। राजनीतिक भागबन्डा नमिल्दा दुई आयोगमा रिक्तताको अवधि लम्बिएको हो। रिक्तताको समय अब कति लम्बिने हो भन्नेमा कुनै निश्चितता छैन।

मुख्यतः सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र हाल प्रतिपक्षमा रहेको नेकपा माओवादी केन्द्रबाट नेतृत्व सम्हाल्ने तीन नेताहरूले संक्रमणकालीन न्यायलाई हतियार बनाएको पीडितहरूले टिप्पणी गर्दै आएका छन्। सार्वजनिक कार्यक्रममा यो विषयलाई आफूहरूले टुंग्याउने प्रक्रियामा रहेको बताउने ती नेताहरूले बोलीलाई व्यवहारमा उतार्न सकिरहेका छैनन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै प्रस्तावमा सिफारिस समिति बनाइएको तर पदाधिकारी सिफारिस गर्न नसकेको सार्वजनिक कार्यक्रममै बताइसकेका छन्। ‘ऐन बनिसकेपछि अब त हुन्छ भनेको फेरि पनि भएन। मेरै प्रस्तावमा बनेको सिफारिस समिति हो। त्यहाँ धेरै चिज भए,’ उनले भनेका छन्।

उनले कसका कारण सिफारिस समिति भंग भएको भन्ने बारेमा चर्को स्वरमा दोषारोपण गरेर हुनेवाला केही नभएको पनि बताएका छन्। ‘यो मुद्दा राजनीतिक रूपले ठुलो मतमतान्तरका बाबजुद सहमतिबाटै टुंग्याउनुपर्छ भनेर धेरै लाग्यौं, लागिराखेकै छौं,’ उनले भनेका छन्।

१८ वर्षदेखि नेताहरूको रटान एकातिर पीडितहरूको अडान अर्कोतिर देखिएको छ। समयसमयमा देखिने केही आशाका रङहरू पनि पीडित परिवारका लागि निराशा बन्दै आएका छन्। पुस २ मा दुई आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समिति भंग भएपछि संक्रमणकालीन न्यायको प्रक्रिया ठप्प छ। पीडितहरूले छिटोभन्दा अर्को सिफारिस समिति बनाएर काम अघि बढाउन माग गर्दै आएका छन्।

पीडितका पीडा, अन्याय सम्बोधन गर्ने राज्यको दायित्वप्रति गम्भीर हुन, राजनीतिक स्वार्थलाई केन्द्रमा राख्ने विगतको असफलताको शृंखला नदोहोर्‍याउन पीडितको आग्रह छ। ‘राष्ट्रिय कार्यभारलाई समाधान गर्ने अधिकतम योग्यता, क्षमता, शान्ति निर्माण एवं मानवअधिकार क्षेत्रमा पुर्‍याएको योगदान, अनुभव, विज्ञता लगायत मापदण्डका कसीमा अनुभवी, समाजले पत्याएका व्यक्तिलाई छनोट गरी सिफारिस गर्ने वातावरण सुनिश्चित गर्न, समितिको काममा कुनै हस्तक्षेप नगर्नसमेत सरकार र राजनीतिक दलसँग अनुरोध गर्दर्छौं,’ द्वन्द्वपीडित साझा चौतारी, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, बेपत्ता परिवार समाज नेपाललगायतले संयुक्त विज्ञप्ति जारी गरेर भनेका छन्।

गम्भीर मुद्दामा सरकार र राजनीतिक दलले जवाफदेहिता कायम गर्न पनि माग गरेका छन्। ‘राजनीतिक नेतृत्वहरूले संक्रमणकालीन न्यायका विषयमा साझा दृष्टिकोण बनाउन नसक्दा उदासीन बन्नु दुःखलाग्दो भएको’ पीडितहरूको टिप्पणी छ। २०६३ मंसिर ५ मा भएको विस्तृत शान्तिसम्झौतामा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जाहेर गरेका मुख्य राजनीतिक दलहरू सीमित राजनीतिक स्वार्थभित्र संक्रमणकालीन न्याय राखेको पीडितहरूको आरोप छ। 
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस