सीमाबासीसँग सम्बन्ध जाेड्दै सशस्त्र प्रहरी
१८ वैशाख २०८२
•
२ मिनेट पाठ
सीमाबासीसँग सम्बन्ध जाेड्दै सशस्त्र प्रहरी
सीमा सुरक्षाको मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले सीमाबासीसँग सम्बन्ध जोडन ‘सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम ’ सञ्चालन गरेको छ ।




सीमा क्षेत्रको हरेक गतिविधिहरू नियाल्ने सशस्त्र प्रहरीले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सो कार्यक्रम अघि सारेको हो ।

जिल्लाको झन्डै ९३ किलो मिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।  यसका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रका बासीहरूसँग समन्वय र सम्बन्ध बढाउन अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम र सामाजिक कार्यक्रम समेत थालेको हो । सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेक्वाटर अन्तर्गत रहेको बिओपीहरुको अगुवाइमा सीमा क्षेत्रका बासीहरूसँग सम्बन्ध बढाउन सशस्त्र प्रहरीले यो कार्यक्रम अघि सारेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताए ।

‘सीमाबासीहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउन सशस्त्र प्रहरीले यो कार्यक्रम अघि सारेको हो ’ उनले भने । नेपाल प्रहरी जस्तो जनताको सशस्त्र प्रहरीसँग सिधा जन सम्पर्क नहुँदा काम गर्न समस्या आउने गरेको भन्दै केसीले जनतासँग हातेमालो गरी समन्वय गर्न यो कार्यक्रम प्रभावकारी हुँदै गएको बताए । जनताको प्रत्यक्ष सरोकार रहेको विभिन्न स्वास्थ्य शिविर, खानेपानी धारा जडान, प्रतीक्षालय निर्माण लगायतको काम गरिएको बताए । यो कार्यक्रमले जनतासँग प्रत्यक्ष सम्बन्ध समेत स्थापित भएको उनले बताए ।

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमले सीमा सुरक्षाकालागि जनताबाटै विभिन्न सूचना समेत संकलन गर्न समेत सहज भएको केसीले बताए । बैशाख १६ गते महाराजगंज नगरपालिका वडा नम्बर १० हर्दौनामा ईब्राहीम हेल्थ क्लिनिक तौलिहवाको समन्वयमा गरिएको नि:शुल्क आँखा शिविरमा १ सय ६० जनाको आँखा परीक्षण गरिएको थियो । यस्तै सोही पालिको वडा नम्बर ८ हर्दौनामा सिद्धार्थ नेत्रालय तौलिहवाको समन्वयमा गरिएको आँखा शिविरमा १ सय २५ जनाको आँखाको जाँच गरिएको थियो ।

यस्तै बिजयनगर गाउँपालिका वडा नम्बर ५ डालपुर र वडा नम्बर ६ उज्जवलपुरमा रहेका विद्यालयहरूमा मा भित्ते चित्र मार्फत प्रारम्भिक अक्षर चिनाउने र पढाई प्रति लगाव बढाउन भित्ते लेखन कार्य समेत गरिएको थियो । महराजगंज नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यागेन्द्र कुमार केसीले सशस्त्र प्रहरीले सीमावासीसँग सशस्त्र कार्यक्रमले राम्रो सम्बन्ध बनाउँदै गएको बताए । आफ्नो वडामा सशस्त्र प्रहरीले यात्रु प्रतीक्षालय निर्माण, आँखा शिविर लगायतका काम गरेको बताए ।

‘सीमा सुरक्षा सहित सीमावासीसँग सम्बन्ध स्थापित गर्न यो कार्यक्रम प्रभावकारी बनेका छ ’ उनले भने ।  सीमा अपराध, लागु औषध नियन्त्रण लगायतका सक्रिय रहेको सशस्त्र प्रहरीले सीमा क्षेत्रका बासीहरूसँग सम्बन्ध बढाउन स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा समेत सीमा क्षेत्रका पालिका र वडासँग समन्वय गरी काम गरेस सम्बन्ध स्थापित गदै गएको वडाध्यक्ष केसीले बताए । सशस्त्र प्रहरी उपरीक्ष केसीले यो कार्यक्रम पछि सीमा क्षेत्रको निग्रानी, तस्करी नियन्त्रण लगायतको काममा समेत सहज भएको बताए । यो कार्यक्रम पछि तस्करीको सामान समेत बरामद हुने क्रम बढेको उनले बताए । 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस