डिआइजी बढुवामा कडा प्रतिस्पर्धा
१८ वैशाख २०८२
•
४ मिनेट पाठ
डिआइजी बढुवामा कडा प्रतिस्पर्धा
नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) का रिक्त १० पदका लागि दुई ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बीच प्रतिस्पर्धा सुरु भएको छ। नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएका एसएसपीहरूबीच प्रतिस्पर्धा सुरु भएको हो।




राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएर एसएसपी भएकाहरू आफूलाई अन्याय भएको भन्दै डिआइजी बढुवा लविइङ गरिरहेका छन्। त्यसैगरी प्रहरी नियमावली पल्टाएर आफूहरू सिनियर भएको भन्दै नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ११२ को (भर्ना मिति २०५६ असार ३) टोलीले बढुवा दाबी गरिरहेको छ। अहिले डिआइजीमा बढुवा हुनेले करिब तीन वर्षपछि प्रहरीको नेतृत्व सम्हाल्ने भएकाले पनि तीव्र प्रतिस्पर्धा भएको हो।

डिआइजीका रिक्त पदमा बढुवाका निम्ति ११२ टोलीबीचमै प्रतिस्पर्धा हुने चर्चा चलिरहँदा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को सेवामा प्रवेश गरी नेपाल प्रहरीमा आएको टोलीले पनि बढुवामा दाबी गरिरहेको छ। राअविबाट नेपाल प्रहरीमा आएकाहरू २०७९ असार २५ गते एसएसपी बढुवामा सिफारिस भएका हुन्।

नेपाल प्रहरीको ११२ टोलीका अधिकृतचाहिँ २०८० वैशाख २४ मा एसएसपीमा बढुवा भएका हुन्। ११२ टोलीबाट पहिलो समूहमा एसएसपीमा बढुवा भएका अधिकृत मात्रै डिआइजी बढुवामा पर्ने स्थिति छ। ११२ टोलीबाट २०८० वैशाख २४ गते एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, भूपेन्द्रकुमार खत्री, सोमेन्द्रसिंह राठौर, शेखर खनाल, दीपशमशेर राणा, अभिनारायण काफ्ले, तारादेवी थापा, गंगा पन्तलगायत छन्। उनीहरू पछि ११२ टोलीबाटै २०८० कात्तिक २४ गते एसएसपीमा बढुवा भएका वसन्त रजौरे र रमेश बस्नेत पनि डिआइजी बढुवाको दौडमा छन्। राअविबाट नेपाल प्रहरीमा आएका श्यामकृष्ण अधिकारी, नेपाल प्रहरीकै भीमबहादुर दाहाल र नान्तीराज गुरुङ २०८१ जेठ १८ गते एसएसपीमा बढुवा सिफारिस भएका हुन्।

नेपाल प्रहरीमा राअविबाट समायोजित समूहमा ओमबहादुर राना, विनोद घिमिरे, दीपेन्द्र जिसी, माधव श्रेष्ठ, सुरेन्द्रबहादुर गुरुङ, दीलिपसिंह देउवा र जयराज सापकोटा छन्। जसमध्यको देउवाको कार्यसम्पादन पक्ष कमजोर भएकाले उनको बढुवा नहुने अवस्था छ। गुरुङ र सापकोटालाई पनि बढुवामा छुटाउने सम्भावना बढी नै रहेको स्रोतको दाबी छ।

अहिले डिआइजी बढुवामा दाबी गर्नेहरू प्रहरी निरीक्षक आधारभूत तालिम टोली नम्बर ११२ का अधिकृत हुन्। २०५६ असार ३ गते नियुक्ति पत्र बुझेको यो अधिकृत टोली डिएसपी बढुवादेखि दुई र तीन लटमा अगाडि आएको छ। एसएसपी बढुवामा तीन चरणमा बढुवा भएका अधिकृत छन्।

राअविको टोली डिआइजीबाट एआइजीमा पनि छुटेकाले उनीहरूलाई डिआइजीका रिक्त सबै पदमा बढुवा गर्ने सम्भावना कम रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। नेपाल प्रहरीको ११२ टोली भने २०६७ पुस २३ गते इनस्पेक्टरबाट डिएसपीमा एक साथ बढुवा भएको थियो। तर २०७५ जेठ २९ गते यो टोलीका २६ जना एसपीमा बढुवा भए। यो टोलीका अन्य २०७५ फागुन ७ मा एसपी भएका थिए। त्यसमा रमेशकुमार बस्नेत, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङलगायत थिए। पहिलो लटमा एसपी भएका वसन्त रजौरे भने एसएसपी बढुवामा छुटेकाले दोस्रो लटको बढुवामा परे। तेस्रो लटमा रमेश बस्नेत २०८० माघ १७ गते बढुवा भए। चौथो लटमा श्यामकृष्ण अधिकारीलगायत एसएसपीमा बढुवा भएका हुन्।

अहिले बढुवामा वरीयता मिचिने सम्भावना कम रहेको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ। डिआइजीको लाइनमा ११४ टोलीलाई ल्याउनुपर्ने र भावी नेतृत्वका रूपमा उनीहरूलाई अगाडि बढाउनुपर्ने माग पनि थपिएपछि वरीयता मिचिने सम्भावना निकै कमजोर भएको स्रोतले जनायो। सामान्यतयाः २०५३ सालमा राअविमा भर्ना भई नेपाल प्रहरीमा आएकाहरू प्रहरी नियमावलीअनुसार तालिम लिनुपर्ने हुँदा २०५८ साउन १८ गते प्रहरी निरीक्षक नियुक्त टोलीभन्दा पछि परेका कारण बढुवामा पनि पछि पर्दै आएका हुन्। उनीहरूलाई सर्वोच्चको फैसलाका कारण राज्यले विस्तारै क्रमशः बढुवा गर्दै आएको छ।

२०५८ मा प्रहरी निरीक्षकमा भर्ना टोलीमा रमेश थापा, अजय केसी, अनुपमशमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण कोइराला, होविन्द्र बोगटीसहित छन्। यो टोलीभन्दा अघि नै २०५३ सालमा राअविमा भर्ना भएको टोली एसएसपीमा बढुवा भएको थियो। ११२ को टोलीबाट हाल काठमाडौं परिसर प्रमुख रहेका विश्व अधिकारी, उपत्यका अपराध अनुसन्धान कार्यालय चलाइसकेका सानुराम भट्टराई, चितवन तालिम केन्द्रमा रहेका भूपेन्द्रकुमार खत्री, एयरपोर्टमा रहेका सोमेन्द्रसिंह राठौर, ललितपुर परिसर चलाएका शेखर खनाल, बुटवल तालिम केन्द्रमा रहेका दीपशमशेर राणा, विराटनगर तालिम केन्द्रमा रहेका अभिनारायण काफ्ले, प्रहरी प्रधान कार्यालयमा रहेका ओम अधिकारी र तारादेवी थापा, संयुक्त राष्ट्रसंघको मिसनमा रहेकी गंगा पन्तमध्ये डिआइजीमा बढुवा हुनेछन्। दुई महिलामध्ये एक डिआइजीमा बढुवा हुने सम्भावना छ।

एसपी हुँदा भक्तपुर जिल्लामा अब्बल काम गरेकी थापा र कोभिड महामारीमा पर्सामा अब्बल काम गरेकी पन्त दुवै विवादमा नआएका अधिकृत हुन्। डिआइजीमा बढुवाका अन्य दाबेदार पनि ठुलो विवादमा परेका छैनन्। केहीको कमान्ड कमजोर भएको बाहेक सबै अब्बल रहेकाले प्रहरी प्रधान कार्यालयलाई कार्यसम्पादन मूल्यांकन गर्न कठिन परिरहेको स्रोतको दाबी छ।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस