आजदेखि काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक सम्मेलन
२७ चैत्र २०८१
•
२ मिनेट पाठ
आजदेखि काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक सम्मेलन
एघारौं राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को ३४औं वर्षमा प्रवेश गरेको अवसरमा सम्मेलन आयोजना गरिएको हो। चैत २८ देखि तीन दिनसम्म चल्ने सम्मेलनमा एक सय विदेशी वैज्ञानिक र एक हजार नेपाली वैज्ञानिक सहभागी हुनेछन्। बेलायत, अमेरिका, चीन, स्विट्जरल्यान्ड, जर्मन, भारत, अमेरिकालगायतका वैज्ञानिकले भाग लिँदैछन्।




यो वर्ष विश्वभर नयाँ समस्याका रूपमा देखा परेको जलवायु परिवर्तनको कारण, स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुन सक्ने चुनौती, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताका विषयमा सम्मेलन केन्द्रित हुने परिषद्ले जनाएको छ। यसका साथै स्वास्थ्य बिमा, सरुवा रोग, नसर्ने रोग, मानसिक रोग र अनुसन्धान नियमनका विषयमा छलफल हुनेछ। सम्मेलनका लागि एक सय ४६ वटा मौखिक, एक सय ३० वटा पोस्टर प्रस्तुतीकरण गरी दुई सय ७६ वटा प्रस्तुति हुनेछन्।

सम्मेलनमा विदेशमा रहेका नेपाली वैज्ञानिक वातावरण, कृषि र स्वास्थ्यसँग सम्बन्धित वैज्ञानिक विज्ञले पनि प्रस्तुति दिने कार्यक्रम रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का निर्देशक डा. प्रमोद जोशीले बताए।

सम्मेलनले स्वास्थ्य क्षेत्रलाई मात्र हैन, ‘जलवायु परिवर्तनले कृषि क्षेत्रलाई कसरी असर पारेको छ, स्वास्थ्यमा कसरी असर पारेको छ भन्ने विषयलाई सँगसँगै छलफल गर्दैछौं’, उनले भने। सबै मन्त्रालयलाई समेत झक्झकाउने र राष्ट्रिय योजना आयोगलाई समेत सहभागी बनाएर छलफल हुने र छलफलबाट आएको निष्कर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योजना निर्माणमा प्रभाव पर्ने जोशीले बताए।

सोही क्रममा परिषद्कै अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले जनसंख्यामा आएको परिवर्तनका विषयमा पनि प्रस्तुति रहने बताए। ‘हाल बसाइँसराइका कारण ठाउँठाउँमा जनसंख्या घटबढ हुने क्रम जारी छ, जसको कारण स्वास्थ्य कार्यक्रमले सम्बोधन गर्न अप्ठेरो परेको विषयमा पनि छलफल हुनेछ’, उनले भने।

सम्मेलनबाट प्राप्त निष्कर्षले प्रमाणमा आधारित नीति निर्माणको पूर्वाधार बनाउँदै दिगो र उत्थानशील स्वास्थ्य सेवा सुनिश्चित गर्ने भूमिका खेल्ने अपेक्षा परिषद्ले लिएको छ।

सम्मेलनमा विभिन्न क्षेत्रमा वैज्ञानिक खोज अनुसन्धान गर्न सफल वैज्ञानिक तथा विज्ञहरूलाई पुरस्कृत गरिने छ। यसमा हेल्थ रिसर्च अवार्ड, योङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड, हेल्थ जर्नालिस्ट अवार्ड, गोपालप्रसाद आचार्य हेल्थ रिसर्च अवार्ड वितरण हुनेछ। परिषद्ले यो वर्ष हेल्थ जर्नालिस्ट अवार्ड र गोपालप्रसाद आचार्य हेल्थ रिसर्च अवार्ड थप पुरस्कारअन्तर्गत रहेका छन्।
अर्को समाचार
राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा
२६ चैत्र २०८१
•
२ मिनेट पाठ
राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा एघारौं राष्ट्रिय स्वास्थ्य तथा वैज्ञानिक शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ।




परिषदले आफ्नो स्थापनाको ३४औं वर्षमा प्रवेश गरेको अवसरमा तीन दिनसम्म सञ्चालन हुने सम्मेलन आयोजना गरेको हो।

चैत २८ देखि सुरु हुने सम्मेलनमा नेपालका करिब १ हजार वैज्ञानिकसहित १०० जना विदेशी वैज्ञानिकको सहभागिता रहने परिषदले जनाएको छ। सहभागी वैज्ञानिकहरू बेलायत, अमेरिका, चीन, स्विजरल्याण्ड, जर्मनी, भारतलगायतका मुलुकबाट आएका छन्।

यस वर्षको सम्मेलनको मुख्य विषयवस्तु जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य चुनौती, स्वास्थ्य प्रणालीको उत्थानशीलता, तथा स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चिततामा केन्द्रित रहनेछ। साथै, स्वास्थ्य बीमा, सरुवा र नसर्ने रोग, मानसिक स्वास्थ्य तथा अनुसन्धान नियमनसम्बन्धी विषयमा समेत विस्तृत छलफल हुनेछ।

सम्मेलनमा १४६ वटा मौखिक र १३० वटा पोस्टर प्रस्तुति गरी कुल २७६ वटा वैज्ञानिक कार्यपत्रहरू प्रस्तुत हुनेछन्। तीमध्ये ८७ वटा मौखिक र ११५ वटा पोस्टर प्रस्तुति हुनेछन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका निर्देशक डा. प्रमोद जोशीका अनुसार, सम्मेलनमा विदेशमा क्रियाशील नेपाली वैज्ञानिकहरूले वातावरण, कृषि र स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान प्रस्तुत गर्नेछन्।

‘‘स्वास्थ्यसँगै कृषि क्षेत्रमा समेत जलवायु परिवर्तनको असर कस्तो छ भन्ने विषयमा बहुआयामिक छलफल हुनेछ,’’ उनले बताए।

राष्ट्रिय योजना आयोग लगायत सम्बन्धित मन्त्रालयको सक्रिय सहभागिता रहने सम्मेलनले दीर्घकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्‍याउने जोशीको भनाइ छ।

परिषदका अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बसाइँसराइका कारण जनसंख्या संरचनामा आएको परिवर्तन र त्यसले स्वास्थ्य सेवामा पारेको प्रभावबारे पनि छलफल हुने जानकारी दिए। ‘‘जनसंख्या घटबढका कारण कतिपय स्वास्थ्य कार्यक्रमहरू कार्यान्वयनमा अप्ठ्यारो परिरहेको छ,’’ उनले भने।

परिषदले सम्मेलनको निष्कर्षहरूलाई प्रमाणमा आधारित नीति निर्माणको आधार बनाई दीगो तथा उत्थानशील स्वास्थ्य सेवा सुनिश्चित गर्न भूमिका खेल्ने अपेक्षा राखेको छ।

सम्मेलनमा विभिन्न श्रेणीमा योगदान पुर्‍याएका वैज्ञानिक तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिनेछ। पुरस्कारहरूमा हेल्थ रिसर्च अवार्ड, यङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट यङ हेल्थ रिसर्च अवार्ड, हेल्थ जर्नालिस्ट अवार्ड, तथा गोपाल प्रसाद आचार्य हेल्थ रिसर्च अवार्ड रहेका छन्।

यस वर्ष हेल्थ जर्नालिस्ट अवार्ड र गोपाल प्रसाद आचार्य हेल्थ रिसर्च अवार्ड सम्मेलनमा थप गरिएका नयाँ पुरस्कार हुन्।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस