किन बढ्दै सम्बन्धविच्छेद?
२२ चैत्र २०८१
•
५ मिनेट पाठ
किन बढ्दै सम्बन्धविच्छेद?
वर्तमान अवस्थामा सम्बन्धविच्छेद एक जटिल सामाजिक समस्याका रूपमा बढिरहेको छ। दुःखमा साथ सुखमा विश्वासले जीवनपद्धति अगाडि बढाउने प्रण गरेर दाम्पत्य जीवन सुरुवात गरेका दम्पतीहरूबिच समस्या बन्छ। सामाजिक संरचनागत विभिन्न इकाइको प्रकार्यात्मक गतिविधिमा सामञ्जस्य हुन नसक्दा सामाजिक सांस्कृतिक मूल्यमान्यताले बाँधिएको बन्धनको गाँठो खुस्किँदै जान्छ।




दाम्पत्य जीवनको सुरुवाती चरणमा विच्छेदनको परिकल्पना नै हुँदैन तर विवाहपश्चात्का क्रियाकलाप र विवाहपूर्वको सहमति र सद्भावको विचलनको रूप बढ्दा दम्पती छुट्टिने मानसिकतामा पुग्छन्। सँगै जिउनेमर्ने कसम खाएर विवाहको बन्धनमा बाँधिएका श्रीमान्–श्रीमतीबिच सम्बन्धविच्छेदजस्तो गम्भीर अवस्थामा त्यत्तिकै पक्कै पनि पुगेका हुँदैनन्। त्यसका पछाडि विभिन्न कारणहरू जोडिएर आएका  हुन्छन्।

केही कारणहरू सामान्य प्रकृतिका हुन्छन् भने केही जटिल प्रकृतिका पनि हुन्छन्। सम्बन्धविच्छेदका कारणहरू पत्ता लगाउनका लागि विवाहदेखि दैनिक जीवनका ससाना घटना र व्यवहारहरूको सूक्ष्म अध्ययन गर्नु आवश्यक देखिन्छ। सम्बन्धविच्छेद हुनुका कारणमा विदेशी जीवनशैलीको प्रभाव, वैदेशिक रोजगार, स्वतन्त्र यौनजीवनदेखि असझदारी, सामाजिक मर्यादामा आएको कमी र व्यक्तिगत अराजकतासम्म देखिन्छन्। आजकल मेहनत र परिश्रमबाट सम्पत्ति आर्जनभन्दा पनि सम्बन्धविच्छेदबाट प्राप्त हुने सम्पत्तिको लोभ बढ्दै गएको पाइन्छ।

मानिसको दैनिक जीवन र उसको व्यवहारसँग रोजगारी र उसले गर्ने कामको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ। रोजगारीका क्रममा घरबाहिर बस्नुपर्ने र सोही क्रममा बाहिरी व्यक्तिसँग हुने सम्बन्धले वैवाहिक जीवनमा समेत प्रभाव परेको हुन्छ। नेपालबाट कामका सिलसिलामा विदेश जाने कयाैं युवायुवतीहरू प्रत्यक्ष प्रभावित हुने गरेका घटनाहरू दैनिकजसो सञ्चारमाध्यममा आएका देख्न  सकिन्छ।

महिलाहरू रोजगारीका माध्यमबाट आत्मनिर्भर बनिसकेपछि घरपरिवार तथा पुरुषहरूको शोषणदमन सहेर बस्नुनपर्ने, आफ्नो जीवनका निर्णयहरू आफैं लिन सक्ने हुन्छन् भने बेरोजगार भएकै कारण, आर्थिक अवस्था कमजोर भएका कारण पनि कयांै वैवाहिक सम्बन्धहरू टुट्ने गरेको देखिन्छ। तसर्थ रोजगारीको अवस्थासँग सम्बन्धविच्छेद जोडिएको पाइन्छ।

अर्को नवधनाढ्य तथा कुलघरानसँग कुटुम्ब जोड्ने आससँगै शैक्षिक, चेतना र स्तरको ख्याल नगरी वैवाहिक जीवनमा बाँधिने तर विवाहपश्चात्का दम्पतीबिच आपसी कुराकानी, रोजगारी, एकअर्काको बुझाइमा आउने फरकपनले एकअर्कामा मनमुटाव सुरु भएर सम्बन्धविच्छेद भएको देखिन्छ। पहाड, तथा तराईमा सम्बन्धविच्छेदको घटना बढ्नुमा अन्तरजातीय विवाहमा वृद्धि, दाइजो, तिलक प्रथा, परम्परागत र आधुनिक सोचबिच टकराब, मधेसी र गैरमधेसीबिच विवाह आदि समस्या रहेको पाइन्छ।

शैक्षिक असमानता शिक्षाले मानिसको सोच र दैनिक व्यवहारमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। शैक्षिक अवस्थाले मानिसहरूको दैनिक जीवन र वैवाहिक जीवनमा समेत प्रभाव पारेको हुन्छ। विवाह र विवाह पछिको वैवाहिक जीवनमा श्रीमान् श्रीमतीको शौक्षिक योग्यताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। सम्बन्धविच्छेदका घटनाहरू मुख्यतया शिक्षित व्यक्तिहरूमा सचेतना, आत्मनिर्भरता, स्वतन्त्रता आदि कारणका रूपमा देखिन्छन् भने अशिक्षितहरूमा घरेलु हिंसा, बहुविवाह, आदि कारक तत्त्वका रूपमा देखिएका छन्।

आज विज्ञानप्रविधिको समय हो। वैज्ञानिक आविष्कारसँगै सञ्चार क्षेत्रमा तीव्र विकास भएको छ। नेपालमा पनि विद्युतीय सञ्चारमाध्यमको प्रभाव तीव्र रूपमा विस्तार हँुदै गरेको छ। सञ्चारका माध्यमहरूको विकास हुनु सकारात्मक पक्ष हो तर यसको दुरूपयोगले सामाजिक समस्या पनि बढाइरहेको देखिन्छ। यसको प्रयोग सही रूपमा गर्न सके वरदानस्वरूप हुन सक्छ भने यसको अति प्रयोग गर्दा हरेक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ। केही वर्षयता टेलिफोन, मोबाइल र इन्टरनेटको विस्तारसँगै सामाजिक सञ्जालका माध्यहरूको प्रयोगमा व्यापकता आएको छ।

टिकटक, फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग धेरैको दैनिकीजस्तै भएको छ। यी माध्यमको प्रयोगसँगै घरपरिवारभन्दा पनि बाहिरी मानिससँगको सामीप्यको वृद्धिका कारण आफन्त तथा घरपरिवारसँगको सम्बन्ध पातलिँदा यसले परिवारमा दरार सिर्जना गरेको छ।

पारिवारिक खटपटको प्रमुख कारण विद्युतीय सञ्चार माध्यमको अधिक प्रयोगको विषय बनेको छ। सञ्चारमाध्यमबाट बढेको आकर्षण तथा त्यसबाट भत्किएको सामाजिक मर्यादाबाट पनि पारिवारिक असमञ्जसता बढेको कारण घरपरिवारमा द्वन्द्व बढेको देखिन्छ। वर्तमान समयमा सम्बन्धविच्छेद हुने घटनाहरूको एक महत्त्वपूर्ण कारक तत्त्वका रूपमा टिकटक, फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालका माध्यमको अधिक तथा अनावश्यक प्रयोग देखापरेको छ।

विवाह र विवाहपछिका दिनमा हुने असमझदारीको प्रमुख कारण दाइजो वा गरगहनाका विषय पनि हुनेगरेको पाइन्छ। आज पनि नेपाल–भारतलगायतका मुलुकमा दाइजोको विषयलाई लिएर कयौं घरेलु हिंसा भएका घटनाहरू देखिएका हुन्छन्। छोरीलाई विवाह गरी केटा पक्षको घरमा पठाउनुपर्ने र त्यसमा साथसाथै दाइजो पनि दिनुपर्ने सामाजिक कुसंस्कारले गर्दा आज छोरी जन्मिँदा नाबालिक र सुत्केरी आमाले पनि अपमान सहनुपर्ने अवस्थाहरू देखिन्छन्।

समय र समाजको परिवर्तनसँगै नेपालको सहरी क्षेत्रका साथै पहाडी जिल्लाहरूमा दाइजोको विषयलाई लिएर शोषणदमन र हिंसाका घटनामा केही कमी आएको देखिए तापनि तराईका जिल्लाहरूमा र नेपाली समुदाय भएको भारतीय केही क्षेत्रमा दाइजो प्रथाको विकराल समस्या रही आएको छ। वरवधुको छनौटसँगै वरको पारिवारिक, आर्थिक, सामाजिक आडम्बर, शैक्षिक स्तर प्राप्तिजस्ता कुरालाई हेरेर वधु पक्षसँग आर्थिक र जिन्सीको लेनदेन हुने गर्छ। त्यो नै तिलक प्रथा हो।

विवाहपूर्वको सम्झौतासँगै पछि दिनचर्यामा पनि वधुपक्षले निर्वाह गर्नुपर्ने भूमिकामा कमबेसी हुँदा त्यही तिलक वा दाइजोको निहुँमा नारीलाई हिंसा गरेर सम्बन्धमा विच्छेदसम्म पुगेका घटना रहेको छ। दाइजो र आफूले भने जति सम्पत्ति नदिएको आदि कारण देखाइ घरपरिवारको समेत सहयोगमा श्रीमान्ले श्रीमतीलाई घरेलु हिंसा तथा दमन गरेको पाइन्छ।

विवाहपश्चात् विविध कारणले श्रीमान्–श्रीमती एकअर्कासँग छुट्टिएर बस्नुपर्ने अवस्था सिर्जना हुन्छ। यस क्रममा एकअर्काको अनुपस्थितिमा तेस्रो पक्षसँगको सम्बन्ध र सामीप्यका कारण नचाहँदा नचाहँदै पनि सम्बन्धमा खटपट हुन जान्छ। अन्ततः दाम्पत्य जीवनको अन्त्यसम्म हुने अवस्थामा पुग्ने गरेको देखिन्छ।

रोजगारी, व्यवसाय वा अन्य कारणबाट दम्पती छुट्टिएर बस्दै गर्दा आमसञ्चार, आधुनिक प्रविधि प्रयोगले दम्पतीबिचको नैतिक मूल्यमा ह्रास आएकाले आपसी असमझदारीले सम्बन्धविच्छेदको रूप लिएको देखिन्छ। वर्तमान अवस्थामा दम्पतीसँगै बसेर पनि दाइजो, परिवारको सम्पत्ति प्राप्त गर्ने चाहना, देखावटीपन, सोख, शैक्षिक स्तरको अन्तर, पारिवारिक पृष्ठभूमि बुझाइको कमी, मौलिक हार्दिकताको कमी, कुलत र हिंसाजस्ता कारणले सम्बन्धविच्छेद भएको देखिन्छ।

यसरी सम्बन्धविच्छेद बढ्दै जाने हो भने वैवाहिक संस्कार तथा सामाजिक संरचनामै ठुलो असर पर्छ। साथै मानिसमा विवाहप्रति नैराश्य उत्पन्न हुने देखिन्छ।
अर्को समाचार
पाल्पामा सम्बन्धविच्छेदका मुद्दा बढ्दै
११ साउन २०८०
•
१ मिनेट पाठ
पाल्पामा सम्बन्धविच्छेदका मुद्दा बढ्दै
पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ।जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेका छन्।




आर्थिक वर्ष २०७९र८० मा एक हजार १७ मुद्दा दर्ता भएकामा चार सय ४३ सम्बन्धविच्छेदका रहेका जिल्ला अदालतका तहसिलदार भेषराज खनालले बताए। उनका अनुसार सम्बन्धविच्छेदका तीन सय ६३ मुद्दा मात्र फस्र्यौट भएका छन्। गत आवमा दर्ता भएका कूल मुद्दामध्ये ७१ दशमलव ६८ प्रतिशत फस्र्यौट भएको जिल्ला अदालतले जनाएको छ।

त्यस्तै, आव २०७८र७९ मा आठ सय ३४ मुद्दा दर्ता भएकामा तीन सय ७४ मुद्दा सम्बन्धविच्छेदका थिए।सो अवधिमा दुई सय ९२ मुद्दा फस्र्यौट भएका थिए।आव २०७७र७८ मा छ सय ३६ मुद्दा दर्ता भएकामा दुई सय २८ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए। सो अवधिमा एक ४६ मुद्दा मात्र फस्र्यौट भएका खनालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो तीन वर्षमा जिल्लामा दुई हजार चार सय ८७ मुद्दा दर्ता भएकामा एक हजार ४५ सम्बन्धविच्छेदका छन्।

अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीलगायत कारणले सम्बन्धविच्छेद गर्ने दम्पत्तीको सङ्ख्या बढ्दै गएको खनालको भनाइ छ।उहाँका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन्।

वैदेशिक रोजगार, कम उमेरमा विवाह, प्रेम विवाह, सामाजिक सञ्जालको बढ्दो प्रयोग र अन्य पारिवारिक समस्याका कारण पछिल्ला समयमा सम्बन्ध विच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको देखिएको छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस