विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । यसका लागि देशैभरबाट शिक्षकहरु काठमाडौ आउनेक्रम जारी छ ।
शिक्षक महासंघको अगुवाइमा सुरु आन्दोलनको पहिलो दिन बुधबार र्याली निकालिएको शिक्षकहरुले जनाएका छन । उनीहरुको र्याली अहिले माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको छ ।
महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीका अनुसार र्यालीमा एक लाखबढी शिक्षक कर्मचारी सहभागी हुने अनुमान छ । गत शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपनि आफूहरुको आन्दोलन शान्तिपूर्ण बनाउन करिब ८ सय स्वयंसेवक परिचालन गरिएको उनको भनाइ छ ।
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरु पुनः आन्दोलित बनेका हुन् । सहमतिअनुसार ऐन जारी भए तत्काल आन्दोलन स्थगित गर्ने उनीहरुको प्रतिबद्धता छ । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग सरकारले असोज ५ गते ६ बुँदे सहमति गरेको थियो । तर आफूहरुको माग सम्बोधन हुने गरी तयार विधेयक संसदको शिक्षा समितिमा थन्क्याइएको दाबीसहित शिक्षकहरुले दबाबमूलक कार्यक्रम थालेको बताएका छन् ।
नेपाल शिक्षक महासंघले साउन २१ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए विगतको भन्दा कडा आन्दोलनमा जाने चेतावनी दिएको हो । उसले आन्दोलनको स्वरुप र कार्यक्रमहरु पछि सार्वजनिक गर्ने बताएको छ ।
गत वैशाख १७ गते भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै महासंघले विधेयक पारितका लागि अल्टिमेटम दिएको हो । पत्रकार सम्मेलनमा शिक्षक प्रतिनिधिहरुले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिवद्धताबाट सरकार आफैं पछि हटेको र समयसीमा सकिएको दुई सातासम्म पनि शिक्षकहरुलाई नै दोषी देखाएर सरकार उम्कन खोजेको दाबी गरेका हुन् ।
साउन २१ गतेभित्र विधेयक पारित नभए पुनः आन्दोलनमा जानुको विकल्प नहुने उनीहरुको भनाइ छ । सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको बताउँदै उनीहरुले शिक्षकहरुलाई बाधक देखाउँदै शिक्षा समितिमा विधेयक अल्झाउनु गलत भएको तर्क गरे ।
सहमतिअनुसार, अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया। स्थायी शिक्षकको बढुवा, विभागीय कारबाही, विद्यालय कर्मचारीको व्यवस्थापन, इसीडीका शिक्षकहरुको व्यवस्थापन, ट्रेड युनियन अधिकारलगायतका विषयमा अहिले षडयन्त्र भइरहेको उनीहरुको दाबी छ । लिखित सहमति कार्यान्वयनमा पनि गम्भीर नदेखिनु सरकारको लाचारीपन भएको बताउँदै शिक्षक महासंघले आन्दोलन गर्नुको विकल्प नहुने बताएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...