चितवनमा खपिनसक्नु वायु प्रदुषण: सात सय हेक्टर वन क्षेत्रमा डढेलो
१९ चैत्र २०८१
•
३ मिनेट पाठ
चितवनमा खपिनसक्नु वायु प्रदुषण: सात सय हेक्टर  वन क्षेत्रमा डढेलो
तस्बिर: वसन्त/नागरिक
चितवनको वायु प्रदुषण कतिसम्म पुगेको छ वातावरण विभागलाई समेत थाहा छैन, तर एक सातादेखि तुवाँलोले यहाँ खपिनसक्नु छ। हिउँदभर पानी नपरेको चितवनको वायुमण्डल धुम्म छ। प्रदुषणले आँखा पोलेर मानिसलाई बाहिर निस्कन कठिन भइरहेको छ।




संरक्षणकर्मी सुराजन श्रेष्ठ वनमा जथाभावी लगाइएको डढेलोका कारण निस्किएको तुवाँलोले यहाँका वायु प्रदुषण निकै बढेको बताउँछन्। ‘तुवाँलोले वरपर डम्म छोपिँदा र यात्री तथा स्थानीयका आँखा पोल्दा सम्बन्धित निकाय मौन छन्। यहाँ जथाभावी डढेलो लगाइएको छ’, उनले भने, ‘सरकारी निकाय यसमा ध्यान दिँदैनन्।’

चितवन राष्ट्रिय निकुञ्ज र यहाँका बरण्डाभार क्षेत्रका सामुदायिक वनमा जथाभावी आगो लाग्दा प्रदुषण बढिरहेको छ। अहिलेसम्म यहाँ सात सय हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको छ।

डिभिजन वन कार्यालय चितवनका अनुसार बरण्डाभार क्षेत्रमा रहेका रामवेल सामुदायिक वन, नवजागृति सामुदायिक वन, जनलदेवि सामुदायिक वन, सतनचुली समामुदायिक वन, पञ्चकन्या सामुदायिक वन, भिमवली सामुदायिक वनमा एक सातादेखि डढेलो लागेको छ। यी स्थानमा दुई सय हेक्टर क्षेत्रफलमा डेढेलो लागिसकेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकृत देवीप्रसाद पौडेलले जानकारी दिए। ‘पाँच दिन भयो यहाँका बरण्डाभार क्षेत्रमा डढेलो तीव्र रूपमा फैलिएको छ’, पौडेलले भने, ‘यो गर्मीमा पानी नपर्दा आगो निभाउन कठिन छ।’ उनका अनुसार आगो फैलिने क्रम जारी रहेको छ।

सामुदायिक वनका उपभोक्ता समिति, डिभिजन वनका कार्यालयका कर्मचारी तथा भरतपुर महानगरपालिकाको दमकलसमेत प्रयोग गरी डढेलो निभाउने काम भइरहेको उनले बताए। एक–दुई दिनमा आकाशबाट पानी नआएमा आगो निभाउन समस्या हुने उनले बताए। ‘आगो निभाउन सबै सामुदायिक वनका उपभोक्ता समितिका सदस्य लागिराख्नुभएको छ। महानगरपालिकाको दमकल लगेर पनि आगो निभाएका छौं’, उनले भने, ‘चारतिरबाट आगो लाग्दा निभाउन समस्या परिरहेको छ।’

वन क्षेत्रमा मानिसले नै आगो लगाइदिएको उनले बताए। आगो लगाउने व्यक्ति खोज्ने क्रम जारीसमेत भएको उनको भनाइ छ। कार्यालयले साताव्यापी डढेलो व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरे पनि त्यो प्रभावकारी देखिएको छैन। आगो नियणन्त्रण लिन कठिन भइरहेको छ।

वन क्षेत्रमा मात्र होइन, चितवन राष्ट्रिष्य निकुञ्जमा समेत डढेलो लागिरहेको छ। निकुञ्जका अनुसार माडी क्षेत्रमा डढेलो लागिरहेको छ। निकुञ्जमा नियन्त्रित डढेलो मात्रै पाँच सय हेक्टर क्षेत्रफलमा लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी बताए। त्यसबाहेक अहिले निकुञ्जको पूर्वी क्षेत्रका मध्यवर्ती सामुदायिक वनमा आगो लागिरहेको पन्तले बताए।

डढेलो नियन्त्रणका निकुञ्जको मुख्य कार्यालयमा २१ जना, चारवटा सेक्टर कार्यालयमा १२ जनाको समुह तयारी अवस्थामा राखिएको निकुञ्जका सूचना अधिकृत अभिनाश थापामगरले जानकारी दिए।

निकुञ्जले प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गर्दछ। यसरी डेढेलो लगाउँदा वायु प्रदुषण हुने वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले जानकारी दिए। ‘प्राकृतिक रूपमा डढेलो लगाउनु उचित होइन। अझ संरक्षणका लागि खटिएको कार्यालयले नै यसरी डढेलो लगाउनु त ठुलो गल्ती हो’, उनले भने, ‘डढेलोले वायु प्रदुषणसँगै जैविक विविधतामा समेत असर पर्छ।’

उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धुवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउँदा वायु प्रदुषण हुने गरेको उनले बताए।

यहाँका वनमा डढेलो फैलिँदा त्यसको असर मानिसलगायत वातावरणमा रहेका प्राणीमा परिरहेको छ। भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार पछिल्लो एक साता दमका बिरामी, आँखा पोल्ने, रुघा लाग्ने, सुख्खा खोकीका बिरामी बढेका छन्।

वातावरण प्रदुषणका कारण प्रभावित यस्ता बिरामी बढी देखा पर्ने उनले बताए। उनले बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र धुलो धुवाँबाट जोगिन सुझाव दिए। वनजंगलको डढेलो र पछिल्लो समय गाउँघरतिर खेतबारीमा लगाइने आगोबाट निस्कने धुवाँका कारण वातावरण प्रदुषण हुने गरेको उनको भनाइ छ।
अर्को समाचार
निसासिँदो काठमाडौं उपत्यका : ९० दिनमा ७५ दिन श्वास फेर्नै गाह्रो
२१ चैत्र २०८१
•
३ मिनेट पाठ
निसासिँदो काठमाडौं उपत्यका : ९० दिनमा ७५ दिन श्वास फेर्नै गाह्रो
काठमाडौं उपत्यकावासीले विगत तीन महिनामा ७५ दिन अस्वस्थ हावामा सास फेर्न वाध्य भएको देखिएको छ । इसिमोडले गरेको एक समीक्षात्मक अध्ययनले यस्तो देखाएको हो ।




सन् २०२५ मा अत्यधिक प्रदूषण हुनु ‘सामान्य प्रक्रिया’ जस्तो देखिएको जनाउँदै इसिमोडका वैज्ञानिकले पश्चिमी नेपालमा खडेरीका कारण मनसुन शुरु हुनुु अघिको अवधीमा ठूलो स्तरमा बन ढडेलो लागेको कारण प्रदुषण ह्वात्तै बढेको जनाएका छन्  ।

हावाको प्रवाह थोरै बढेको कारण शुक्रवार वायु प्रदुषणको स्तरमा केही सुधार आएपनि यो साताभर वायु प्रदूषण भक्तपुर, शंखपार्क, रत्नपार्क, भैंसीपाटी, खुमलटार लगायतका क्षेत्रमा वायु गुणस्तर सुचकांक(एक्यूआई) २५० हो हाराहारीमा रहेको थियो । उच्च वायु प्रदूषणका कारण सर्वसाधारणलाई आँखा पोल्ने, खोकी लाग्ने, घाँटी खसखस हुने लगायत श्वासप्रश्वासजन्य रोगीहरु बढेको विभिन्न अस्पतालहरुले जनाएका छन् ।  

इसिमोडका वायु प्रदूषण विश्लेषक सागर अधिकारीका अनुसार पानी नपरेको कारण हालको सुख्खा अवस्थाले देशभरि वन डढेलोका घटनाहरू बढेका छन् । सार्वजनिक यातायात क्षेत्रले गर्ने उत्सर्जन, सडक धुलो लगायतका अन्य कारणले हुने उत्सर्जनलाई वन डढेलोले काठमाडौं उपत्यकाको प्रदूषणलाई झनै खराब बनाएको अधिकारी बताउछन् ।  

वन डढेलो लाग्दा कार्बन मोनोअक्साइड, अत्यन्त सुक्ष्म कणहरु अर्थात् पिएम २.५ लगायत कालो कार्बन उत्सर्जन हुने गर्दछ । वायु प्रदूषणका जिम्मेवार मानिने यी सुक्ष्म कणहरू श्वासप्रश्वासमार्फत् मानिसको रक्तप्रवाहमा सिधा प्रवेश गर्न सक्छन् । यिनै बिषाक्त कणहरुको कारण श्वासप्रश्वासको समस्या  देखि मानिसको मृत्यु समेत निम्तिन सक्छ ।  

त्रिभुवन विश्वविद्यालयको पाटन बहुमुखी क्याम्पसका सहायक प्राध्यापक नारायणबाबु धितालका अनुसार वन डढेलाले हुने मृत्युदर ठयाक्कै यति हो भनेर यकिन नभएकाले यसका लागि तथ्यांक संकलन गर्न आवश्यक छ ।

‘सन् २०१९ मा पिएम २.५ जस्ता सुक्ष्म कणहरुले नेपालमा कुल  ४८ हजारको मृत्यु भएको थियो । हामीले अध्ययनलाई  विश्लेषण गर्ने क्रममा ग्लोबल बर्डन अफ डिजिजका द्वितीय तथ्यांकलाई हेरेका थियौ,’ उनी थप्छन् ।  

वन जंगलमा हुने आगलागीबाट उत्सर्जित कालो कार्बन वा धुँवालाई जलवायु परिवर्तनको कारक समेत मानिन्छ । यसले  हिन्दूकुश हिमालय क्षेत्रमा रहेका जलवायु प्रणालीलाई समेत प्रभाव पार्ने क्षमता राख्दछ ।  

क्लिन एयर फन्डले हालै जारी गरेको एक अध्ययन प्रतिवेदनका अनुसार कालो कार्बनले हिमनदी पग्लने गतिलाई तीब्र पार्न र मनसुनको नियमित प्रक्रियालाई समेत परिवर्तन गर्न सक्दछ ।  

‘हामीलाई थाहा छ कि हिन्दुकुश हिमालयमा हिमनदी पग्लिनमा कालो कार्बनले उल्लेखनीय योगदान पु¥याएको छ ।  केही क्षेत्रमा त यो  प्रदूषकका कारण ३९ प्रतिशतसम्म हिउँ पग्लिएको पाइएको छ । कालो कार्बन उत्सर्जनलाई सम्बोधन गर्न समन्वित, वहुक्षेत्रीय दृष्टिकोण आवश्यक छ,’ इसिमोडका अर्का वायु प्रदुषण विश्लेषक खुश्वु शर्मा भन्छिन् ।  

‘यो गर्न सकेमा हाम्रा हिमनदीहरू मात्र सुरक्षित हुदैनन, यस क्षेत्रका लाखौं मानिसहरूको लागि सफा हावा सुनिश्चित हुन्छ,’  शर्मा भन्छिन् ।  

विशेषगरी वालीनाली थन्क्याएपछि बाँकी रहेका कृषि अवशेषहरु जलाउँदा निस्कने धुँवा र वन ढडेलोको कारण निस्कने धुँवाका कारण नेपालमा माघ, फागुन, चैत र वैशाख महिनामा प्रदूषण ह्वात्तै बढ्ने गरेको पाइन्छ ।

नेपालको वातावरण विभाग र अन्य निकायहरुको सक्रियतामा  देशका विभिन्न स्थानमा स्थापना गरिएको वायु गुणस्तर मापन केन्द्रहरुले देशव्यापी रुपमा प्रदूषणका हिसाबले ‘हटस्पटहरू’ पत्ता लगाउन सहज पारेको वैज्ञानिक ठान्छन् ।  

विश्वव्यापी रुपमा भैरहेको तापक्रम वृद्धिलाई सीमित गर्न लागि कार्बन उत्सर्जन कटौती गर्ने प्रयाशलाई प्रभावकारी पार्न एकातिर आवश्यक छ भने अर्काेतिर बन डढेलो निगरानी प्रणाली, दिगो भूमि व्यवश्थापन सहितको योजनाले भविश्यमा वायु प्रदुषण रोक्न सहयोगी हुने इसिमोडको वैज्ञानिकले बताएका छन् ।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस