तौलिहवामा श्री राम कथा ज्ञान महायज्ञ सञ्चालन
१७ चैत्र २०८१
•
२ मिनेट पाठ
तौलिहवामा श्री राम कथा ज्ञान महायज्ञ सञ्चालन
धार्मिक र ऐतिहासिक स्थलले भरिभराउ रहेको कपिलवस्तुको धार्मिक पर्यटक वृद्धि र शान्ति स्थापनाका लागि कपिलवस्तुको तौलिहवामा चैत्राष्टमीको अवसर पारेर श्री राम कथा ज्ञान महायज्ञ सञ्चालन गरिएको छ ।




कपिलवस्तु नगरपालिका वडा नम्बर २ तौलिहवा स्थित श्री बुद्ध पद्यम माबिको खेल मैदानमा चैत्र १७ देखि २५ गतेसम्म ज्ञान महायज्ञ आयोजना गरिएको हो । महायज्ञको पहिलो दिन १ हजार ८ कलश सहित प्राचीन बाणगंगा नदीको रामघाटबाट महायज्ञ स्थल सम्म हात्ती, रथ, झाँकी र बाजागाजा सहित तथा शोभा यात्रा गरिएको थियो । 

श्रद्धालुहरू कलश तथा शोभा यात्रामा सरिक भई महायज्ञका लागि जल लिन रामघाटमा पुगेका थिए । नौ दिनसम्म चल्ने महायज्ञमा अयोध्या स्थित मानव धर्म स्थान संस्थानका अध्यक्ष आचार्य पण्डित रमोज वत्स जी महाराजबाट दैनिक कथा वाचन हुने आयोकजकले जनाएको छ । त्यसैगरि आचार्य राजेश जी महाराज, आचार्य कमलेश जी शास्त्री, आचार्य सत्यम जी महाराज, आचार्य पण्डित ऋतुराज शास्त्री जी लगायतले दैनिक सङ्गीत भजन, गीत प्रणायाम, यज्ञ मण्डपमा पूजा तथा हवन, महाआरती, सङ्गीतमय राम कथा, धार्मिक लिला एवं झाँकी प्रदर्शन गर्ने छन् ।

महायज्ञको पुर्णाहुती तथा हवन चैत्र २४ गते हुने प्रसाद ग्रहण सहित समापनको कार्य चैत्र २५मा गर्ने गरी योजना अगाडि बढाइएको मूल समारोह समितिले जनाएको छ । साउन महिना कावर जलयात्रामा सरिक हुने श्रद्धालुको संख्या बढेका भन्दै अहिले सञ्चालन गरिएको महायज्ञले समेत धार्मिक पर्यटन बढ्ने मूल समारोह समितिका सदस्य गणेशलाल कर्णले बताए । उनले महायज्ञलाई तत्कालका लागी पाँच बर्ष सम्म निरन्तरता दिने योजना समितिको रहेको उनले प्रस्ट्याए ।

राम कथामा प्रस्तुत हुने रामको आदर्श, भरतको भातृत्व र सिता माताको निष्ठाले समाजलाई सकारात्मक मार्गमा डो¥याउने उनले बताए । महायज्ञले सनातन धर्म संरक्षण तथा भातृत्व र मेलमिलापको सन्देश दिने महायज्ञ मूल समारोह समितिका अध्यक्ष बिरेन्द्र चौधरीले बताए । उनले विश्व शान्तिको सन्देश प्रवाह गर्दै सनातन धर्म संस्कृति संरक्षणमा युवा पुस्तालाई समेत जागरूक बनाउन महायज्ञले भूमिका खेल्ने बताए ।

लुम्बिनी प्रदेशसभाका सदस्य मधुसुदनशरण चौधरीले  ऋषीमुनीहरूको तपोभुमी, प्राचीन तौलेश्वर नाथ महादेवको मन्दिर र गौतमबुद्धको जीवनी जोडिएको कपिलवस्तु जिल्लाको प्रचार प्रसार तथा प्रबद्र्धनमा महायज्ञले प्रवर्द्धन गर्ने बताए । नेपाल भारत सहितका छिमेकी स्थलका श्रद्धालु सरिक हुँदा कपिलवस्तुको प्रचार प्रसारमा टेवा पुग्ने उनले बताए । कलश तथा शोभा यात्रामा जिल्लाको बिभिन्नस्थानबाट पहाडी, मधेसी र थारु समुदायका ठुलो संख्यामा श्रद्धालु सरिक भएका थिए ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस