ईदको रमझम : मुस्लिम महिलाहरूको मस्जिदमा सामूहिक नवाजले थप्यो उल्लास
१७ चैत्र २०८१
•
४ मिनेट पाठ
ईदको रमझम : मुस्लिम महिलाहरूको मस्जिदमा सामूहिक नवाजले थप्यो उल्लास
इस्लाम समुदायले एक महिनासम्मको रमजान पर्वको उपवास समापन गरेको भोलिपल्ट मनाइने खुशीयालीको चाड हो-ईद। ईदको अर्थ नै खुशीयाली हो, र रमजान सम्पन्न भएको उपलक्ष्यमा मनाइने भएकाले यसलाई ईदुल फित्र पनि भनिन्छ। यो पर्वमा विपन्न, अशक्त, टुहुरा र असहायलाई दान दिएर खुशीयालीमा सहभागी गराउने परम्परा छ। 




अरबी पात्रोअनुसार एक महिनाको उपवासपछि चन्द्रमाको दर्शन गरेर रमजान समापन हुन्छ, र भोलिपल्ट ईद मनाइन्छ। सोही रात देखिने चन्द्रमालाई ‘ईदको चाँद’ भनिन्छ। चन्द्रमा नदेखिएसम्म पर्व जारी रहने नियम छ। इस्लाम धर्मावलम्बीले यो दिन नयाँ लुगा लगाउने, आफन्त भेट्ने, उपहार साटासाट गर्ने र मीठो खाना खाने गर्छन्। रमजानमा दिनभर उपवास बस्ने, कम बोल्ने, झूट नबोल्ने, ईर्ष्या र लोभ नगर्ने, अरूलाई हानि नपुर्‍याउने र कुरान पाठ गर्ने प्रचलन छ।  

रमजान महिनालाई तीन भागमा विभाजन गरिन्छ, जसमध्ये तेस्रो भागलाई विशेष महत्त्व दिइन्छ। यो भागमा १० दिनसम्म समाजका एक व्यक्तिले नजिकको मस्जिदमा बसी धार्मिक पाठ गर्छन्। नित्यकर्मबाहेक बाहिर ननिस्कने यो परम्परा समाजमा आउन सक्ने विपत्ति हटाउन र मानवताको उद्देश्यले गरिन्छ। ईदगाहमा सामूहिक पाठपछि मृतकको सम्झनामा करबलामा नवाज पढ्ने चलन छ।

गरिब मुस्लिमलाई दिइने दानलाई ‘फित्र’ भनिन्छ। मौलाना मिर्जा अन्सारीका अनुसार, घरमुलीले परिवारको प्रत्येक सदस्यका तर्फबाट २ किलो ४५ ग्राम गहुँ वा सोबराबरको नगद वा सामान दान गर्नुपर्छ। इस्लामका पाँच मुख्य स्तम्भ-हज, जकात, नमाज, कुरबानी र रमजानमध्ये रमजान पनि एक हो। यो पर्व धार्मिक निष्ठासाथ मनाइन्छ र दिनमा पाँच पटक नमाज पढिन्छ। 

 

ईदुल फित्रमा मुस्लिम महिलाको विशेष सहभागिता
ईदुल फित्रको दिन सोमबार जिल्लाका विभिन्न ईदगाह र मस्जिदमा मुस्लिम समुदायले सामूहिक नवाज पाठ गरी हर्षोल्लाससाथ पर्व मनाए। एकअर्कालाई शुभकामना साट्दै उनीहरूले देशमा शान्ति, सुरक्षा र अमनचयनको कामना गरे। कपिलवस्तुका विभिन्न मस्जिदमा मुस्लिम महिलाले सामूहिक नवाज पाठ गरे। एक महिनाको रमजान रोजा समापनपछि तौलिहवाका दुई मस्जिद, अभिराव, नन्दनगर, कृष्णनगरलगायत जिल्लाका १० पालिकाका मस्जिदमा विशेष नवाज पढियो। मस्जिदमा नवाज पढ्न पाउँदा महिलाहरूले खुशी व्यक्त गरे।  

कपिलवस्तु नगरपालिका–१ नयाँटोलकी रबिया निशाले बिहान आफन्तसँगै छोटकी तौलिहवाको ‘ईमाम अहमद बिन हम्बल मस्जिद’मा पुगेर नवाज पाठ गरिन्। रमजानमा घरमै दिनको पाँच पटक नमाज पढ्ने उनले परिवारसहित मस्जिद पुगेकी थिइन्। बुर्का लगाएर गएकी उनले एक घण्टासम्म महिलाहरूसँगै पाठ गरिन्। ‘ईदमा परिवार र आफन्तसँग मस्जिदमा सामूहिक नवाज पढ्दा खुशी लाग्छ, छुट्टै आनन्द मिल्छ र अल्लाहको बरकत पाइन्छ जस्तो लाग्छ,’ मस्जिदबाट फर्किंदै उनले भनिन्।  

त्यस्तै, कपिलवस्तु नगरपालिकाकी साकिरा खातुन बिहान ८ बजेको सामूहिक नवाज अघि नै छोटकी तौलिहवाको मस्जिद पुगिन्। आफन्तसँगै नवाज पाठ गरेकी उनले ईदमा मस्जिदमा पाठ गर्न पाउँदा रमाइलो लाग्ने बताइन्। त्यहाँ ३०० भन्दा बढी महिलाले सामूहिक नवाज पढे। मस्जिदमा पुरुष र महिलालाई छुट्याउन टेन्टको पर्दा प्रयोग गरिएको थियो। हदिफ समुदायका महिलाले रमजानमा पुरुषसरह रोजा बस्ने र ईदगाह वा मस्जिदमा नवाज पढ्ने अधिकार पाएको मौलाना मोहम्मद मुस्तफा मदनीले बताए। देशमा अशान्ति बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले शान्तिको कामना गरिएको जनाए।  

कृष्णनगर, भैसकुण्डा, नन्दनगर, अभिरावलगायतका ईदगाहमा पनि महिलाले सामूहिक नवाज पाठ गरे। तर, सुन्नत समुदायका पुरुषले मात्र ईदगाहमा नवाज पढे। कपिलवस्तु–१ बसपार्क छेउको ईदगाहमा नुर मोहम्मद खालिदले शान्ति, स्थिरता र आर्थिक विकासको कामना गरेको बताए। ‘यो महान पर्वमा सबैले खुशीयाली बाँड्न चाहन्छौँ, देशभर राम्रो होस् भन्ने चाहेका छौँ,’ उनले भने।

जनप्रतिनिधि र नेताहरूको शुभकामना
ईदमा जनप्रतिनिधि र राजनीतिक दलका नेता शुभकामना दिन ईदगाह पुगे। कांग्रेस, एमाले र जनता समाजवादी पार्टीका नेताहरू तौलिहवाको बसपार्क छेउको ईदगाहमा पुगेका थिए। कांग्रेस सांसद सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सदस्य सुधार पाण्डेयलगायतले शुभकामना दिए। त्यहाँ १५०० भन्दा बढी मुस्लिमले सामूहिक नवाज पढे। मुस्लिम अगुवा रउफ अहमदले नेताहरूले ईदगाहमै शुभकामना दिएकोमा खुशी व्यक्त गर्दै हकअधिकारका लागि साथ दिन आग्रह गरे। सरकारले ईदमा सार्वजनिक बिदा दिएकोमा उनले प्रशंसा गरे।

अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस