२५ करोड बराबरको डलर र युरो बरामद
०५ चैत्र २०८१
•
४ मिनेट पाठ
२५ करोड बराबरको डलर र युरो बरामद
ट्रकबाट बरामद डलर, युरोसहित चालकलाई मंगलबार सार्वजनिक गर्दै प्रहरी। तस्बिर: दीपेश दर्शनधारी/नागरिक
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमबार साँझ सूचना आयो - रसुवा नाका हुँदै चीन पुर्‍याउन अवैध विदेशी मुद्रा काठमाडौंबाट लगिँदै छ। त्यसपछि कार्यालयबाट प्रहरी टोली खटियो। सूचना पछ्याउँदै गएको टोली राति ११ बजे टोखा नगरपालिका वडा नं. २ झोरमा पुग्यो। त्यहाँ ना ७ ख १६५२ नम्बरको ट्रक फेला पर्‍यो। उक्त ट्रक त्रिशूली हुँदै केरुङतर्फ हिँडिरहेको सूचना प्रहरीसँग थियो।




ट्रकमा चालक एकजना मात्र थिए। उनी थिए– सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ का फुच्चे भनिने ४३ वर्षीय कुशाङ लामा। प्रहरीले सामान्य सोधपुछ गर्दा शंकास्पद कुरा गरेपछि प्रहरीले ट्रकसहित लामालाई नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालय टेकुतर्फ लिएर आयो।

टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेपछि प्रहरीले थप सोधपुछ गर्दा लामाले ट्रकमा सामान रहेको र त्यो के हो आफूलाई थाहा नभएको बताए। त्यसपछि प्रहरीले खानतलासी गर्दा क्याबिनमा चालक सिटको माथि हुने फल्सबटन बनाई र्‍याप गरेर लुकाएर राखिएको अवस्थामा सामान फेला पर्‍यो।

प्रहरीले खोलेर हेर्दा अमेरिकी डलर र युरो नोटका बन्डलैबन्डल फेला परे। जसमा अमेरिकी डलर १०० दरका नोट तीन हजार एक सय १९ थान र ५० दरको नोट एक सय ७९ थान फेला परेको अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिए।

उनका अनुसार त्यही बक्समा युरो ५०० दरका ११ थान, २०० दरका चार सय ८० थान, १०० दरका चार हजार एक सय ४८ थान र ५० दरका सात हजार एक सय ७७ थान नोट फेला परे। नेपाली विनिमय दरअनुसार हिसाब गर्दा बरामद ती नोटको मूल्य २५ करोड एक लाख ६० हजार तीन सय ८० रुपैयाँ हुने एसएसपी बस्नेतले जानकारी दिए।

पक्राउ परेका लामा भरिया मात्रै रहेको प्रहरीले दाबी गरेको छ। ‘ट्र्याक रेकर्ड’ भने उनी पुरानै तस्कर गिरोहको सदस्य रहेको प्रहरीकै अर्को भनाइ छ। प्रहरीका अनुसार उनी यसअघि सुन तस्करीमा पक्राउ परेर पाँच वर्षको कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। यसअघि अपराध अनुसन्धान कार्यालयकै टोलीले २०७३ पुस १३ गते कलंकीबाट सात किलो सुनसहित लामालाई पक्राउ गरेको थियो।

त्यतिबेला रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा८च ७४२० नम्बरको गाडीबाट उनलाई पक्राउ गरेको थियो।

गाडीको अगाडिको भागमा हुने हावा फिल्टर गर्ने बक्समा उक्त सुन भेटिएको थियो। त्यतिबेला पनि लामा उक्त गाडीको चालक रहेकाले भरिया मात्रै देखिएको प्रहरी अनुसन्धानको निष्कर्ष थियो। त्यसपछि पाँच वर्ष कैद सजाय भुक्तान गरेर उनी २०७८ सालमा मुक्त भएका प्रहरीले जनाएको छ।

त्यसयता पनि उनी सोही रुटमा नियमित ट्रक चलाउँदै आएको प्रहरीले जनाएको छ। अहिले बरामद ट्रक पनि लामाको आफ्नै भएको देखिएको छ। उनले आमाको नाममा ट्रक दर्ता गरेको पाइएको एसएसपी बस्नेतले बताए।

सुन तस्करसँग ‘नेक्सस’

लामाको अहिले पनि सुुन तस्करसँगै ‘नेक्सस’ रहेको देखिएको एसएसपी बस्नेत बताउँछन्। तर यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको उनले सुनाए। ‘लामाको विगत, अहिलेको गाडी चलाउने रुट, काम गराइ, अहिले पक्राउ पर्दा देखिएको अवस्था र डलरदेखि युरोसम्मका विदेशी मुद्राको स्थिति हेर्दा अहिले पनि उनको सुन तस्करसँग सम्बन्ध रहेको देखिन्छ,’ बस्नेतले भने।

प्रहरीको अनुमानमा लामाले चीनको नाकासम्म ट्रकमा विदेशी मुद्रा पुर्‍याउने, त्यहाँबाट चिनियाँ भिसामा रहेको वा पहुँचमा रहेका व्यक्तिले रकम लगेर चीनबाट सुन ल्याएर उनलाई दिने र त्यो सुन नेपाल ल्याउने गरेको हुन सक्छ। ‘अहिले बरामद रकम पनि चीनतर्फ लैजान लागेको हुन सक्छ। बाँकी कुरा थप अनुसन्धान पछि भन्न सकिन्छ,’ मंगलबार पत्रकार सम्मेलनमा एसएसपी बस्नेतले भने।

प्रहरीसँगको प्रारम्भिक बयानमा लामाले आफू भरिया मात्रै रहेको भन्दै त्यो रकमबारे जानकार नरहेको बताएका छन्। उनले आफूलाई चिनियाँ नागरिकले सामाखुसीमा पोका दिएको र आफूले सिटमाथि राखेर लगिरहेको बयान दिएको प्रहरीको दाबी छ।

पैसाको मालिक र स्रोत अज्ञात

यति ठुलो मात्रामा विदेशी मुद्रा कहाँबाट आयो र त्यसको मालिक को हो भन्ने विषयमा प्रहरीले अहिलेसम्म पत्ता लाग्न नसकेको बताएको छ। स्वयं लामाले पनि त्यो रकमको मालिक को हो भनेर खोलेका छैनन्।

प्रहरीले यति ठुलो मात्रामा अवैध विदेशी मुद्रा बरामद भएको सम्भवतः पहिलो पटक भएको जनाएको छ। पहिले लामाको गाडीबाट बरामद सुनको मालिक हालसम्म पत्ता नलागेकाले अहिले बरामद मुद्राको मालिक पनि पत्ता लाग्ने सम्भावना कम रहेको प्रहरीका पुराना अधिकारीको आशंका छ।

लामालाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको छ। राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत उनीमाथि मुद्दा चल्न सक्ने एसएसपी बस्नेतले बताए।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस