पूर्वपश्चिम राजमार्गसँग चार वटा वडाको द्रुत सम्पर्क स्थापित गर्न मंगलबार लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले कालोपत्रे सडकको शिलान्यास गरेका छन्। यो सडक शिलान्याससँगै यस भेगका जनता धुलाम्य यात्राबाट मुक्ति पाउने आशा गरिएको छ।
अहिले यस भेगका जनता लहान नगरपालिकाको थाना चौकदेखि कटहा सम्मको जीर्ण सडक भएर धुलाम्य यात्रा गर्न बाध्य छन् । कटहा हुँदै लहान ठाढी सडक भएर यस भेगका जनता भारतीय सहर लौकाहामा दैनिक उपभोग्य सामान खरिद गर्न जाने गरेका छन् । सँगै, यसै सडक भएर हुलाकी मार्ग मार्फत प्रशासनिक र अदालती कामका लागि यस भेगका जनता सिरहा र राजविराज जाने गरेका छन् ।
‘आज शिलान्यास भएको छ लहान नगर प्रमुख महेश प्रसाद चौधरीले भने, ‘यो कालोपत्रे (अस्फाल्ट) सडक निर्माणपछि चार वटा वडाका थुप्रा जनताको यात्रा सहज हुन्छ । यस सडकले लहान नगरपालिका– १, २, ३ र १९ नम्बर वडाका जनतालाई प्रत्यक्ष रुपमा लाभान्वित गर्नेछ ।'
लहान नगरपालिकाले भ्याटसहित चार करोड ५१ लाख ३ हजार ८ सय १८ रुपैयाँमा रिलायन्स बिल्डर्स एण्ड सप्लायर्ससँग यो सडक निर्माण गर्न ठेक्का सम्झौता गरेको छ । २०८१ फागुन ६ गते सम्झौता भएको उक्त सडक ०८३ असार २० गते सम्पन्न गर्ने सम्झौता छ ।
लहान नगरपालिकाले प्रत्येक वडालाई सडक सञ्जालसँग जोडेर राजमार्गको पहुँचमा पुर्याउने कार्यलाई अघि बढाएको नगर प्रमुख चौधरीले बताए । प्रत्येक वडाका जनताको पहुँच सहज बनाउने अभियान अन्तर्गत पक्की र कालोपत्रे सडक निर्माण कार्य द्रुत गतिमा अघि बढाइएको उनले बताए ।