अझै बनेन पान्तडी पुल
२५ फागुन २०८१
•
४ मिनेट पाठ
अझै बनेन पान्तडी पुल
कर्णाली राजमार्गको सेरी–पान्तडी जोड्ने तिला नदीको पक्की पुल निर्माण सम्झौता सकिएको २१ महिना बितिसक्दा पनि काम सुरु भएको छैन। डिजाइन र पक्की पुल निर्माणका लागि सडक विभागअन्तर्गतको पुल महाशाखा काठमाडौंले २०७७ चैत १२ मा गरेको ठेक्का महादेव खिम्ती निर्माण सेवाका रवि सिंहले आठ करोडमा पाएका थिए।




सम्झौतापत्रमा ठेकेदारले २०८० असार १२ मा पुल निर्माण गरिसक्नुपर्ने उल्लेख छ। अवधि सकिएको २१ महिना बितिसक्दा पनि तिला नदी पक्की पुल बनेको छैन। ठेक्का सम्झौता भएको पाँचसम्म पनी एउटा पुल निर्माण भएको छैन। ‘ठेकेदारले काम सुरु नै गरेको छैन’, महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले भने, ‘ठेकेदारको लापरबाहीले जनताले दुःख पाएका छन्।’

पान्तडीमा पुल नबन्दा महाबै गाउँपालिकाका वासिन्दा कर्णाली राजमार्गसँग जोडिन नसकिएको उनको गुनासो छ। पुल निर्माणको ठेक्का भएर सुरुको सम्झौताअनुसार काम सक्नुपर्ने अवधि सकिएको २१ महिना बितिसकेको अध्यक्ष सिंहले बताए।

‘पहुँचवाला ठेकेदार भएकाले कामै गरेका छैनन्। कहिले स्थानीयको अवरोध, कहिले बाढीपहिरो त कहिले कोभिड भन्दै म्याद थप्दै आएका छन्’, सिंहले भने, ‘पुल छिटो बनाउन गाउँपालिकाले पटकपटक ताकेता पत्र लेखे पनि कुनै सुनुवाइ भएन।’ पुल निर्माणस्थलमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन।

पुल निर्माणको ठेक्का म्याद भने ठेकेदारले पहुँचका भरमा थप्दै आएका छन्। कालीकोटको सेरीघाटदेखि शुभकालिका र महाबै हुँदै खाँडाचक्रको बिर्तामोड जोड्ने सडकको पक्की पुल निर्माणका लागि सडक विभागअन्तर्गतको पुल महाशाखा काठमाडौंले २०७७ चैत १२ मा गरेको ठेक्का महादेव खिम्ती निर्माण सेवाका रवि सिंहले आठ करोडमा पाएका थिए। सम्झौतापत्रमा ठेकेदारले २०८० असार १२ मा पुल निर्माण गरिसक्नुपर्ने उल्लेख छ। अवधि सकिएको पनि २१ महिना बितिसकेको छ।

पुलको डिजाइन समयमै स्वीकृत नगरिदिँदा निर्माण कार्यमा ढिलाइ भएको महादेव खिम्ती निर्माण सेवाका रवि सिंहले बताए। ‘ढिलो नक्सा स्वीकृत भयो। स्थानीयले मुआब्जा भन्दै साइडमा काम गर्न जाँदा अवरोध गरेकाले ढिलो भएको हो’, उनले भने।

फाइनल डिजाइन समयमै स्वीकृत भएन, अहिले पनि महाशाखाले डिजाइन पाएपछि कुनै पत्राचार नगरेकाले कम सुरु नगरेको उनको भनाइ छ। निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुन्।

महाबै र शुभकालिका गाउँपालिकालाई कर्णाली राजमार्गसँग जोड्ने पान्तडी पक्की पुल निर्मार्णका लागि निर्माण व्यवसायी र पुल महाशाखालाई पटकपटक अनुरोध गर्दा पनि काम सुरु हुन नसकेको महाबै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले सुनाए। ‘पान्तडी पुलकै लागि २० पटक गाउँपालिकाको टोली काठमाडौं पुग्यो होला, तर सुनुवाइ भएको छैन’, उनले भने।

अनेक बहाना गरेर ठेकेदारले काम नगरेको पुल सेक्टर नं ५ कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले बताए। ‘ठेकेदार पन्छिन खोजेजस्तो देखिन्छ। गएको माघ १० मा म्याद थप र रकम भुक्तानीको पत्र पठाएको छ। हामी बुझेर पत्रको जवाफ पठाउँछौं’, उनले भने। साइडमा खाल्डो खन्नेबाहेक काम भएको छैन।

गाउँपालिकाले पुल निर्माणमा ढिलाइ भएको जनाउँदै गत जेठ ३१ मा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीमार्फत सडक विभाग पुल महाशाखा बबरमहल काठमाडौंलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। पालिकाले गत फागुन १५ मा पुनः ठेकेदारको फर्म महादेव खिम्ती निर्माण सेवालाई कामको प्रगति नभएको कारण सोध्दै पत्राचार पनि गरेको छ।

तिला नदीमा पक्की पुल नबन्दा गेलाका स्थानीय पिली र बिर्तामोडबाट हिँडेर गाउँ पुग्न बाध्य भएको स्थानीयको भनाइ छ। यहाँ पुल बनेपछि सुर्खेतबाट जुम्ला जाने गाडी मान्मको उकालो नगएरै भर्तागाड, सुकाटिया, मुग्राहा हुँदै गेलाको पान्तडीबाट बित्तामोडमा कर्णाली राजमार्गमा जोडिनेछन्।

बनेन बेलिब्रिज

सोही ठाउँ जोड्ने तिला नदीमाथिको बेलिब्रिज निर्माण गर्न एक करोडभन्दा बढी रकम खर्च भएको पाइएको छ। कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकको महाबै र शुभकालिका गाउँपालिकालाई कर्णाली राजमार्गसँग छिटो जोड्न सात वर्षअघि यही तिला नदीमाथिको पान्तडी बेलिब्रिज निर्माणका लागि एक करोड ३० लाख खर्च भए पनि हाल कुनै संरचना छैनन्।

बेलिब्रिजको गाउँपालिका र सडक विभागको गरी एक करोड ३० लाख खर्च भइसकेको छ। नदी वारिपारि बनाएका संरचना र केही सामान बाढीले बगाए पनि त्यो पनि अललपत्रै परेको छ। ‘पुल निर्माणका लागि सडक विभागको ३० लाख खर्च भइसकेको छ भने महाबै गाउँपालिकाको एक करोड पनि सकिएको महावै गाउँपालिका पूर्वउपाध्यक्ष मनराज शाहीले भने। सडक विभागले बेलिब्रिजको स्टिल पार्ट ढुवानी र साइडको पर्खाल उठाउन रकम खर्च गरेको हो भने गाउँपालिकाले बेलिब्रिज निर्माण हुने स्थलसम्म सडक निर्माण चट्टान फुटाउन खर्च गरेको थियो।

पान्तडीमा बेलिब्रिज निर्माण गर्न सडक विभागले दैलेखको रामाघाटमा नेपाली सेनाले जडान गरेको बेलिब्रिजको स्टिलपार्ट पान्तडीमा जडान गर्ने गरी एक करोड १४ लाख रकमको स्टिमेट तयार गरी ठेक्का गरेकोमा घटेर हिमाली निर्माण सेवा जुम्लाले ८२ लाखमा ठेक्का लिएको थियो।

२०७४ चैतमा सम्झौता गरेर २०७५ असारसम्म कार्यसम्पन्न गर्नुपर्नेमा पुल नबनेरै रकम सकिएको स्थानीयको गुनासो छ। ठेक्का सम्झौताअनुसार काम नभएपछि ठेक्का रद्ध प्रक्रियामा रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। कालीकोट जिल्लामा चार वर्ष पहिलेका पुराना आयोजना अहिले पनी अलपत्र अवस्थामा छन्।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस