कीर्तिमानी पर्वतारोही पूर्जालाई गृहजिल्लामा सम्मान, भने: जन्मभूमिको पर्यटन विकासमा सघाउँछु
२३ फागुन २०८१
•
३ मिनेट पाठ
कीर्तिमानी पर्वतारोही पूर्जालाई गृहजिल्लामा सम्मान, भने: जन्मभूमिको पर्यटन विकासमा सघाउँछु
पर्वतारोहणको क्षेत्रमा विश्व कीर्तिमान कायम गर्न सफल बनेका निर्मल पूर्जा (निम्स)का लागि बिहीबार गृहजिल्ला म्याग्दीमा एक भव्य समारोहबीच सम्मान गरिएको छ। पर्वतारोही निर्मल पूर्जा (निम्स) सम्मान मूल समारोह समितिको आयोजनामा विश्व किर्तिमानी निर्मल पूर्जा (निम्स दाइ)लाई नौमति, धिमे, थाली नाच सहित सांस्कृतिक बाजागाजाका साथ विभिन्न झाँकीले बेनीबजार परिक्रमापश्चात् जिल्ला समन्वय समितिको सभाहलमा पुगेर अभिनन्दन गरिएको थियो।




मूल समारोह समितिको आयोजना र बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा, मंगला, मालिका, धवलागिरि गाउँपालिका, म्याग्दी उद्योग वाणिज्य संघ तथा मिलन म्याग्दीको सहयोगमा पर्वतारोही पूर्जालाई नागरिक अभिनन्दन गरिएको समितिले जनाएको छ। उक्त कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय पालिकाहरु, विभिन्न संघसंस्था, विद्यालय, निजी क्षेत्र, नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीसहित विभिन्न क्षेत्रबाट पूर्जालाई स्वागत, सम्मान र नागरिक अभिनन्दन गरिएको थियो।  

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले छोटो समयमा नै पर्वतारोहणको क्षेत्रमा विश्व कीर्तिमान कायम गर्न सफल बनेको भन्दै स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरिएको मूल समारोह समितिले जनाएको छ। पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ इतिहास कायम गरेर गृहजिल्ला म्याग्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै नागरिक अभिनन्दन गरिएको समारोहका मूल संयोजक एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताए।

पर्वतारोहणको क्षेत्रमा पूर्जाले अक्सिजन बिना नै विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरूको चुचुरोमा पाइला टेकेर सातवटै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने विश्वकै पहिलो आरोही हुन्। पूर्जाले म्याग्दीमा रहेको विश्वको सातौं अग्लो धौलागिरि र १०औं अग्लो चुचुरो अन्नपूर्ण हिमालबाट आरोहण सुरु गरेका थिए। नागरिक अभिनन्दनपछि पर्वतारोही पूर्जाले आफ्नो अनुभव सुनाउँदै नेपालको विकासका लागि पर्वतारोहणको क्षेत्रमा धेरै सम्भावनाहरू रहेको बताए। उनले देश विकास गर्न अब गाउँ गाउँबाट अभियान चलाउनुपर्ने बताए। सोही अवसरमा पर्वतारोहीद्वय निङमाडेबिट शेर्पा र पुरुषोत्तम नेपालीले पनि आ–आफ्नो अनुभव सुनाए।

बेनी नगरपालिका–३, भकिम्लीका १०१ वर्षीय भैरवबहादुर हुमेनले उद्घाटन गरेको पर्वतारोही पूर्जालाई आयोजित स्वागत तथा सम्मान कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र विद्यार्थी नेता प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्दै म्याग्दीलाई साहसिक पर्यटनको हवका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।  

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, विभिन्न वडाका वडाध्यक्षहरू र जनप्रतिनिधि लगायतको विशेष उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्दी सदरमुकाम बेनीबजारमा जिल्लास्थित विभिन्न संघसंस्थाहरूको सहभागितामा प्लेकार्डसहित र्‍याली निकालिएका थियो। बेनीबजारका स्थानीयवासीले आ–आफ्नो घर अगाडि जलघडा राखेर पूर्जाको स्वागत गर्नुका साथै घरका छत र बराण्डबाट जलफूलले वर्षा गरिएको थियो।

करिब १५ सयभन्दा बढी जनसहभागितामा बजार परिक्रममा गरिएको थियो। कार्यक्रम मूल संयोजक गौतमको अध्यक्षता एवं स्वागत र सदस्य तथा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो।
अर्को समाचार
विमानस्थलमा निर्मल पुर्जाको भव्य स्वागत (तस्बिरहरू)
०९ कार्तिक २०८१
•
१ मिनेट पाठ
विमानस्थलमा निर्मल पुर्जाको भव्य स्वागत (तस्बिरहरू)
इण्डोनेसीयाको कार्सटेन्ज पिरामिड आरोहण गरेर आरोही निर्मल पुर्जा नेपाल फर्किएका छन्। शुक्रबार पुर्जा नेपाल फर्किएका हुन्। 




उनले कार्सटेन्ज पिरामिड आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन्। कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरू मध्ये एक हो र यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ। कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर, निर्मल पुर्जाले आफ्नो सेभेन समिट च्यालेन्ज पूरा गरेका छन्।

केवल २ वर्ष ४ महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचराहरु अक्सिजन बिना आरोहण गरी विश्व कीर्तिमान भर्खरै सन् २०२४ को अक्टोबर २ तारिखमा कायम गरेका थिए। त्यसपछि सेभेन समिटको आरोहण गर्ने तृष्णाका साथ अघि बढेका आरोही निर्मल पुर्जा कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिटको सातै समिटहरू उक्लेर नेपाल फर्किएका हुन्।

यसका अलावा निर्मल पुर्जा विश्वको एक मात्र यस्ता पर्वतारोही हुनुहुन्छ जसले केवल ५ वर्ष ५ महिना र १२ दिनमा विश्वका सर्वाधिक अग्ला १४ चुचुराहरू अक्सिजन सहित र अक्सिजन बिना गरी आरोहण गरेर विश्व कीर्तिमान राखेका  छन्। सन् २०१९ को अप्रिल २३ बाट सुरु भएको उनको यो अठोट सन् २०२४ अक्टोबर ४ मा आएर पुरा भएको हो।

महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस