जुवातास खेलिरहेको अवस्थामा नगदसहित सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। बाँसगढी नगरपालिका–५ स्थित मुनलाईट होटलको कोठामा जुवा खेलिरहेका सात जना जुवाडेलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।
जुवा खालबाट नगद रु १ लाख ८४ हजार, ७ वटा मोबाइल, खेल्न प्रयोग गरिएको ३ गड्डी तास फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–५ का ३९ वर्षीय रामबहादुर बुढाथोकी, ३५ वर्षीय लक्ष्मीप्रसाद पौडेल, ४८ वर्षीय दयाराम लम्साल, ५२ वर्षीय शिवबहादुर सुनार, ३४ वर्षीय जिवन पौडेल, १९ वर्षीय दिपक सुनार र बढैयाताल गाउँपालिका–६ का ४१ वर्षीय विष्णुराज पौडेल रहेका छन्।
जिल्ला प्रशासनबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए।