सात महिनामा पाँच लाख बिदेसिए
१३ फागुन २०८१
•
३ मिनेट पाठ
सात महिनामा पाँच लाख बिदेसिए
हरेक वर्ष वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ। देशमा रोजगारीको अवसर नहुँदा लाखौं युवा बिदेसिने बाध्यता बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को (साउनदेखि माघ) पहिलो सात महिनामा वैदेशिक रोजगारीका लागि चार लाख ६५ हजार पाँच सय आठ जनाले श्रम स्वीकृति लिएका छन्। 




वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार पाँच सय ७५, भदौमा ५७ हजार चार सय ९३, असोजमा ५३ हजार पाँच सय २५, कात्तिकमा ७० हजार नौ सय ९०, मंसिरमा ८४ हजार दुई सय २६, पुसमा ६७ हजार दुई सय ५८ र माघमा ७२ हजार चार सय ४१ जनाले रोजगारीका लागि विभिन्न देश जान श्रम स्वीकृति लिएका हुन् ।

श्रम स्वीकृति लिने संख्या सबैभन्दा धेरै मंसिरमा र कम असोजमा रहेको छ। प्रमुख चाडपर्व सकिए लगत्तै कामको खोजीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको मंसिरको तथ्याकंले देखाएको छ। वैदेशिक रोजगारीका लागि मंसिरमा ८४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए त्यसपछि माघमा ७२ हजार पुगेको छ। २०८१ साउनदेखि माघ मसान्तसम्ममा श्रम स्वीकृति लिनेमा चार लाख १२ हजार पाँच सय ५२ जना पुरुष र ५२ हजार नौ सय ५६ जना महिला छन्। माघमा बाहिरिनेमध्ये ६४ हजार तीन सय ११ जना पुरुष रहेका छन् भने आठ हजार एक सय ३० जना महिला बाहिरिएका छन् ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार चालु आवमा वैदेशिक रोजगारीमा जान सबैभन्दा धेरै मंसिर र माघमा श्रम स्वीकृति लिएका छन्। नयाँभन्दा पनि बिदामा आएर पुनः वैदेशिक रोजगारीमा जाने धेरै भएकाले विगतको तुलनामा संख्या बढेको उनले बताए। विदेशमा काम गर्न जान श्रम स्वीकृति लिनुपर्छ। एक पटक वैदेशिक रोजगारीमा गएर फर्केकाले पनि मुलुकमा अल्झिने उपाय नभेटेपछि पुनः विदेशकै बाटो रोजेको सुवेदीले बताए। 

चालु आर्थिक वर्षको सात महिनामा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) जान श्रम स्वीकृति लिएका छन्। चालु आवको साउनदेखि माघसम्ममा मात्रै युएईका लागि एक लाख ४८ हजार एक सय ३३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले जनाएको छ। युएईमा श्रम स्वीकृति नलिएका महिला तथा पुरुषको गणना तथ्यांकमा छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। अहिलेको सन्दर्भमा महिला र पुरुष दुवैको रोजाइ युएई भएको विभागका अधिकारीहरूले बताएका छन्। यस्तै युएईपछि सबैभन्दा धेरै साउदी अरेबियाको लागि श्रम स्वीकृति लिएका छन्। साउदी अरेबियाको लागि सात महिनामा ९१ हजार तीन सय ४७ र कतारको लागि ८२ हजार २०० जनाले श्रम स्वीकृति लिएका छन्। मलेसियाको रोजगारी भने निरन्तर ओरालो लागेको छ।

श्रम बजारमा आप्रवासी श्रमिक संख्या बढी भएको भन्दै मलेसियाले मे अन्तिमसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको थियो। त्यसैले मलेसिया जाने नेपालीको संख्यामा कमी आएको हो। सात महिनामा मलेसियाका लागि १८ हजार एक सय ६४ जनाले श्रम स्वीकृति लिएका छन्। विभागका सूचना अधिकारी सुवेदीका अनुसार युएई जहिल्यै पहिलो श्रम गन्तव्य मुलुक बन्न पुगेको छ। वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको संख्या घटे पनि गत आर्थिक वर्षदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको संख्या बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको सुवेदी बताए। 

पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ। श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपाली जाने गरेको विभागको तथ्यांक छ। साथै नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको सुवेदीले बताए। चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै धनुषा र सबैभन्दा कम मनाङ रहेको विभागको तथ्यांकले प्रस्ट्याएको छ। 

केही वर्षदेखि धनुषा एक नम्बरमै छ। त्यस जिल्लाबाटै युवाहरू विभिन्न मुलुकमा रोजगारीको खोजी गर्दै बिदेसिएका छन्। वैदेशिक रोजगारीमा जानेको संख्या हरेक वर्ष बढे पनि अन्य जिल्लाले धनुषालाई उछिन्न सकेका छैनन्। यस अवधिमा सबैभन्दा धेरै धनुषाबाट २४ हजार दुई सय ६१ जना बाहिरिएका छन् भने सबैभन्दा कम मनाङबाट एक सय ४२ जना युवा मात्रै रहेको विभागले जनाएको छ ।
अर्को समाचार
तीन महिनामा एक लाख ७० हजार नेपाली श्रमिक बिदेसिए
२२ कार्तिक २०८१
•
६ मिनेट पाठ
तीन महिनामा एक लाख ७० हजार नेपाली श्रमिक बिदेसिए
देशमै सुरक्षित र भरपर्दो रोजगारी नपाउँदा दैनिक हजारौं नेपाली नागरिक बाहिरिन बाध्य भएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को तीन महिना (साउन, भदौ र असोज) मा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या एक लाख ७० हजार पाँच सय ९३ जना पुगेको छ। यो तीन महिनामा वैदेशिक रोजगारीमा जाने युवाको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।




नेपालीले रोजगारीका लागि रोज्ने देशहरूमा खाडी राष्ट्रमध्ये सबैभन्दा पहिलो युएई नै हो। रोजगारीका लागि साउनमा विदेसिएका ५९ हजार पाँच सय ७५ जना मध्ये युएई जानेको संख्या १७ हजार पाँच सय ४१ जना छ।

त्यसैगरी भदौमा विदेसिएका ५७ हजार चार सय ९३ जना युवामध्ये १८ हजार ६ सय पाँच जना र असोजमा ५३ हजार पाँच सय २५ जनामध्ये १७ हजार सात सय २४ युवाहरू श्रम स्वीकृति लिएर युएई पुगेका छन्। यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो।

गत आर्थिक वर्षबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। यसले चालु आर्थिक वर्षको तीन महिनामा समेत उच्च देखिनुले आगामी वर्ष पनि रेमिट्यान्स वृद्धि हुने देखिएको छ। विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷८१ साउनदेखि असारसम्ममा मात्रै एक लाख ९३ हजार चार सय ३८ युवा श्रमका लागि युएई पुगेका थिए। जसमा एक लाख ६६ हजार चार जना पुरूष र २७ हजार चार सय ३४ जना महिला श्रम स्वीकृति लिएर विदेसिएका छन्।

यस तथ्यांकमा श्रम स्वीकृति नलिई युएई पुगेका युवाको भने गणना छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। घरेलु कामदारका रूपमा पनि काम पाउने भएपछि उनीहरू त्यसरी जाने गरेका हुन्। विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले रोजगारीको खोजीमा विदेश जाने नेपालीको संख्यामा कमी नआएको बताए। रोजगारीका प्रमुख गन्तव्य मुलुक खाडी भएसँगै यो वर्ष पनि विदेसिनेको संख्या गत वर्षकै नजिक पुग्ने देखिएको बताउँछन्।

उनका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म युएई पहिलो श्रम गन्तव्य बनेको छ। असोजमा मात्रै युएईका लागि १७ हजार सात सय २४ जना, साउदी अरेबिया १० हजार चार सय ६८ जना, कतार नौ हजार सात सय ९८ जना, कुवेत तीन हजार आठ सय ७ जना र रोमानियाको लागि दुई हजार २०४ जना श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक विभागसँग छ।

‘नेपालीहरूको पहिलो रोजाइ युएई बनेको छ,’ सुवेदीले भने, ‘श्रमिकलाई मलेसिया जान बन्द भएर पनि हो युएई जानेको संख्या उच्च भएको। पछिल्लो वर्ष नेपाली श्रमिकको नयाँ गन्तव्य युरोप बनेको छ तर युरोपको प्रक्रिया चाल्दा असफल भएको खण्डमा खाडीलाई प्राथमिकता दिने हो। खाडीमध्येको पनि पहिलो रोजाइ भनेकै युएई हो ।’ खाडी राष्ट्रको तुलनामा सेवा सुविधा र श्रमिकमैत्री कानुन भएकाले पनि युरोप नेपालीहरूको आकर्षक गन्तव्य बनिरहेको विभागका सूचना अधिकारी सुवेदीले बताए।

‘भिजिट भिसामा गएर दुबईमा काम गर्नेको संख्या पनि उत्तिकै छ। भिजिट भिसामा युएई गई श्रम भिसा लिने र भारतको बाटो भएर वा अध्यागनसँग सेटिङ गरेर श्रम स्वीकृति नलिई युरोपेली देशहरू जानेहरूको संख्या पनि बढ्दो छ,’ उनले भने।

अहिले युएई, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य बनेका छन्। युरोपको विकसित देशमा छिर्ने बाटो खोजिरहेका युवाहरू क्रोएसिया, पोल्यान्ड, रोमानियाजस्ता देश पनि जान थालेका छन्। यसले नेपालीको श्रम गन्तव्य फेरिन सक्ने भए पनि विदेसिनै पर्ने आम मानिसको नियति भने नफेरिने संकेत गरेको छ।

‘बढ्दो सुविधा र विभिन्न कारणले नेपाली श्रमिकका लागि युएई पहिलो रोजाइ बनेको छ,’ उनले भने, ‘युएई एक समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मध्यपूर्वको व्यापार केन्द्र पनि हो। त्यसैले युएई सबैभन्दा धेरै नेपाली जाने गरेका छन्। दुबईमा उच्च जनसंख्या वृद्धिदरका लागि धेरै कारक छन्, तीमध्ये सबैभन्दा महŒवपूर्ण विश्वव्यापी दृष्टिकोण हो। जसका कारण धेरै विदेशी नागरिक यस क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दै गएको पनि छ।’

देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा ठूलो संख्यामा युवाहरू विदेसिएका छन्। महामारीका कारण देशमै केही स–साना व्यवसाय गरेर बसेका युवाहरू पनि विदेसिएका उनी बताउँछन्।

खाडी मुलुकमध्येको युएईको आकर्षणबारे सुवेदी भन्छन्, ‘एउटा अवधि काम गरेर स्वदेश फर्किएकाहरू पनि यहाँ अवसर नपाएकै कारण युएई नै फर्किरहेका छन्। मलेसिया बन्द भएपछि अन्य खाडी देश जानुभन्दा युएई जानु उपयुक्त ठान्ने गरेका छन्। धेरै नेपाली युवाका लागि विदेसिनु बाध्यता भएको छ।’

वैदेशिक रोजगारीमा युएईमा कारखाना, सरसफाइ, घरेलु काम, निर्माण क्षेत्र र सुरक्षा गार्ड आदिका लागि धेरै नेपाली विदेश जाने गरेको विभागका सूचना अधिकारी सुवेदीले बताए। ‘जहाँबाट कामदारको माग आउँछ, त्यहीं धेरै नेपाली जाने हुन् तर नेपाली कामदारहरू जाने गरेका अधिकांश गन्तव्य तलब÷सुविधा कम हुने खालका छन्,’ उनले भने।

विभागका सूचना अधिकारी सुवेदीका अनुसार युएई एसियाली र अफ्रिकी नागरिकहरूका लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य हो। ‘युएईमा विदेशी कामदारमध्ये सबैभन्दा धेरै भारतीय छन्,’ उनले भने, ‘त्यसपछि पाकिस्तानी, बंगलादेशी, फिलिपिनो, इरानी, इजिप्सियन, नेपाली, श्रीलंकाली र चिनियाँ छन्। धार्मिक र सांस्कृतिक विविधताले युएईलाई सहअस्तित्वको देश भनेर चिनाएको छ। त्यही विविधताले उनीहरूलाई त्यहाँ पु¥याउने गरेको छ।’

उनका अनुसार राजनीतिक र आर्थिक स्थिरताका कारण तुलनात्मक रूपमा विश्वभरका लगानीकर्ताहरूले युएईमा व्यापार खोल्न सस्तो र दिगो ठान्ने गरेका छन्। साथै स्वतन्त्र राष्ट्र बनेदेखि युएईले लाखौं आप्रवासीलाई आश्रय दिएको छ। युएईले तेल र पूर्वाधार गतिविधि सञ्चालन गर्दा रोजगारी र लगानीका अवसरको खोजीमा रहेका नेपालीले युएईलाई प्रमुख गन्तव्य मानेका हुन्।

वैदेशिक रोजगार विज्ञ गणेश गुरुङका अनुसार पर्यटकीय हिसाबले पनि घुम्न जानेको चाप युएईमा बढ्दो छ। युएई खुला मुलुक हो। नेपालबाट युएई गएका प्रायः युवामा सन्तुष्टि पाउने गरेका छौं। नेपालीले चाहे अनुसारको काम युएईमा पाइन्छ। ‘नेपाली आप्रवासीले काम गर्न र बस्न रोज्ने पाँच प्रमुख गन्तव्य देशमध्ये युएई एक हो,’ उनले भने, ‘अहिले खाडी मुलुकहरूमध्ये युएई वैदेशिक रोजगारीको पहिलो गन्तव्यका रूपमा रहेको छ।’

नेपाली भन्नेबित्तिकै राम्रो काम गर्ने, लगनशील, इमानदार र उत्कृष्टता प्रदर्शन गर्ने भनेर हरेक देशमा चिनिने गरेका छन् तर युएईलाई पहिलो गन्तव्य मुलुक बनाउँदै त्यहाँको केही वर्षको बसाइपछि थप अवसरका लागि साथै बढ्दो आर्थिक लाभ र गतिलो गन्तव्य खोज्दै युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशमा रोजगार स्थानान्तरण तथा पलायन भइरहेको अवस्था पनि देखिन्छ।

सुरक्षा, ड्राइभिङ, सेल्स, आतिथ्य, निर्माण, सरसफाइ आदि क्षेत्रमा नेपाली कामदारको युएईमा ठूलो माग छ। नेपालले यो देशमा अर्धदक्ष र दक्ष जनशक्तिलाई तालिम दिएर पठाउने हो भने धेरै फाइदा लिन सकिने आप्रवासी विज्ञ गुरुङले बताए। वैदेशिक रोजगारीका लागि व्यवस्थित, सुरक्षित र मर्यादित गन्तव्य मुलुकलाई मध्यनजर गर्दै आफ्नो परिवारसहित नेपाली युवा युएई जाने गरेका छन्।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०६४–६५ मा दुई लाख चार हजार श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेसिएका थिए। यसरी तथ्यांक बढ्नुमा गत वर्ष २०८०÷८१ र चालु आर्थिकको वर्ष समेत जोडिएकाले संख्या बढेर अकासिएको छ।  वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा एक सय ११ र व्यक्तिगतरूपमा एक सय ७८ वटा देशलाई खुला गरिएको छ। २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि एक हजार पाँच सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन्।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस