पोखरामा फोहोर संकलन दौड
१० फागुन २०८१
•
३ मिनेट पाठ
पोखरामा फोहोर संकलन दौड
पोखरामा शनिबार फोहोर संकलन दौडको सुरुवात गरिँदै। तस्बिरः नागरिक
हरियाली प्रर्वद्धन, जलवायु परिवर्तन र स्वच्छ सहरबारे सचेतना फैलाउनका लागि पोखरामा शनिबार फोहोर संकलन दौड आयोजना गरिएको छ। पालिखेचोकस्थित प्रतिभा माविमा भेला भएका तीनहजार बढी युवालाई सहभागि गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको थियो।  




प्रतिभा माविका प्राचार्य किरण सापकोटाका अनुसार युवापुस्तामा हरियालीको महत्व, जलवायु परिवतर्नको र स्वच्छ सहरबारे जानकारी दिलाउनका लागि विभिन्न निकायसँगको सहकार्यमा कार्यक्रम गरिएको हो। विद्यालयस्तरका विद्यार्थी सहितको यो सहभागिताले नयाँपुस्तामा हरियाली प्रवद्र्धनको महत्वबारे ज्ञान बढ्ने अपेक्षा रहेको उनले बताए।

‘युवापुस्ताले जलवायु परिवर्तनबारे उत्तिसारो चाँसो राखेको छैन। जलवायु परिवर्तनको असर नजानिदो तरिकाले परिरहेको छ, तर, त्यसमा नयाँ पुस्ताले ध्यान दिएको छैन,’ सापकोटाले भने, ‘युवालाई नै जागरुक गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।’  

पोखरामा फोहोर संकलन दौडका लागि मैनादेवी फाउन्डेसलने पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायतका निकायसँग सहकार्य गरेको थियो। उक्त दौडको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए। दौड उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्ता दौडले आम नागरिकमा फोहोर नगर्नका लागि जागरण ल्याउन सहयोग पुग्ने बताए। सहरमा देखिने फोहोर मात्र नभएर नागरिक भित्रको नकारात्मक सोचलाई बदल्न पनि यस्ता कार्यक्रमले सघाउने उनले बताए।  

फोहोर संकलन दौडले आमनागरिकमा सरसफाईको महत्व अझै बढि बुझ्न र व्यवहारमा लागु गर्न प्रेरित गरेको पनि उनले बताए। ‘सडकमा देखिएको फोहोर मात्र होईन हरेक नागरिकले आफु भित्रको नकारात्मक सोचलाई पनि सफा गर्न जरुरी छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सकारात्मक सोचले पनि बातावरण सफा राख्न सघाउँछ।’  
सबै नागरिक मिलेर सरसफाईलाई दैनिकीको हिस्सा बनाउँदा स्वच्छ पोखरा, स्वच्छ गण्डकी प्रदेश र सिंगो देशलाई नै स्वच्छ बनाउन सकिने उनले बताए। वातावरणीय प्रभाव र पर्यावरणमा देखिएको असर न्यूनिकरण गर्नु, प्रदुषण रहित वातावरण सिर्जना गर्नु सबैको दायित्व रहेको उनको भनाई छ। ‘अब सफाई गर्नुभन्दा फोहोर हुन नदिने अभियानमा सबै लाग्नुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘फोहोर सफा गर्ने भन्दा पनि फोहोर नै हुन नदिनेतर्फ ध्यान दिनुपर्छ। बाटोमा फोहोर फ्याकेर झ्यालबाट हेरेर बस्दै महामनगरलाई गालि गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ।’  

मैनादेवी फाउन्डेसनले लामो समयदेखि ‘स्वच्छ देश हाम्रो परिवेश’ भन्ने नाराका साथ सामाजिक सचेतना र पर्यावरणका क्षेत्रमा कार्यक्रम गर्दै आएको छ। हरियाली प्रर्वद्धन, जलवायु परिवर्तन र स्वच्छ सहरका निम्ति ३ हजार भन्दा बढी युवाको सहभागितमा फोहोर संकलन दौड आयोजना गरिएको फाउन्डेसनले बताएको छ। फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वच्छ, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई आत्मसात गर्दै आम नागरिकमा सरसफाइप्रति जागरुक गराउन दौड आयोजना गरिएको बताए।  

वातावरण संरक्षण र स्वच्छतामा युवा, विद्यार्थी र नागरिकलाई सचेत र एकजुट बनाइ फोहोर नगर्न प्रेरित गर्ने उद्देश्यले पोखरामा पनि दौड गरिएको खनालको भनाई छ। प्रतिभा माविबाट सुरु भएको दौड पाँच किलोमिटर सडकमा आयोजना गरिएको थियो। नदीपुरस्थित विद्यालयबाट सुरु भएको फोहोर संकलन दौड पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक, न्युरोड हुँदै पुनः प्रतिभा माविमै पुगेर समापन भएको थियो। प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोश्रोलाई २५ हजार र तेश्रोलाई १५ हजार रुपैयाँ पुरस्कार दिइएको छ। फाउन्डेसनले यसअघि यस्तै कार्यक्रम काठमाडौंमा तीनपटक र चितवनमा एकपटक आयोजना गरेको थियो।  

दौडमा दुईजनाको जोडी बनाएर फोहोर संकलन गर्नुपर्ने नियम बनाइएको थियो। एकघण्टाको दौडमा प्रतियोगिले संकलन गरेको फोहोरलाई तौलेर सबै भन्दा बढी तौल फोहोर संकलन गर्नेलाई पुरस्कार वितरण गरिने फाउन्डेसनले बताएको छ। विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी नेपाल प्रहरी, नेपाली सेना, लगायत विभिन्न संघ संस्थाका  प्रतिनिधि दौडमा सहभागी भएका थिए।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२७ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस