मेची राजमार्ग र वैकल्पिक मार्गलाई छुट्टियो बजेट
०८ फागुन २०८१
•
३ मिनेट पाठ
मेची राजमार्ग र वैकल्पिक मार्गलाई छुट्टियो बजेट
तस्बिर: मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्ड ।  भीम/नागरिक
बर्खा लाग्न आँट्दा नेपाल सरकारले इलामका मेची राजमार्गसहित आधा दर्जन सडक सुधार्न बजेट विनियोजन गरेको छ । यही वर्ष काम सक्नुपर्ने योजना सकेसम्म छिटो थाल्नेगरी प्रयास भइरहेको छ ।




इलामस्थित डिभिजन सडक कार्यालयले बजेट विनियोजन हुने बित्तिकै फिल्ड अवलोकन, लागत अनुमानलगायत सबै खाले प्राविधिक काम गरिरहेको जनाएको छ । ती योजनाको फाइल तयार गर्न डिभिजन प्रमुखसहितको टोली दिनहुँ फिल्ड अवलोकन गरिरहेको छ । अहिले टोलीले मेची राजमार्गको माइखोलादेखि कन्याम खण्ड तथा इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न खण्डको स्थलगत अवलोकन गरी योजना तयार गर्दैछ । र, सन्दकपुर, पुवाखोला, जोगमाई खोलाको अवलोकन गरिरहेको छ ।

डिभिजन प्रमुख पवन भट्टराईले बजेट सुनिश्चित हुने बित्तिकै प्रक्रिया सुरु भइसकेको बताए । ‘चालु वर्ष गर्नुपर्ने काम बर्खाअघि नै काम सक्ने गरी डिभिजनले धमाधम प्रक्रिया अघि बढाएको छ, हामी राति पनि सुत्न पाएका छैनौँ,’ उनले भने, ‘मेची राजमार्ग मर्मत तथा वैकल्पिक मार्ग निर्माण र मर्मतको काम बर्खाअघि नै सक्न सबै खाले प्रयास गरेका छौँ ।’

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मेची राजमार्ग मर्मतका लागि ६० करोड, बिब्ल्याँटे–माइपोखरी–सन्दकपुर सडकलाई ५० करोड, पुवाखोला पुल निर्माण १७ करोड ७० लाख, सिमलगोलाई–तिल्केनी वैकल्पिक मार्ग चार करोड, सिमलगोलाई–तिल्केनी वैकल्पिक मार्गको जोगमाईमा बेलीब्रिज दुई करोड ७० लाख र केचना–कञ्चनजंघा सडकमा पर्ने पुवाखोलामा बेलीब्रिज निर्माणमा तीन करोड ७० लाख रुपैयाँ भर्खरै स्रोत सुनिश्चित गरेको छ ।

डिभिजनका अनुसार सिमलगोलाई–तिल्केनी, जोगमाई बेलीब्रिज र पुवाखोला बेलीब्रिजको काम तुरुन्त सुरु गर्ने गरी प्रक्रिया अघि बढेको छ । ‘यही वर्षभित्र काम सक्नुपर्ने योजना तुरुन्त सुरु हुन्छन्,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘बहुवर्षे काम केही सातापछि अर्को चरणमा सुरु हुन्छ ।’ मेची राजमार्ग मर्मत र बिब्ल्याँटे–सन्दकपुर सडक तथा पुवाखोला पुलका योजना चाहिँ बहुवर्षे हुन् । 

उनले अब प्रक्रिया सुरु गर्दा पनि बर्खाअघि काम सकिने दाबी गरे । यो वर्षभित्रै सक्नुपर्ने काम असार मसान्तमा सकिने तर सकेसम्म ‘फास्ट ट्र्याक’बाट गर्ने गरी विभागमा अनुरोध गरिएको उनको भनाइ छ । ‘सबै प्रक्रिया पूरा गरेरै काम गर्दा पनि निर्धारित समयमा त सकिन्छ,’ उनले भने, ‘तर, हामीले फास्ट ट्र्याकबाटै काम गर्न विभागमा अनुरोध गरेका छौँ ।’

गत असोजमा आएको भेलबाढीले मेची राजमार्गको राजदुवाली–गोलाखर्क खण्ड क्षतविक्षत बनाएको छ । झापाबाट इलाम, पाँचथर, ताप्लेजुङको आउजाउ करिब दुई साता बन्द भएपछि अहिले एकतर्फी रूपमा यहाँबाट सवारी चलिरहेका छन् । तर, पानी पर्ने बित्तिकै पहिरो जाने जोखिम उत्तिकै छ । यसको विकल्पमा रहेका सिमलगोलाई–तिल्केनी खण्ड तथा केचना–कञ्चनजंघा मार्ग दुवैमा अहिलेसम्म बर्खामा सवारी चल्ने अवस्था छैन । यही अवस्था रहे बर्खामा यातायात सम्पर्क टुट्ने भएपछि स्थानीय चिन्तित छन्।

तर, डिभिजन सडकले बर्खामा यातायात बन्द नहुने गरी काम अघि बढाउने दाबी गरेको छ । ‘मेची राजमार्ग मर्मतमा पनि यो वर्ष गर्नुपर्ने काम हुन्छ,’ उनले भने, ‘धमाधम काम गर्दा बर्खामा गाडी बन्द हुँदैन, यातायात सहज बनाउन सकिन्छ ।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस