नो केबलकार पक्षधरको अगुवाइमा पाथीभरा क्षेत्रमा वृहत् पदयात्रा सुरु भएको छ ।
आजको पदयात्रामा राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङ , संविधानसभा सदस्य राजकुमार नाल्वो , किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एङतेन, पहिचानवादी नेता खगेन्द्र माखिम, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति अध्यक्ष खगेन्द्र फेम्बु लिम्बू, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष अध्यक्ष श्री लिङ्खिम सहितका अगुवाहरूको सहभागिता रहेको छ ।
काफ्लेपार्टी पदयात्रा सुरु भएको र माथिल्लो फेदीमा भेला भएका नो केबलकार पक्षधर समेत सहभागी भएर माथिल्लो फेदीबाट काफ्लेपार्टीतर्फ नारा जुलुस सहित पदयात्रा गर्ने कार्यक्रम रहेको आयोजक मध्येका एक पाथीभरा केबलकार खारेजी संयुक्त संरक्षण समिति अध्यक्ष फेम्बो लिम्बूले जानकारी दिए । काफ्लेपाटीमा हुने कोणसभामा पहिचान पक्षधर नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ । आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पछिल्लो समय भारतसहित विभिन्न देशबाट श्रद्धालुहरूको उल्लेखनीय आगमन भइरहेको छ । साथै, पारदर्शिता कायम राख्न मासिक विवरण प्रकाशनको अभ्यासलाई निरन्तरता दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...