सरकारले विवाहको लागि तोकेको २० वर्षको उमेरलाई नै कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालहरूले जोड दिएका छन्।
सरकारले २० वर्ष नपुगिकन कानुनी रूपमा विवाह गर्न नपाइने व्यवस्था गरेको छ। कानुनमा रहेको उक्त व्यवस्थालाई कार्यान्वयन गर्न नसक्दा अहिले पनि ४० प्रतिशत विवाह २० वर्षमुनि नै भएको राष्ट्रिय तथ्यांकले देखाउँछ। अझै २० वर्षबाट घटाइ १८ वर्षमा विवाह गर्न मिल्ने गरी कानुन बनाउने विषयमा बहसहरू हुने गरेका छन्। तर सरोकारवाला निकायहरू भने किशोरकिशोरीको विवाह २० वर्ष पुगेपछि मात्रै गर्न सकिने कानुनी व्यवस्था नै सही रहेको जिकिर गर्छन्।
२० वर्ष उमेर पुगेपछि विवाह गर्ने कुराले किशोरकिशोरीको शिक्षा, स्वास्थ्य, रोजगारी र भविष्यको समग्र अवस्थालाई समेट्न सक्ने बताउँछन्। राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले विवाहको उमेर कानुनी व्यवस्थाअनुसार दुवैको २० वर्ष हुनुपर्ने भए पनि अहिलेसम्मको प्रगति सन्तोषजनक नरहेको जिकिर गरे। उनले अहिले पनि ४० प्रतिशत विवाह २० वर्षमुनि नै भएको अवस्था रहेको बताए।
'कानुनी व्यवस्था भनेको विवाहको उमेर दुवैको लागि २० वर्ष रहेको छ। र अहिलेको अवस्थामा २० वर्षभन्दा कम उमेरमै विवाह हुने केटाकेटीको अवस्था हेर्दा त्यो सन्तोषजनक छैन। अहिले पनि ४० प्रतिशत विवाह २० वर्षमुनि नै भएको राष्ट्रिय तथ्यांकले पनि देखाएको अवस्था छ,' उनले भने, 'अहिलेको अवस्थामा कानुनमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु नै महत्वपूर्ण हो। त्यो कार्यान्वयन नभएको अवस्था छ।'
उनले कानुनको कार्यान्वयन हुन नसक्दा बालविवाहको दर बढेको उल्लेख गरे। विवाहबारे शारीरिक बनावट, शिक्षा, स्वास्थ्य, रोजगारीमा पर्ने असर समग्र भविष्यमा पर्नसक्ने असरबारे अध्ययन हुन नसकेकले आयोगले पछिल्लो समय सबै सरोकारवालाहरू राखेर अध्ययन गरिरहेको बताएका छन्। कानुनको कार्यान्वयन गर्ने निकायहरूको कार्यान्वयन पक्ष फितलो रहेको गुनासो उनको छ।
यता, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानकी अध्यक्ष मिना शर्माले विवाहको उमेरबारे राज्यले १८-२० को जुन छलफल सुरु गरेको भन्दै असन्तुष्टि जनाइन्। उनले पहिला सरकारले बनाएको कानुनको पूर्ण कार्यान्वयन गरेर हेर्नुपर्ने बताइन्। उनले कानुनको परीक्षण नभइ किशोरीहरूको भविष्यमाथि खेलवाड गर्ने गरी उमेर घटाइनु नहुने भनाइ राखिन्।
उनले भनिन्, ‘अहिले राज्यले १८-२० को जुन छलफल सुरु गरेको छ। कुनै पनि हिसावले राज्यले बनाएको कानुनको परीक्षण पनि हुनुपर्छ। अस्ति भर्खर आएको कानुन १० वर्ष नकुर्ने भन्ने कुरा हो। कानुन तयार गरिसकेपछि कानुन कार्यान्वयन गर्न केही समय कुर्नुपर्छ।'
अध्यक्ष शर्माले नेपाली समाजमा अहिले पनि पुरातनवादी रितिरिवाज हाबी भएको भन्दै २० वर्षभन्दा कम उमेरमा विवाह गरिदिँदा यसले किशोरकिशोरीहरूको भविष्यमा नै समस्या पैदा गर्ने गरेको उल्लेख गरिन्। नेपाल भौगोलिक भिन्नभिन्न रहेको र भूगोगअनुसार परम्परा र संस्कृति पनि फरक रहेकाले सरकारले कानुनमा तोकेको विवाह गर्ने उमेरको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने बताइन्।
यस्तै उनले बालविवाहको दर घटाउन आम नागरिकलाई सुसूचित र सचेत गर्नुपर्ने जरुरी रहेको बताइन्। अन्तरपुस्ताबीचको समन्वय गरेर बालविवाहलाई रोक्न सबै एक भएर अभियानका रूपमा अघि बढाउनुपर्ने सरोकारवालाहरूले बताएका छन्।