कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘गोठालो भत्ता’ कार्यक्रमले जुम्लाका किसानमा थप उत्साह भरेको छ। प्रदेश सरकारले पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्न थालेपछि यहाँका किसानहरू भेडा पालनमा अझै प्रेरित भएका छन्।
पातारासी गाउँपालिका–२ का नरविर बोहोरा विगत लामो समयदेखि भेडा पालन व्यवसायमा संलग्न छन्। सुरुमा थोरै संख्यामा भेडा पाल्ने उनले हाल १९० भन्दा बढी भेडा पालेका छन्।
सरकारले ‘गोठालो भत्ता’ दिन थालेपछि पशुपालनमा सहजता आएको उनले बताए। ‘भत्ता पाएपछि थप भेडा पाल्ने हौसला बढेको छ। कृषकको आयआर्जन बढाउने यस्ता कार्यक्रमले पशुपालन व्यवसाय फस्टाउन मद्दत गर्छ’, उनले भने।
(तस्वीर : जुम्लाका भेडाहरू। गोल्डेन बुढा, जुम्ला)तिला गाउँपालिका–८ का भेडा गोठाला रंगे रावतले पनि भत्ता कार्यक्रमले किसानलाई थप प्रेरित गरेको बताए। ‘मैले ८० भेडा पालेको छु। सरकारको सहयोगले हामीलाई थप प्रोत्साहन मिलेको छ,’ उनले भने।
कर्णाली प्रदेश सरकारले लागू गरेको ‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत जुम्लामा हालसम्म २०७ किसानले आवेदन दिएका छन्। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सञ्चालन हुने यो कार्यक्रम आर्थिक वर्ष २०७८/७९ देखि लागू गरिएको हो।
पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंहका अनुसार आवेदन दिएका कृषकहरूको अनुगमनपछि मात्र भत्ता वितरण गरिनेछ। ‘स्थलगत अनुगमन गरी कृषकले साँच्चै भेडा पालन गरिरहेका छन् कि छैनन् भन्ने यकिन गर्न सम्बन्धित वडा जनप्रतिनिधिसँग समन्वय गरिनेछ। अनुगमन र मूल्याङ्कनपछि प्रतिवेदन तयार पारेर भत्ता वितरण हुनेछ,’ उनले भने।
पशु स्वास्थ्य अधिकृत भीमप्रसाद तिमिल्सिनाका अनुसार ५० भन्दा बढी भेडा पाल्ने किसानलाई मासिक १,५०० रुपैयाँका दरले वार्षिक १८,००० रुपैयाँ भत्ता दिइने व्यवस्था छ।
‘यो वर्ष कार्यक्रमका लागि मन्त्रालयबाट ४५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ। सो रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ,’ उनले बताए।
गत वर्ष जुम्लाका ८१ किसानले ‘गोठालो भत्ता’ प्राप्त गरेका थिए। हाल यो कार्यक्रम जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु जिल्लामा लागू गरिएको छ। ‘यस कार्यक्रमले भेडापालनतर्फ कृषकको रुचि बढाउने अपेक्षा गरिएको छ। साथै चरन क्षेत्रको व्यवस्थापन, गोठ तथा खर्सु सुधार गर्न आवश्यक छ,’ तिमिल्सिनाले भने।
पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका अनुसार यहाँ १,७०० भेडा पालक किसान छन्। जिल्लाभर ८८,००० भेडा रहेको तथ्यांक छ, जसमा सबै बडुवाल जातका भेडा हुन्। त्यस्तै, ४६,३०६ बाख्रा पालिएको छ भने ६९,००० हेक्टर क्षेत्रफल चरन क्षेत्रका रूपमा प्रयोग भइरहेको छ।
जुम्लामा पछिल्ला वर्षहरूमा भेडापालन व्यवसाय विस्तार भइरहेको छ। भेडा पाल्ने किसानहरू मुख्यतः पातारासी, कनकासुन्दरी, तिला, सिंजा, हिमा, गुठिचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकामा बढी छन्।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...