बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट दश दिनअघि बेपत्ता भएका तीन वर्षीय अंश चौधरीको शव शनिबार खोलामा फेला परेको छ।
बारा र पर्साको सीमामा पर्ने किया सोती खोलामा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मामा घरमा बस्दै आएका रितेश चौधरीका छोरा अंश माघ १७ गते बिहान ९:३० बजे घरबाट निस्किएका थिए। विद्यालय जाने बालबालिकाहरूसँगै जितपुर बजारसम्म पुगेको सीसीटीभी फुटेजमा देखिए पनि त्यसपछि उनी बेपत्ता भएका थिए।
स्थानीयले खोलामा तैरिएको शव देखेपछि प्रहरीलाई खबर गरे। प्रहरी उपरीक्षक सन्तोष तमाडका अनुसार घटनास्थल पुगेर शवको पहिचान गर्दा बेपत्ता बालककै भएको पुष्टि भएको हो।
‘खोलाबाट शव निकालेर उनका आमाबुवासँग पहिचान गराउँदा उनीहरूले आफ्नै छोराको शव भएको पुष्टि गरे,’ प्रहरी उपरीक्षक तमाडले भने।
बालकको मृत्यु खोलामा डुबेर भएको हो वा अन्य कुनै कारण रहेको छ भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप जानकारी दिने प्रहरीको भनाइ छ। अंशका आफन्तहरूले जितपुर बजारसम्म देखिएको बालक कसरी खोलासम्म पुग्यो भन्नेबारे गहिरो अनुसन्धान गर्न माग गरेका छन्।
रौतहट जिल्लाको दुर्गा भागवती गाउँपालिका–१ भागाहा पिप्रा घर भएका अंशका बुवा परिवारसहित ससुरालीमा बस्दै आएका थिए। बालक हराएको खबर समयमै प्रहरीलाई दिइए पनि खोजी कार्यमा ढिलाइ हुँदा अहिले शव भेटिएको भन्दै अंशकी आमा अन्जली जैसवालले गुनासो गरेकी छन्।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...