वीरगन्जका गृहिणीको सफाइमा डिजिटल क्रान्ति
२६ माघ २०८१
•
३ मिनेट पाठ
वीरगन्जका गृहिणीको सफाइमा डिजिटल क्रान्ति
जनप्रतिनिधि र आम नागरिकले मधेसका सहर व्यवस्थित र सफा बनाउनु फलामे च्युरा चपाउनुजस्तै बुझ्छन्। जनकपुरधाम, वीरगन्ज, कलैया लगायत सहरमा सरसफाइ ठुलो चुनौतीका रूपमा देखियो। अन्य प्रदेशका सहरमा शिक्षा, स्वास्थ्य तथा अन्य विकास कार्यमा बढी खर्च हुने बजेट मधेसमा भने सरसफाइकै क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता छ।




वीरगन्ज महानगरमा ‘सफा नेपाल’को सरसफाइसम्बन्धी एप्सले अनावश्यवकखर्च व्यवस्थापन मात्र होइन, घरभित्रका गृहिणीहरूलाई पनि जागरुक बनाएको छ। यो एप्सको प्रभावकारिताले वीरगन्जका मुख्य सडकका साथै गल्लीहरूसमेत सफा देखिन्छन्।

वीरगन्जमा पहिले बाटोघाटो तथा सडकमा अव्यवस्थित तरिकाले घरबाट निस्केको फोहोर फालिने गरिन्थ्यो। अहिले फोहोर फाल्ने शैलीमा त पहिलेभन्दा परिवर्तन आएको मात्र होइन, गृहिणी पनि यसप्रति जागरुक भएका छन्।

वीरगन्ज छपकैयाकी सुनिता थापा मोबाइलबाटै घरआसपासका स्थानमा फालिएका फोहोरबारे सम्बन्धित निकायमा समयमै जानकारी गराउन पाउँदा आफूलाई खुसी लागेको बताउँछिन्।

‘जहाँतहीं फोहोर फालिदिने मान्छेको प्रवृत्ति छ। कम्तीमा आफ्नो वरिवरि सफा हुँदा त हामीलाई नै राम्रो हुने हो नि। हाम्रा बच्चा बाहिर खेल्न निस्किन्छन्। हामी पनि बजार वा कतै जानका लागि निस्किनै पर्‍यो। निस्किनेबित्तिकै फोहोरको दर्शन हुन्छ,’ उनले भनिन्, ‘पछि सफा नेपालका मान्छे भनेर मेरोमा आए।

उनीहरूले मेरो मोबाइलमा त्यो एप राखेर कसरी आफ्नो ठाउँको फोहोर सफा गराउने बताएर गए। मोबाइलबाट फोटो खिचेर पठाएको तीन घण्टाभित्र फोहोर भएको स्थान सफा भइसकेको थियो। म त धेरै खुसी भएँ।’

वीरगन्ज मुर्लीकी सञ्जु देवीले सफा नेपाल भनेर एप मोबाइलमा राखेपछि मोबाइलको दायित्वबोध भएको पहिलो पटक महसुस भएको बताइन्। ‘हाम्रो टोलमा पहिले मान्छेले धेरै फोहोर गर्थे। घरबाट निस्केको फोहोर टोलकै बाटोमा, घरअगाडि कि नालामै फालिदिने गर्थे। जबसम्म नगरपालिकाको फोहोर उठाउने कर्मचारी आउँदैनथे, केही दिनसम्म पनि फोहोर त्यस्तै हुन्थ्यो। अनि धेरै गनाउने पनि हुन्थ्यो,’ उनले सुनाइन्, ‘मेरी देउरानीले मोबाइलबाटै फोहोर व्यवस्थापन गर्न सकिनेबारे जानकारी दिइन्। त्यसैगरी हामीले मोबाइलबाटै फोहोर उठाउन लाग्यौं। अहिले हेर्नुस् त, कति सफा छ।’

पहिले भ्रमणका लागि वीरगन्ज आउनुहोस् भन्न पनि लाजै लागेर आउने गरेकोमा हाल बाहिरबाट आउने जोकोहीले पनि वीरगन्ज चिटिक्क परेको देख्दा आश्चर्यचकित हुँदै खुसी व्यक्त गर्ने गरेको बताउँछन् वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह।

‘वीरगन्जलाई सफा बनाउने, वैभव वीरगन्ज बनाउने अभियानमा लाग्दा धेरै चुनौती सामना गर्नुपरिरहेको अवस्था छ। म निर्वाचित भएर आउँदा पहिलेको कार्यकालभन्दा बजेट पनि करिब एक अर्ब कम भएर आएको छ। बजेट कम भएका कारण सोचेजस्तो काम गर्न सकिएको छैनजस्तो आभास हुन्छ,’ उनी भन्छन्, ‘तर मनमा एउटा सन्तुष्टिचाहिँ छ कि जुन वीरगन्जको चित्रण मानिसहरूको मानसपटल बसेको थियो, त्यसमा सकारात्मक परिवर्तन गर्न केही हदसम्म सकिएको छ। त्यसको कारण हो– वीरगन्जमा सरसफाइ अभियान र वीरगन्जको सौन्दर्यीकरण।’

केही समय पहिलेसम्म फोहोर गरेकै कारण उद्योग, व्यक्ति, संस्थालाई जरिवाना गरी लाखौं रुपिया उठाइरहेको महानगरले हाल मानिसहरू एप्समार्फत भए पनि जागरुक हुन थालेका छन्। वीरगन्ज सुन्दर देखिँदै गएको र जरिवाना पनि तिराउन नपरेको नगरप्रतिनिधिहरूले प्रतिक्रिया दिएका छन्।

आव २०७९/८० मा १५ लाख ३६ हजार सात सय पाँच रूपैयाँ जरिवाना फोहोर गरेकै कारण तिराउनुपरेको थियो भने आव २०८०/८१ मा १९ लाख ३५ हजार एक सय जरिवाना गरिएको थियो। तर चालु आवको हालसम्म ६ लाख ४१ हजार एक सय रूपैयाँ मात्र जरिवाना गर्नुपरेको महानगरको तथ्यांकले देखाउँछ।

महानगरपालिकाअन्तर्गत नाइके ३१ जना र सरसफाइ कर्मचारी १०९ जना रहेका थिए। गत भदौ महिनाको ११ गतेदेखि नाला र सरसफाइसम्बन्धी ठेक्का गरी हाल एके इन्टरनेसनल प्रालिसँग भएको सम्झौताअनुसार कार्य गरिरहेको छ।

‘सफा नेपाल’ एप्सका कम्प्युटर अपरेटर मोहम्मद अजरुद्दिनका अनुसार ‘सफा नेपाल’ चलाउन सजिलो डिजिटल एप्स हो। उनले फोहोर पठाउने व्यक्तिको नाम र पहिचान गोप्य हुने भएकाले सूचना पठाउने महिलाको सङ्ख्या पनि बढ्दै गएको बताए। उनले करिब २५ हजारभन्दा बढी मानिस एप्समार्फत जोडिएको जानकारी दिए।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस