इलाममा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।
माघ २४ गते साँझ ७ बजेतिर उनी कुटपिटबाट घाइते भएका थिए। उपचारका लागि झापा लैजाने क्रममा कन्याम पुगेपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईका अनुसार घाइते सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको थियो। तर, शुक्रबार बिहान उनले बान्ता गरेपछि थप उपचारका लागि झापा लगिँदै थियो।
काम गरेर फर्किंदै गर्दा आफ्नै साथीले कुटपिट गरेपछि सुनुवार गम्भीर घाइते भएका थिए। कुटपिट गर्ने व्यक्ति फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।