२०८० फागुनमा सकिनुपर्ने ग्वार्को फ्लाइओभरको निर्माण कार्य अझै सकिएको छैन। अहिले त झन् एक महिनादेखि निर्माण कार्य ठप्प छ। २०७८ फागुनमा निर्माण सुरु हुँदा ठेकेदार कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले दुई वर्षमा निर्माण कार्य सक्ने गरी सम्झौता गरेको थियो।
तर निर्धारित समयभित्र काम सकिएन। त्यसपछि थपेर गत पुस ९ गतेसम्मको म्याद दिइएको थियो। यसरी पटक–पटक म्याद थप्दा पनि काम सकिएको छैन। तर निर्माण कम्पनीले काम तीव्र पार्नुको साटो निर्माण स्थलमा एक महिना देखि कामदार नै देखिएका छैनन्।
यसबिचमा ठेकेदार कम्पनीले काम अलपत्र पारेर भागेको समाचार समेत बाहिरिएका छन्। उता सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले भने ठेकेदार कम्पनी सम्पर्कमै रहेको दाबी गरे।
‘ठेकेदार कम्पनी सम्पर्कमै हुनुहुन्छ। अलिकति डिजाइन रिलेटेड इस्यु पनि छ। केही काम पनि करेक्सन गर्नुपर्ने छ’, विभागका प्रवक्ता समेत रहेका अर्यालले नागरिकसँग भने। निर्माण कम्पनीको डिजाइनसँग सम्बन्धित आन्तरिक छलफल पछि एक दुई दिनमा काम सुरु हुने उनको भनाइ छ। ‘१५/२० दिन देखि काममा प्रगति कम भएको सत्य हो। समस्या कसरी समाधान गर्ने भन्नेमा उहाँहरू लाग्नु भएको छ। हिजो पनि छलफलमा हुनुहुन्थ्यो। सायद आज (मंगलबार)सम्म सबै सकेर काम सुरु गर्ने तयारीमा हुनुहुन्छ’, अर्यालले भने।
‘अन्तिम समयमा आएर डिजाइनमा के समस्या देख्नु भयो ?’ भन्ने नागरिकको प्रश्नमा अर्यालले भने, ‘जस्तो कि घर बनाउने बेला पिल्लर बाङ्गो पर्छ, प्लास्टर बाक्लो हुन्छ, फेरी हटाउनुपर्छ। त्यस्तो सामान्य हो।’
उसो त निर्माण कम्पनीले काम रोकेको यो पहिलो पटक होइन। यसअघि पनि पटक–पटक मौसम वा विभिन्न प्राविधिक समस्याका बहाना देखाएर महिनौँसम्म काम ठप्प पार्दै आएको छ। जसका कारण पनि निर्माण कार्य निर्धारित समयमा नसकिएको जानकारहरूको आरोप छ।
तोकिएको समयमा काम नसकिएपछि सडक विभागले पुस १० गतेबाट जरिवाना लगाएर काम सक्न निर्माण कम्पनीलाई ताकेता गरेको छ। जरिवानापछि निर्माण कम्पनीले काम अलपत्र छाडेको देखिएको छ। ‘हामीले थप्न मिल्ने म्याद थपिसक्यौँ। अहिले हर्जाना लगाइरहेका छौँ,’ विभागका प्रवक्ता अर्यालले भने,‘हर्जाना लगाएको समयभित्र काम सक्नुहुन्छ भन्ने अपेक्षा छ।’
आशिष–समानान्तर–रेलिगेर जेभीका सहायक इन्जिनियर कृष्णगोपाल श्रेष्ठले पछिल्लो एक महिनायता काममा केही सुस्त भएको स्वीकार गर्छन्। तर, निर्माण स्थलबाट कामदार फिर्ता नगरेको उनले दाबी गरे। ‘ठप्पै हुने गरी रोकिएको होइन,’उनले भने,‘सातदोबाटोतिर पुल निर अलिकति समस्या आएको छ, त्यसलाई खोल्न क्युआरडिसी (सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र) बाट नै दुई चार दिन पख्नुस्, त्यसलाई सेटल हुन दिनुस् भनेकाले रोकेका हौँ।’ कोटेश्वरतिरको काम पूरा सकिसकेको भन्दै त्यहाँ ‘बेस’ राखेर कालोपत्रे मात्रैको काम बाँकी रहेको इन्जिनियर श्रेष्ठले बताए।
उसो त निर्माण कम्पनीले काम रोकेको यो पहिलो पटक होइन। यसअघि पनि पटक–पटक मौसम वा विभिन्न प्राविधिक समस्याका बहाना देखाएर महिनौँसम्म काम ठप्प पार्दै आएको छ। जसका कारण पनि निर्माण कार्य निर्धारित समयमा नसकिएको जानकारहरूको आरोप छ।
तर यस्ता आरोपको निर्माण कम्पनी भने खण्डन गर्दै आएको छ। ‘बाहिर विभिन्न प्रकारका अनुमानका आधारमा समाचार आएका छन्। ठेकेदार नै भाग्यो भन्ने हल्ला भए,’ इन्जिनियर श्रेष्ठले भने,‘बरु उहाँहरू(क्युआरडिसी)ले हामीलाई लेखेको पत्र त्यसलाई दुःख भन्ने कि? उहाँको काम पत्र लेख्ने हाम्रो काम जवाफ दिने जस्तो भयो।’ जबाफ दिनु नपर्ने खालका पत्रका कारण समस्या भइरहेको उनले बताए। अब भने सबै समस्या समाधान भइसकेको उनको दाबी छ।
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा पर्ने ग्वार्को भएर दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्छन्। लुभु क्षेत्रबाट पाटन र काठमाडौं आउने प्रवेश बिन्दु पनि ग्वार्को नै हो। यसैले यो क्षेत्र ओहोरदोहोर गर्दा ट्राफिक जाममा नपरेको दिन हुँदैन। साँझ–बिहान त यो सडक छिचोल्न हम्मे हम्मे नै पर्छ। ग्वार्कोमा फ्लाइओभरको निर्माण थालिएपछि उक्त स्थान झन् अस्तव्यस्त बनेको छ।
तर, यो पनि अनुमान मात्रै हो। नियमित काम भएन वा अवरोध आयो भने अर्को एक वर्षसम्म धकेलिन सक्ने उनको आशय छ। ‘यो आर्थिक वर्षमा काम सकेनौँ भने त फेरी असोज कार्तिकमै पुग्छ। किनभने बाटोको केसमा पानी पर्ने मौसममा खुल्ला आकाशमा काम गर्न सकिँदैन,’ इन्जिनियर श्रेष्ठले भने।
निर्धारित समय नाघेको एक वर्ष बढी बित्दा पनि निर्माणले गति नलिँदा झन् चिन्ता बढाएको छ। अहिलेसम्म जम्मा ८५ प्रतिशत निर्माण सम्पन्न गरेको स्वयं निर्माण कम्पनीको दाबी छ। निर्माणमा अझै कति समय लाग्छ? यो प्रश्नको उत्तर निर्माण कम्पनीलाई नै थाहा छैन।
‘वैशाख मसान्तसम्म लाग्ला ! किनभने माघमा त हामीले काम नै गरेनौँ, फागुन र चैत दुई महिना बिग्रेको ठाउँ मर्मत सम्भारमै जान्छ’, ठेकेदार कम्पनी भन्छ, ‘त्यति बेलासम्म कोटेश्वर साइटतिर पिच गर्न ठिक्क परेर राख्छौँ। सातदोबाटोतिर बिग्रेको पिल्लर भत्काएर बनाएपछि सँगै एकै चोटि पिच हुन्छ।’ भत्काएर बनाउँदा दुई महिना, त्यसपछि अर्को एक महिना कालोपत्रे, रंगरोगन र ट्राफिक लाइट टेस्टिङ गर्दा कम्तीमा तीन महिना लाग्ने इन्जिनियर श्रेष्ठ बताउँछन्।
तर, यो पनि अनुमान मात्रै हो। नियमित काम भएन वा अवरोध आयो भने अर्को एक वर्षसम्म धकेलिन सक्ने उनको आशय छ। ‘यो आर्थिक वर्षमा काम सकेनौँ भने त फेरी असोज कार्तिकमै पुग्छ। किनभने बाटोको केसमा पानी पर्ने मौसममा खुल्ला आकाशमा काम गर्न सकिँदैन,’ इन्जिनियर श्रेष्ठले भने।
‘क्युआरडिसीमा झा सर आउनु भयो। नत्र निर्माण सकिइसक्थ्यो,’ इन्जिनियर श्रेष्ठले भने,‘उहाँले पत्र काटेर पहिला गरेका कामहरू पनि बखेडा झिक्नुभयो। उहाँ भन्दा पहिलाका सरले गरेका काम पनि नपत्याउने फेरी परीक्षण गर, फेरी हेरौँ भन्ने ! त्यस्तो गर्दागर्दै काम ढिला भयो।’
ढिलाइबारे कारण के हाे ?
निर्माण कम्पनीका इन्जिनियर श्रेष्ठले पछिल्लो समय थपिएको म्यादमा पनि काम नसकिनुमा कम्पनीको दोष नरहेको बताउँछन्। उनले सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रमा प्रभातकुमार झा निर्देशक भएर आएपछि समस्या भएको बताए।
‘क्युआरडिसीमा झा सर आउनु भयो। नत्र निर्माण सकिइसक्थ्यो,’ इन्जिनियर श्रेष्ठले भने,‘उहाँले पत्र काटेर पहिला गरेका कामहरू पनि बखेडा झिक्नुभयो। उहाँ भन्दा पहिलाका सरले गरेका काम पनि नपत्याउने फेरी परीक्षण गर, फेरी हेरौँ भन्ने ! त्यस्तो गर्दागर्दै काम ढिला भयो।’
निर्देशक झाको नियत के हो ? भन्ने थाहा नपाए पनि आफूहरूले दुःख पाएको उनले बताए । उनले भने, ‘उहाँको दिमागभित्र छिर्न सकेनौँ, मुख खोलेर त्यस्तो केही माग्नु भएको छैन। नभएको कुरा भन्नु हुँदैन।’ दुःखको समाधानका उपायबारे कम्पनीले नसोधेको पनि उनले बताए। ‘हामीले अफर पनि गरेनौँ। तर प्रस्ट कुरा के हो भन्ने नै थाहा भएन,’ इन्जिनियर श्रेष्ठले भने। फेरि दुःख दिए असारसम्ममा पनि काम हुन नसक्ने उनले बताए।
उता क्युआरडिसीका निर्देशक झाले भने यो विषयमा बोल्न मानेनन्। आफू क्युआरडिसीबाट दुई दिनअघि मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएर आइसकेकाले त्यो विषयमा ‘बोल्न नमिल्ने’ बताए। ‘म त्यहाँबाट सरुवा भएर आइसके, त्यसैले बोल्न मिल्दैन,’ उनले भने।
सडक विभागका प्रवक्ता अर्याल भने निर्माण कम्पनीका आरोपमा सत्यता नभएको बताउँछन्। ‘गर्नुपर्ने काम त गर्नुपर्यो नि। बाहिर आएका सबै विषय सत्य पनि होइन सबै झुटा पनि होइनन्’, उनले भने।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीले ३० मिटर लम्बाई स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल निर्माण गर्ने योजना छ। यस्तै एमएसई वाल (मेकानिकल्ली स्टाब्लाइज्ड) भएको ५०० मिटर सडक कालोपत्रेसहित अप्रोच सडक निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। उक्त सडकमा कालोपत्रे १२ सेमी अलकत्रा हुनुपर्ने, १५ सेमी डिबिएम, ३० सेमी बेस, ३० सेमी सब बेस हुनुपर्ने सम्झौता छ। साथै ट्राफिक लाइट जडान कार्य पनि कम्पनीले नै गर्नुपर्ने सम्झौता छ।
ललितपुरस्थित ग्वार्को फ्लाई ओभर (ओभर पास) सञ्चालनगर्ने तयारी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असार ६गते दिउँसो ओभर पासको उद्घाटन गर्ने कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तय गरेको जनाइएको छ।
उद्घाटन गरे लगत्तै सोहीदिनबाट ओभर पास सञ्चालन हुने भएको छ। सडक विभागमा तहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीपबाराहीका अनुसार ठेकेदार कम्पनीले केन्द्रलाई ओभर पासको सबै काम सकिएको औपचारिक जानकारी गराउँदै आइतबार पत्र पठाएको छ। केन्द्रले हालसम्म ठेकेदार कम्पनीलाई कुल रकम (१७ करोड ६ लाख) को ४६ प्रतिशत रकम भुक्तानी गरिसकेको छ। बाँकी रकम कागज पत्र हेरेर केही दिनमा भुक्तानी गर्ने विभागको तयारी छ।
यस आयोजनामा ठेकेदार कम्पनीले आफूलाई ठूलो घाटा भएको बताउने गरेको विभागका एक कर्मचारीले बताए। ‘ठेकेदारले १७ करोडमा सम्झौता गर्यौं तर ५० करोड रुपैयाँ खर्च भयो भन्ने गरेका छन्’, ती कर्मचारीले भने। यद्यपि ठेकेदार कम्पनीका प्रतिनिधिले यस विषयमा बोल्न चाहेनन्।
केन्द्रका निर्देशक दीपबाराहीका अनुसार सोमबार साँझसम्म ओभर पासको काम ९८ प्रतिशत नाघिसकेको छ। अब ट्राफिक लाइट जडान र केही स्थानमा रङरोगनको काम मात्र बाँकी छ। ‘त्यो काम पनि असार ५ गतेसम्म सकिन्छ’, उनले भने। ग्वार्कोओभर पास नेपालकै पहिलो प्रयोग हो। यसअघि चक्रपथकै कलंकीमा अन्डरपासको प्रयोग भइसकेको छ।
नेपालको पहिलो प्रयोग भएकाले यस आयोजनामा काम गर्न केही अलमलभएको विभागका उच्च कर्मचारी बताउँछन्। ठेकेदार कम्पनी आशिष समानान्तर रेलिगेट कम्पनीले हालसम्म ओभर पासमा गाडी गुड्न मिल्ने बनाउन ट्राफिक लाइट, रङरोगन, सडक संकेत, तथा पानीको निकास लगायतका सबै काम करिब–करिब पूरा गरिसकेको छ।
गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरिरहेको छ। गत पुस ८ गतेसम्म काम पूरा गर्न उक्तकम्पनीलाई अन्तिम म्याद दिइएको थियो। अन्तिम म्यादसम्म पनि कम्पनीले काम सम्पन्नन गरेपछि दैनिक ०.०५ प्रतिशतको दरले हर्जाना तिरिरहेको छ। बढीमा दुई सय दिनसम्म हर्जाना तिरेर भए पनि काम सम्पन्न गर्नैपर्छ। त्यसपछि पनि काम नभए सम्झौता रद्द गर्ने व्यवस्था कानुनमा गरिएको जनाइएको छ।
दुई सय दिनमा ठेकेदार कम्पनीले १० प्रतिशतसम्म हर्जाना तिरिसक्नु पर्नेछ। दैनिक हर्जाना तिर्न थालेपछि ठेकेदार कम्पनीले काम दु्रतगतिमा अघि बढाएको आयोजनाका कर्मचारीको बुझाइ छ। विभागले ठेकेदार कम्पनीलाई दैनिक ८५ हजार हर्जाना लगाइरहेका बेला सरकारले सार्वजनिक खरिद नियमावलीको १४ औं संशोधन गरी निर्माण काम पूरा नभएका आयोजनालाई म्याद थप गर्ने बाटो खुला गरेको छ।
तेह्रौ संशोधनमा आयोजनाको म्याद अन्तिम एक पटकको लागि थप गर्दै सो म्यादभित्र पनि काम पूरा नभए दैनिक हर्जाना लगाएर बढीमा दुई सय दिनसम्म काम गर्न दिने व्यवस्था गरिएको थियो। १४औं संशोधनपछि भने ठेकेदार कम्पनीले म्याद थपको लागि निवेदन नदिएको बाराहीले बताए। ‘१४ औं संशोधनपछि म्याद थपको लागि ठेकेदार कम्पनीले निवेदन दिएको छैन, दैनिक हर्जानामै काम गरिरहेको छ’, बाराहीले भने।
ग्वार्को ओभर पास बनाउन २०७८ फागुन १२ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा यसको ठेक्का सम्झौता गरिएको थियो। सुरुमा ठेक्का सम्झौता हुँदा २०८० फागुन ११ गतेभित्र काम सम्पन्न गर्ने गरी म्याद तोकिएको थियो।
विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले समयमा काम गर्न सकेन। त्यसपछि यस आयोजनाको म्याद थप गरियो। दोस्रो पटक म्याद थप गरी २०८१ पुस ८ गते काम सक्ने अन्तिम म्याद तोकियो। दोस्रो पटक पनि थप गरिएको म्यादमा पनि काम हुन सकेन। दोस्रो पटक थपिएको म्याद अन्तिम पटकका लागि थियो।
त्यसैले दोस्रो पटक थपिएको म्यादभित्र पनि काम हुन नसकेपछि ठेकेदार कम्पनीले दैनिक हर्जाना तिरेर काम गरिरहेको छ। काम भइरहेका बेला सात दोबाटोतर्फ जगबाटै प्यानलवाल भत्काएर फेरि काम गर्नुपरेको थियो। करिब ४० मिटर जति ठाउँमा प्यानलवाल भत्काउनु परेको आयोजनाको भनाइ छ। आयोजनाका अनुसार प्यानल इन्टरलिंक हुँदा बिग्रिएको पर्खाल पूरै भत्काउनु परेको थियो।
ठेकेदार कम्पनीले प्यानलवाल भत्काउँदा पहिले राखेको माटो हटाएर त्यस ठाउँमा पुन: माटो भरेको थियो। गुणस्तर केन्द्रका इन्जिनियरहरूले सात दोबाटोतर्फ प्यानलवालमा ग्याप देखेपछि ४० मिटर प्यानलवाल भत्काउन लगाएका थिए। ओभर पासको कोटेश्वरतर्फ तीन सय २० मिटर तथा सात दोबाटोतर्फ भने एक सय ८० मिटर बाटोमा प्यानल जडान भइसकेको छ। यस ओभर पासमा ३५ मिटर लामो चार लेनको पुल निर्माण भइसकेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...