विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले शनिबारदेखि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को वेबसाइटसमेत बन्द (अफलाइन) गरेको छ।
अमेरिकी कंग्रेसमा रहेका डेमोक्र्याटहरूले ट्रम्प प्रशासन स्वतन्त्र एजेन्सीका रूपमा युएसएआइडीलाई समाप्त पार्ने र यसलाई विदेश विभागमा समाहित गर्ने दिशातर्फ अघि बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
डेमोक्रयाटहरूका अनुसार अमेरिकी कंग्रेसअन्तर्गतको कोषबाट सञ्चालित स्वतन्त्र एजेन्सीलाई हटाउने ट्रम्पसँग कुनै कानुनी अधिकार छैन र युएसएआइडीको काम राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण छ। उता ट्रम्प र रिपब्लिकन सदस्यहरूले अधिकांश विदेशी सहायता र विकास कार्यक्रम बेकार रहेको बताउँदै आएका छन्। यसले उदार सामाजिक अजेन्डालाई प्रश्रय दिएको उनीहरूको दाबी छ।
ट्रम्प प्रशासनले अमेरिकाले मानवीय विकास र सुरक्षा सहायताअन्तर्गत विश्वका कैयौं देशलाई उपलब्ध गराउँदै आएको अर्बौं डलर बन्द गरेको दुई सातापछि अमेरिका युएसएआइडीविरुद्ध अझ कडा प्रशासनिक कारबाही गर्ने दिशामा उद्यत् देखिएको छ। मानवीय सहायताका हिसाबले अमेरिका अहिलेसम्म विश्वकै सबैभन्दा ठुलो दाता हो। तर उसले आफ्नो बजेटको १ प्रतिशतभन्दा कम विदेशी सहायतामा खर्च गर्छ, जुन समग्रमा अन्य कैयौं देशको तुलनामा कम अनुपात हो।
राष्ट्रपति जोन एफ केनेडीले सोभियत प्रभावको प्रतिरोध गर्न शीतयुद्धको उत्कर्षमा युएसएआइडीको स्थापना गरेका थिए। अमेरिकी कांग्रेसले सन् १९६१ मा विदेशी सहायता ऐन पारित गरेको थियो र केनेडीले त्यो कानुनमार्फत युएसएआइडीलाई स्वतन्त्र एजेन्सीका रूपमा स्थापित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। बेल्ट एन्ड रोडजस्तो विदेशी सहायता कार्यक्रमसहित अगाडि बढेको चीनको प्रभावलाई रोक्न अमेरिकाका लागि अहिले चुनौती छ।
युएसएआइडीका कर्मचारीहरूले शुक्रबार र शनिबार च्याट समूहमा यो संस्थाको आगामी भविष्यको अनुमान गर्दै बिताएका थिए। उनीहरू यो संस्थाको झन्डा र प्रतीक चिह्नहरू अझै पनि वासिङ्टनस्थित मुख्यालयमा छन् वा छैनन् भनेर अद्यावधिक गरिरहेका थिए। शनिबार अबेरसम्म ती जस्ताका तस्तै थिए।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा डेमोक्र्याटिक सिनेटर क्रिस मर्फीले कार्यकारी आदेशद्वारा कंग्रेसले संघीय एजेन्सीलाई राष्ट्रपतिले हटाउन नसक्ने र यो कदमले संवैधानिक संकटलाई दोब्बर बढाउने बताएका छन्।
उता अमेरिकी सरकारको उक्त कदमको प्रशंसा गर्दै इलन मस्कले युएसएआइडीलाई लक्षित गर्दै ‘कार्यकारी आदेशबाट बाँचेको र कार्यकारी आदेशबाटै अवसान भएको’ बताएका छन्।
ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै अर्थात् जनवरी २० मै विदेशी सहायतामाथि ९० दिनका लागि तत्काल रोक्का गरिने घोषणा गरेका थिए। यो घोषणसँगै विश्वभर हजारौं कार्यक्रम बन्द भएका थिए र हजारौं कर्मचारीले रोजगारी गुमाएका थिए।
विदेशमन्त्री मार्को रुबियोले बिहीबार अमेरिकाको राष्ट्रिय हितमा नभएका कार्यक्रमहरूलाई बन्द गर्ने दिशामा समीक्षा भइरहेको तर एजेन्सीका रूपमा युएसएडलाई खारेज गर्नेबारे गृहकार्य भइरहेको विषयमा केही बताएका थिएनन्। त्यसो त यो एजेन्सीको विषयमा रिपब्लिकन र डेमोक्र्याटबिच फरक मत रहँदै आएको छ।
यो एजेन्सीमार्फत उपलब्ध गराइने मानवीय र विकास सहायताले साझेदार देशको अर्थतन्त्रलाई स्थिर पार्न मद्दत गरेर अमेरिकालाई सुरक्षित बनाएको छ अथवा यो मात्र पैसाको बर्बादी हो भन्ने विषयमा विवाद रहँदै आएको थियो। रिपब्लिकनहरू युएसएआइडीको भूमिकामा बढी नियन्त्रण गर्न चाहन्छन् भने डेमोक्र्याटहरू यसको स्वायत्ततामा जोड दिन्छन्। (एपीबाट साभार)