पाथीभरा क्षेत्रको केबलकार विवाद : वार्ताको सार्थक पहल अघि बढेन, जनजीवन अस्तव्यस्त
२० माघ २०८१
•
२ मिनेट पाठ
पाथीभरा क्षेत्रको केबलकार विवाद : वार्ताको सार्थक पहल अघि बढेन, जनजीवन अस्तव्यस्त
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा लिएर सुरु भएको अनिश्चितकालीन यातायात बन्दले ताप्लेजुङको जनजीवन प्रभावित भएको छ। बन्दको छैटौं दिन आइतबार पनि ताप्लेजुङबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेन। बन्दकर्ताले दुई पाङ्ग्रे सवारी समेतमा कडाइ गरेका छन्।




बन्दका कारण दैनिक उपभोग्य वस्तुको अभाव समेत सृजना हुन थालेको छ। ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले खाना पकाउने एलपी ग्याँस, कुखुराको चारो र छिटफुट रूपमा खाद्यान्न समेतको अभाव देखा पर्दै गएको बताए। वाणिज्य संघले बन्दका कार्यक्रम फिर्ता लिएर जनजीवन सामान्य बनाइदिन आन्दोलनरत पक्षसँग तथा आन्दोरत पक्षसँग वार्ता गरी समस्याको निकास खोज्न सरकारसँग पटक–पटक आग्रह गरिसकेको बताएको छ। 

वाणिज्य संघले शनिबार साँझ आन्दोलरत पक्षका मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था याक्थुङ सयङ सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघलाई ध्यानाकर्षण पत्र लेख्दै बन्दका कार्यक्रमले जनजीवनमा पुर्याएको असर बुझेर बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।

यस्तै बाणिज्य संघले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार र प्रदेश सरकारलाई आन्दोलनरत पक्षसँग वार्ताको वातावरण बनाइ तत्काल सार्थक निष्कर्षका लागि आग्रह गर्ने ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बूले जानकारी दिए। उनका अनुसार वाणिज्य संघले फुङलिङ नगरपालिकालाई समेत वार्ता र सम्वादको प्रकृयामार्फत समस्याको हल गर्न ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेको छ।

सोमबार वाणिज्य संघले बन्द फिर्ता र वार्ताका लागि आन्दोलनरत पक्ष र सरकार दुवैलाई दबाब दिन शान्तिपूर्ण मौन सद्भाव र्‍यालीको तयारी गरेको जनाएको छ। गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडप र सो क्रमम 'नो केबलकार' पक्षले माघ १५ देखि १९ गतेसम्म केबलकार खारेजी र पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा बन्दको आवह्वान गरेका छन्। उनीहरूले आइतबारबाट माघ २० र २१ गतेका लागि अरुण पूर्वका ९ जिल्लामा यातायात बन्द र त्यसपछि यि जिल्लाहरूमा आम हड्तालको आवह्वान गरेका छन्।

नेपाल सरकार गृह मन्त्रालयले माघ १८ गते केबलकार सम्बन्धी विषयको निमयन गर्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भएकोले समस्या समाधानका लागि तत्काल प्रकृया अघि बढाउन संघीय मामिला मन्त्रालयलाई पत्र लेखेको छ। आन्दोलनरत पक्षले भने वार्ताका लागि सरकारबाट अहिलेसम्म औपचारिक जानकारी नआएको बताएको छ।

आन्दोलनरत पक्षले केबलकार खारेज हुनुपर्ने मुख्य सर्त अघि सारेर प्रारम्भिक चरणमा केबलकार निर्माण क्षेत्रबाट निर्माण उपकरण र सुरक्षाकर्मी फिर्ता हुनुपर्ने र पक्राउ कार्यकर्ता रिहा हुनुपर्ने सर्त अघि सारेका छन्।
अर्को समाचार
मुकुम्लुङ केवलकार विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालको एकताबद्ध पदयात्रा
०८ फागुन २०८१
•
३ मिनेट पाठ
मुकुम्लुङ केवलकार विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालको एकताबद्ध पदयात्रा
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।




यस पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय नेता-कार्यकर्ता, मुकुम्लुङ केवलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यस पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोध गर्नु रहेको थियो। सहभागीहरूले उक्त परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए। उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

रमन पाण्डयले भने, 'मुकुम्लुङको चोत्लुङ सभ्यता बचाउन हामी मधेश, पहाड र हिमालका नागरिक एकजुट भएका छौँ। हाम्रो संस्कृति कुनै कमिसन र दलालीको खेलमा बिक्री हुन सक्दैन।'

राजेन्द्र महतोले जोड दिए, 'मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन। जबसम्म केवलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ।'

नेताहरूले नेपाल सरकारलाई सचेत गराउँदै केवलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले राज्यले नागरिकका आवाजलाई नसुनिएको खण्डमा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन्।

स्थानीयवासीहरूले पनि उक्त परियोजनाको कडा विरोध जनाएका छन्। उनीहरूको भनाइमा केवलकार परियोजनाले स्थानीय धार्मिक स्थलहरूमा हस्तक्षेप गर्न सक्ने खतरा छ। एक स्थानीय बासिन्दा दावा लिम्बूले भने, 'हाम्रो मौलिक धर्म, संस्कृति, सभ्यता तथा पहिचानको रक्षा गर्नु हाम्रो कर्तव्य हो। केवलकार परियोजनाले हाम्रो सांस्कृतिक अस्तित्वलाई धम्क्याइरहेको छ।'

केवलकार परियोजनाको कार्यान्वयन भएमा यसले पर्यटन प्रवर्द्धन गर्न सक्ने सम्भावना रहेको छ। तर स्थानीय संस्कृति र सभ्यतामा पर्ने नकारात्मक प्रभावलाई लिएर स्थानीयबासीहरू चिन्तित छन्। उनीहरूका अनुसार, परियोजना सञ्चालनका क्रममा वातावरणीय प्रभाव, धार्मिक स्थलहरूको अवमूल्यन तथा सामाजिक संरचनामा असर पर्ने सम्भावना छ।

विश्लेषकहरूका अनुसार सरकारले स्थानीयवासीहरूसँग छलफल गरी परियोजनाको दीर्घकालीन प्रभावहरूबारे स्पष्ट हुनुपर्ने देखिन्छ। उचित परामर्शविना परियोजना अघि बढाउने हो भने यसले सामाजिक असन्तुष्टि निम्त्याउन सक्छ।

यस पदयात्राले मुकुम्लुङ क्षेत्रमा केवलकार परियोजनाको विरोधमा स्थानीयवासी तथा राष्ट्रिय नेताहरूको एकजुटता देखाएको छ। नेपाल सरकारलाई परियोजना रोक्न अनुरोध गर्दै स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

स्थानीय समुदाय, नागरिक समाज तथा राजनीतिक दलहरूबीच व्यापक छलफल गरी मात्र परियोजनाको भविष्यबारे निर्णय गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। अन्यथा, आन्दोलन थप चर्किन सक्ने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २५ सेकेन्ड अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस