चिनियाँ प्रविधि स्टार्ट–अप डिपसिकले कृत्रिम बौद्धिकता (एआई) का दुई ठुला मोडेल सार्वजनिक गरेसँगै प्रविधिको क्षेत्रमा आँधीबेहरी आएको छ। यसअघि अमेरिकाका ठुला कम्पनीको दबदबा रहेको यो क्षेत्रमा अत्यन्त कम लागत र कम्प्युटिङ शक्तिमा आधारित रहेर चिनियाँ कम्पनीहरू प्रतिस्पर्धामा उत्रिएका छन्।
जनवरी २० मा हाङाझाउमा रहेको एक कम्पनीले ओपन सोर्समा आधारित डिपसिक–आर १ नामक ‘तार्किक’ मोडल सार्वजनिक गरेको थियो। यो मोडलले अमेरिकाको क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा रहेको ओपन एआईकै स्तरमा समस्याको समाधान गर्न सक्छ।
यसैगरी यो साताको सुरुमा डिपसिकले जारी गरेको अर्काे ‘जानुस प्रो–७८’ नाम गरेको मोडलले ओपन एआई र लन्डनमा रहेको स्टाबिलिटी एआईले गरेजस्तै गरी शब्दलाई दृश्यमा बदल्न सक्छ। डिपसिकको उच्चतम प्रदर्शनीले चीनबाहिर आश्चर्य व्यक्त गरिए पनि यसलाई कृत्रिम बौद्धिकताका क्षेत्रमा विश्वव्यापी नेतृत्व लिने चीनको चाहनासँग जोड्नुपर्ने चिनियाँ अनुसन्धानकर्ताहरू बताउँछन्।
त्यसो त चीनमा भेन्चर क्यापिटलमार्फत ठुलो पुँजी लगानी, विज्ञान, प्रविधि, गणित र इन्जिनियरिङ तथा एआईकोे क्षेत्रमा ठुलो संख्यामा विद्यावारिधि हासिल गरेको जनशक्तिको उत्पादनले यो विकासलाई सहज पारेको विज्ञहरू ठान्छन्। बेजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसअन्तर्गतको इन्स्टिच्युट अफ कम्प्युटिङ टेक्नोलोजीका कम्प्युटर वैज्ञानिक युन्जी चेनका अनुसार डिपसिकको उदय नभएको भए अन्य कुनै कम्पनीले समान प्रकारको उत्कृष्ट काम गर्न सक्थे।
त्यसो त जनवरी २९ मा अलिबाबाले हालसम्मकै उन्नत ‘एलएलएम क्वेन २.५ म्याक्स’ सार्वजनिक गरेको छ र यसले डिपसिकले भन्दा बढी राम्रो प्रदर्शन गर्ने दाबी गरिएको छ। यसैगरी मुनसुट एआई र वाइटडान्स नाम गरेका अन्य दुई चिनियाँ कम्पनीले क्रमशः ‘किमी १.५ र १.५ प्रो’ जारी गरेका छन्। यी दुवै मोडेल पनि निकै प्रतिस्पर्धी हुने मानिएको छ।
सरकारी प्राथमिकता
सन् २०१७ मा चीन सरकारले २०३० सम्ममा देशलाई एआईमा विश्वनेता बनाउने लक्ष्य घोषण गरेको थियो। त्यही घोषणाअनुसार यो प्रविधि र यसको प्रयोगलाई बढाउन यी उद्योगलाई सरकारले जिम्मा दिएको थियो।
यसैगरी एआई प्रतिभाको विकासलाई चीनले उच्चतम प्राथमिकता दिँदै आएको थियो। वासिङ्टन डिसीमा रहेको जर्जटाउन विश्वविद्यालयकको एक प्रतिवेदनअनुसार सन् २०२२ सम्म चीनको शिक्षा मन्त्रालयले एआईमा विशेषज्ञता हासिल गर्ने स्नातक डिग्री पढाउन चीनमै ४४० विश्वविद्यालयलाई अनुमति दिएको थियो।
सिकागोमा रहेको थिंक ट्यांक म्याक्रोपोलोका अनुसार सन् २०२२ मा चीनले विश्वमा आधाजसो अग्रणी एआई अनुसन्धानकर्ताहरू आपूर्ति गरेको थियो, जबकि त्यो वर्ष अमेरिकाको हिस्सा १८ प्रतिशत मात्रै थियो।
अस्ट्रेलियाको सिड्नीमा रहेको युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ता मारिना झाङका अनुसार चीनले एआई शिक्षा र प्रतिभा विकासमा गरेको लगानीबाट सम्भवतः डिपसिकले फाइदा उठाएको हुन सक्छ। यो सहयोगअन्तर्गत असंख्य छात्रवृत्ति, अनुसन्धान अनुदान उपलब्ध गराइएको थियो भने शिक्षा र उद्योगबिचको साझेदारी स्थापना गरिएको थियो।
यसैगरी बेइजिङको वैदुमा रहेको एक इन्स्टिच्युटले सरकारी स्तरमै हजारौंलाई एआई विशेषज्ञ प्रशिक्षण उपलब्ध गराएको थियो। डिपसिकमा ठ्याक्कै कति जनशक्ति संलग्न छन् भन्नेमा यकिन तथ्यांक नभए पनि कम्पनीका संस्थापक लियाङ वेनफेङले शीर्ष श्रेणीका चिनियाँ विश्वविद्यालबाट स्नातक र विद्यावारिधि हासिल गरेका विद्यार्थीलाई भर्ना गरिएको बताएका छन्।
कम्पनीको नेतृत्वमा रहेका कतिपय सदस्य ३५ वर्षमुनिका छन्। यो उमेर समुहले पछिल्ला वर्षहरूमा विश्वमा चीन प्राविधिक महाशक्तिका रूपमा उदय भएको प्रत्यक्ष देखेको छ। त्यही कारणले उनीहरू नवप्रवर्तनमार्फत आत्मनिर्भरताको बाटोमा अगाडि बढ्न प्रेरित रहेको मारिना झाङ बताउँछिन्।
त्यसो त डिपसिकका संस्थापक वेनफेङ स्वयं ३९ वर्षका हुन्। एक दशकअघि हेज फन्ड स्थापना गरेका युवा उद्यमी वेनफेङले सन् २०२३ मा डिपसिकको स्थापना गरेका थिए। उनले हाङझाउमा रहेको झेजियाङ विश्वविद्यालयबाट कम्युटर विषयमा स्नातक गरेका छन्।
चिनियाँ सरकारले गरेको सहयोगका कारण एआईको विकासमा उल्लेख्य उपलब्धि हासिल भएको चीनमा एआईको विकाससम्बन्धी अनुसन्धान गर्दै आएका अनुसन्धानकर्ता ज्याकब फेल्डगोइस ठान्छन्। तर विश्वविद्यालयहरूमा एआई पाठ्यक्रम समावेश गरिए पनि चीनमा एआईसम्बन्धी निर्दिष्ट डिग्री हासिल गरेका विद्यार्थीहरू कति संख्यामा छन् भन्ने यकिन नभएको फेल्डगोइस बताउँछिन्। यसैगरी कतिपय विश्वविद्यालयले अपेक्षित गुणस्तरमा यो विषय अध्यापन नगरेको एआई कम्पनीको गुनासो रहेको उनी बताउँछिन्।
अवरोधबिच दक्षता
वैज्ञानिकका अनुसार एआईका लागि चाहिने कम्युटिङ चिप्समा चीनको पहँुचमा अमेरिकाले गरेको रोकावट हुँदाहुँदै डिपसिक ‘आर १’ र ‘जानुसप्रो ७ बी ’ विकास गर्नु उल्लेख उपलब्धि हो। झाङका अनुसार डिपसिकको नेतृत्वले नवप्रवर्तनमा चीनको स्पष्ट दृष्टिकोण मुखरित गरेका छ र सीमितता हुँदाहुँदै दक्षतालाई प्राथमिकता दिन सकिने उदाहरण दिएको छ।
यो प्रविधिमा कम्पनीले कति हार्डवेयर प्रयोग गरेको भन्ने विवरण सार्वजनिक नगरेको उनी बताउँछिन्। डिपसिकले अमेरिकी चिप्स निर्माता कम्पनी एनभिडियाद्वारा निर्मित २ हजार ‘एच ८००’ चिप्स प्रयोग गरेको बताएको छ।
डिपसिकका संस्थापक वेङफेङले उच्चस्तरको चिप्स आयातमा लगाइएको बन्देजले समस्या सिर्जना गरेको गत जुलाईमा बताएका थिए। त्यसो हुँदाहँुदै थोरै चिप्समा पनि यो प्रविधिलाई प्रशिक्षित गरिएको उनको भनाइ छ। विज्ञका अनुसार डिपसिकको सफलताले यो प्रविधिमा अगाडि बढ्न चाहने अन्य राष्ट्रलाई प्रेरणा दिएको छ। ‘थोरै वित्तीय संसाधन र हार्डवेयरमा एआईलाई प्रशिक्षित गर्न सक्ने यो अत्यन्त राम्रो उदाहरण हो,’ हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ता यान्वो वाङ भन्छन्।
(नेचरडटकमबाट अनुदित)